अन्तरिक्षको फोहोर उठाउने पहिलो मेशिन स्विजरल्याण्डले बनाउँदै
स्विसहरुले अन्तरिक्ष मा फोहोर उठाउने मिनी ट्रक जस्तो मेशिन निर्माण गर्ने भएका छन् । अन्तरिक्षमा कुँडाकर्कट उठाउने ट्रक बनाउने स्विसहरु पहिलो देश बन्न लागेका हुन् । युरोपेली अन्तरिक्ष एजेन्सी (ई एस ए) यो योजनाकालागि ८ करोड ७० लाख युरो छुट्याएको छ । अन्तरिक्षमा थुप्रिएका फोहोरहरु उठाउनकालागि यो रकम छुट्याइएको हो । फोहोर उठाउने मिनी ट्रक जस्तो मेशिन स्विजरल्याण्डले बनाउने छ । स्टार्ट अप कंपनीले त्यो स्विजरल्याण्डका तर्फबाट बनाउने छ ।
२००९ को फेब्रुअरी १० का दिन ४। ६६ बेलुका अमेरिकी वाणिज्यिक सेटेलाइट इरिडियम ३३ रुसी सेनाको सेटेलाइट कोसमस २२५१ सँग ठोक्कियो । तिनको गति ४२ हजार किमी प्रतिघण्टा थियो । दुई अन्तरिक्ष यान ठोक्किँदा धातुका ६०० टुक्रा निस्किए । ति टुक्रा निस्किँदा राईफलको गोलीभन्दा २० गुणा बढि बेगमा तितरबितर भएका थिए ।
यो यस प्रकारको पहिलो रेकर्ड गरिएको दुर्घटना हो । तर अन्तरिक्षमा यस्ता अन्य घटनापनि भएका छन् । ती मध्ये कतिपयले जानाजानी पनि गराएका छन् । जस्तो- रुसी, अमेरिकी, चिनियाँ र भारतीयहरूले अन्तरिक्ष मिसाइलहरूको परिक्षणको लागि आफ्नै एक वा बढी उपग्रहहरू नष्ट गरेका छन् । र यी विष्फोटहरूले हजारौं अतिरिक्त टुक्राहरू छोडेको छ जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सहित कुनैपनि अन्तरिक्ष यानलाई क्षति पुर्याउन सक्छ । यो परिदृश्य पटकथा लेखक र फिल्म निर्देशक अल्फोन्सो कुआरोँले आफ्नो फिल्म ‘ग्राभिटी’ को शुरुमा चित्रण गरेका छन् ।
सन् २००९ मा म्यूरिएल रिचार्ड-नोका र उनका विद्यार्थीहरू स्विट्जरल्याण्डको स्विट फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लोजान (एएफएल) मा उनीहरूले मिलेर बनाएको स्विसकुब मिनी उपग्रहको प्रक्षेपणको उत्सव मनाइरहेका थिए । पहिलो १०० प्रतिशत स्विस-निर्मित स्पेस अर्बिटर दुधको डिब्बा भन्दा ठूलो थिएन । स्पेस इञ्जिनियरले पहिल्यै सोचिरहेको थियो कि यो कुनै दिन उपग्रहको कुँडाकर्कटको टुक्रा हुनेछ । जे भए पनि स्विसकुब (उपग्रह निर्माण गर्नेहरु) ले केहि महिना अघि इरिडियम र कोसमोस उपग्रहको टुक्रिएको क्षेत्रको नजीकबाट कार्यक्रम गर्ने योजना बनाएको थियो । त्यो टकराव र घर्षणबाट त्यहाँका टुक्राटाक्रीहरु अझै अन्तरिक्षमा घुमिरहेका थिए ।
२०१२ मा स्विसकुबमा अन्तरिक्ष कचराहरुले खतराहरू निम्त्याएको खण्डमा रिचर्ड-नोका र एएफएल स्पेस सेन्टरले क्लीनस्पेस भनेर चिनिने अन्तरिक्ष सफा योजना शुरू गर्यो । एकै समयमा तर स्वतन्त्र रूपमा, यसमा एक भौतिकशास्त्री, लुइसा इनोसेन्टीले एजेन्सीलाई एक कार्यक्रम शुरू गर्न राजी बनाए । त्यसलाई पनि क्लीन स्पेस नाम दिए ।
आठ वर्ष पछि, एएफएल पहल शुरु भयो । त्यसको नाम बदलेर क्लीयरस्पेस राखियो । २०१९ को शरद् ऋतुमा घोषणा गरिएझैं यो काम गर्न ईएसएले १३ जना उम्मेद्वार मध्येबाट चयन गरेको थियो – युरोपका धेरै औद्योगिक घराना सहित । फोहोर ओसार्ने ट्रक बनाउने स्टार्ट अपले भर्खर पाँचदेखि २० व्यक्तिको श्रमशक्ति बढाएको छ ।
ईेएसएले आफैले सन्चालन गर्ने भन्दापनि एकबाट संझौता गरेर काम लिने, फेरि अर्कोलाइ लगाउने गरि सम्झौता गर्न पाउने गरि सम्झौता खरिद गरेको छ । ईेएसएले ८ करोड ६० लाख स्विस फ्र्यांक उपलब्ध गराउने छ शुरुवातकोलागि । यो योजना सफल पार्न थप २ करोड ४० लाख स्विस फ्र्यांक भने क्लियरस्पेस जिम्मेवार हुने छ । उसैले खोज्नुपर्ने छ यो रकम ।
क्लियर स्पेस १ उपग्रह मात्र कागजमा मात्रै छ । यसको निर्माण अनुभवी फर्महरूले गर्नेछन् । इेएसएले रकमको प्रत्येक किस्ता भुक्तान गर्नु अघि आवश्यक जाँच गर्दछ ।
क्लियर स्पेस १ सन् २०२५ मा युरोपियन भेगा रकेटबाट यात्राकालागि जाने कार्यक्रम छ । यसको मिशन उपग्रहका टुक्रा, अवशेषहरु टिप्नु हो । त्यसपछि त्यसलाई स्पेस जंकको रुपमा पुनः प्रविष्टि कक्ष (रि इन्ट्री अर्बिट) मा राख्नु हो । उपग्रह घुमेको बेला घर्षण हुँदा फोहोर बटुल्छ । क्लियर स्पेस १ ले जलाइदिन्छ । यसो गर्दा ग्रह अलि सफा र सुरक्षित रहन्छ । यो एक खालको रोबट जस्तै हो ।