शुक्रबार, मंसिर ७, २०८१

‘एजेण्डा’ का नाममा एनआरएनए उम्मेदवारका भ्रमपूर्ण नारा

नेपालप्लस संवाददाता२०७८ भदौ १० गते १८:२१

अक्टोबरमा हुने गैर आवाशिय नेपाली संघ (एनाअरएनए) को केन्द्रिय निर्वाचनकालागि उम्मेदवारी दिने समय नआउँदै उम्मेदवारहरुको बाढी चलेको छ । केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका बद्रि केसी, कुल आचार्य र रबीना थापासहित अन्य पदमा घोषित उम्मेदवारीको सूची अहिलेनै लगभग तिन दर्जन पुगिसकेको छ । उम्मेदवारी घोषणा गर्दा देखाउनभएपनि केहि न केहि नारा त चाहियो । एजेन्डा भन्दै केहि केहि बुँदापनि सार्वजनिक गर्नैपर्‍यो । त्यसैले अहिलेसम्म उम्मेदवारी दिएकाहरुले सकेसम्म केहि न केहि नारा र देखावटीकै लागि भएपनि एजेण्डा अगाडि सारेका छन् । एजेण्डाबिहिन भन्ने आरोप लाग्ला भनेर अधिकांशले एजेण्डा भन्दै केहि बुँदा सार्वजनिक त गरेका छन् । तर ति एजेण्डामा कुनै नयाँपन छैन । ति खास एजेण्डानै होइनन् । एजेण्डाका नाममा बासी नारा र बकबास मात्रै छरेका छन् ।

अझ कतिपयलाई त एजेण्डा भनेको केहो । यो कस्तो हुनुपर्छ भन्नेसम्मको ज्ञानपनि देखिन्न । एजेन्डा भनेको ‘औपचारिक बैठकमा छलफल गरिने विषयहरुको सूची’ हो । नेपाली शब्दकोश अनुसारपनि एजेण्डा भनेको ‘कार्यसूची, कार्यावली, बैठक वा सभामा छलफल गरिने दफाहरु, छलफलका विषयसूची’ हो ।

हरेक उम्मेदवारले उठाएका एजेण्डा सामुहिक हुनुपर्छ । किनभने तिनले उठाएका एजेन्डा भोली निर्वाचित भएर आउने समितिमा छलफल हुन्छन् । संस्थालाई फाईदा हुने, नभैनहुने, संस्थाकालागि हितकर विषय भए मात्रै बहुमतले पारिद गर्छ । त्यसैले जसले ‘राजनितिक बिक्रिति बिरुद्द मेरो उम्मेदवारी’ भनेका छन् ति झुट हुन् । ति बकबास बाहेक केहि होइनन् । त्यो किनपनि बकबास हो भने एनआरएनएको बिधानमै स्पष्ठ छ ‘यो गैर राजनितिक परोपकारी संस्था’ भन्ने । त्यसैले जुन संस्थाको बिधानमै स्पष्ठ ‘गैर राजनितिक संस्था’ भनिएको छ त्यसमा ‘राजनितिक बिक्रि बिरुद्द’ भन्ने आकांक्षा वा देखावटी कुरो कसरि एजेण्डा बन्छ ?

एजेण्डाबिहिन भन्ने आरोप लाग्ला भनेर अधिकांशले एजेण्डा भन्दै केहि बुँदा सार्वजनिक त गरेका छन् । तर ति एजेण्डामा कुनै नयाँपन छैन । ति खास एजेण्डानै होइनन् । एजेण्डाका नाममा बासी नारा र बकबास मात्रै छरेका छन् ।

अहिले उम्मेदवारहरुले एजेण्डा भन्दै सतहमा छरेका विषय यस्ता छन्- सामुहिक लगानी, पर्यटन प्रवर्धन, सुरक्षित वैदेशिक श्रम, एनआरएनलाई संस्थागत गर्ने, संस्थालाई पारदर्शी तरिकाले विधि विधान र पद्धति अनुरुप चलाउने, राष्ट्रमा पूँजी र प्रविधि भित्राउने, गैरआवासीय नेपालीहरूको अनुभवलाई मातृभूमिको समृद्धिका निम्ति सदुपयोग गर्नको लागि काम गर्ने, हरेक तह र तप्कामा ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने एउटा नयाँ अभियान संचालन गर्ने, नेटवर्किङ, समावेशीता, पारदर्शिता । श्रम डिप्लोमेसीमार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिश्चितता । ब्रेन पुलिङद्वारा सम्बृद्ध नेपालका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरण अभियान । उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवद्र्धन र रोजगारी सृजना ।

एजेण्डाका नाममा अगाडि सारिएका यि माथिका बुँदा एजेण्डा होइनन् । किनभने एनआरएनएमा अहिलेनै लगभग १७ वटा समितिहरु छन् । केहि समितिलाई तिनले टास्क फोर्स भनेका छन् । तिनमा पर्यटन प्रवर्धन, भाषा संक्रितिको प्रवर्धन, सम्पदा संरक्षण, आयात निर्यात, वैदेशिक श्रम, वैदेशिक रोजगार, बैदेशिक ब्यापार, क्रिषी प्रवर्धन, सिपमुलक तालिम, जरिबुटी प्रवर्धन लगायतका । ति हरेक विषयमा बिगतदेखिनै कोहि न कसैको नेत्रित्वमा कार्यसमिति बनिसकेको छ । एनआरएनएले पहिलेनै अगाडि सारेका र समितिसमेत बनिसकेको यस्ता विषयहरु कसैले एजेण्डा भन्दै फेरि अगाडि सार्नु भनेको तिनमा नयाँपन, सिर्जनशिलता र कार्यक्षमता नदेखिनु हो ।

अमेरिकाबाट उम्मेदवारी दिएका एक उम्मेदवारको एजेण्डा देख्दा हाँसो उठ्छ । ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ । यस्तोपनि एजेण्डा हुन्छ ? यो पारदर्शिता, समावेशीकरण भन्ने न एजेण्डा हो न यो नयाँ हो । यस्ता एजेण्डा बोक्नेहरुले संस्थालाई कुनै नयाँपन दिन सक्दैनन् । संस्थाको हित कसरि हुन्छ भन्ने ज्ञानपनि यिनमा देखिन्न ।

अझ कतिपय उम्मेदवारले त आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुको औचित्य ‘आफ्ना मुद्धालाई स्थापित गर्न’ भन्ने उल्लेख गरेका छन् । सामाजिक संस्थामा सामाजिक हितका मुद्दा उठाउनुपर्ने हो । र ति मुद्दा सामुहिक छलफलबाट पारिद हुन्छन् । सबैले आफ्ना मुद्दा स्थापित गर्ने एनआरएनए यो निजि क्लब होइन । यो केहि ब्यक्तिको ब्यापारिक संस्थापनि होइन । यसमा उठ्ने एजेण्डाले ८० लाख प्रवाशी नेपालीको भावना, माग, चासो, हित र जल्दाबल्दा मुद्दा उठ्नुपर्छ भन्ने हेक्कासम्म उम्मेदवारमै देखिन्न ।

अमेरिकाबाट उम्मेदवारी दिएका ति उम्मेदवारले लेखेका छन् “मेरो उम्मेदवारी एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन हो ।”

योपनि कुनै एजेण्डा होइन । एनआरएनएमा पद्दती बसाल्नु एजेण्डा होइन र यो बिगत देखि भनिँदै आएको निरन्तर प्रक्रिया हो । एन आर एन एमा पद्दती छ पालना नगरिएको मात्रै हो । एनआरएनएमा फोहोरी राजनितिको गन्ध आउन नदिने त एजेण्डा हुनै सक्दैन जुन माथिनै भनिसकियो । यसलाई खालि बिधानसम्मत किसिमले लागू गर्नुपर्ने समग्र एनआरएनएको कार्यशैलीमा राखिनुपर्छ । र यो कुनै नयाँ नारासम्मपनि होइन किनकि एनआरएनएमा राजनिति हुनदिनुहुन्न भन्ने आम सदस्यसमेतले उठाइरहेको विषय हो । यस्ता विषयलाई उम्मेदवारले एजेण्डाका रुपमा प्रस्तुत गर्नु एजेण्डा भनेको के हो भन्ने नबुझ्नु हो ।

केहि उम्मेदवारले त ‘सुरक्षित बैदेशिक रोजगार’ नारा दिएर आफ्नो एजेण्डा भन्दै अघि सारेका छन् । यस्तो नारा दिनेहरुले सिधै झुटको खेती गरिरहेका छन् । सुरक्षित बैदेशिक रोजगार सिंगो सरकारलेनै गर्न नसकिरहेका बेला एनआरएनएको एउटा पदमा बिजयी हुनेले कसरि सुरक्षित बैदेशिक रोजगारको योजना सफल पार्न सक्छ ?

त्यसो त, एनआरएनएमा बिगतमा कसैका एजेण्डानै थिएनन् भन्ने होइन । एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एजेण्डा सम्पत्तीको हक, नेपाली नागरिकताको निरन्तरता र एनआरएनएलाई बैधानिकता दिने मूल थिए ।  नेपाली नागरिकताको निरन्तरता पुरा नभएकाले सम्पत्तीको हकपनि यथावत छ । उनले सामुहिक लगानीमा खासै ध्यान दिन, सफल पार्न त सकेनन् । एनआरएनएलाई बैधानिकता दिलाउने मागभने पुरा भयो ।

त्यसपछि अध्यक्ष बनेका देवमान हिराचनको नयाँ एजेन्डा नेपालमा सामुहिक क्रिषी थियो । यो आफैंमा राम्रो एजेण्डा थियो । उनले त्यसलाई खासै प्रभावकारि बनाउन सकेनन् र उनीपछिकाले त्यसलाई रुची देखाएनन् ।

त्यसपछि जीवा लामिछाने आए । उनको प्रमुख एजेण्डा सामुहिक लगानी थियो । ग्रासरुट सम्मका नेपालीले सामुहिक लगानी गर्ने । नेपालमा होटेल, जलबिद्दुत, बैंक लगायतका केहि क्षेत्रमा सामुहिक लगानी उनैको पालामा बढि देखियो । भलै त्यसमा ब्यापारीहरुनै बढि जोडिए ।

शेष घलेले आफू अध्यक्ष बनेपछि भिजन ट्वान्टी ट्वान्टीको एजेण्डा त ल्याए । तर उनको एजेन्डा अझै लथालिंग छ । दुई कार्यकाल अध्यक्ष हुँदापनि आफ्नो एजेण्डालाई उनले सफल पार्न सकेनन् ।

घलेपछि अध्यक्ष बनेका भवन भट्टको खासै एजेन्डा थिएन ।

कुमार पन्तको कालमा स्मार्ट एनआरएनए र निशुल्क एनआरएनए सदस्यता थियो । निशुल्क एनआरएनए सदस्यता एनआरएनएको अधिबेशनबाटै पास हुनसकेन । तर स्मार्ट एनआरएनएका एजेन्डा पुरा नभएपनि केहि लागू भए । अहिले उपाध्यक्षमा उम्मेदवारी दिएका र स्मार्ट एनआरएनए एजेन्डाका एक डा हेमराज शर्माले त्यहि एजेन्डा समातिरहेका छन् ।

उनीहरुको ध्येय आम सदस्यहरुमा भन्दा ब्यापारतिर केन्द्रित रहेको प्रस्ट हुन्छ । वा ब्यापारी या त नेपालका राजनितिक पार्टीहरुलाई पैसाको लोभ देखाउन त्यसो भनिरहेका छन् । किनभने खासमा समाजिक संस्थाको नेत्रित्वकर्ताले सामाजिक हित कसरि गर्न सकिन्छ भन्ने एजेण्डा अगाडि सार्नुपर्नेमा तिनै मुद्दा उठाएका छैनन् ।

हाल अध्यक्ष पदमा उम्मेदवारी दिएका डा बद्रि केसीले एजेण्डानै भन्न सकिने केहि प्रस्तुत गर्न सकेका छैनन् । बाँकि दुई अध्यक्षका उम्मेदवार कुल आचार्य र रबीना थापाकापनि एजेन्डा भन्न लायक केहि छैनन् ।

अझ केहि उम्मेदवारले त ‘सुरक्षित बैदेशिक रोजगार’ नारा दिएर आफ्नो एजेण्डा भन्दै अघि सारेका छन् । यस्तो नारा दिनेहरुले सिधै झुटको खेती गरिरहेका छन् । सुरक्षित बैदेशिक रोजगार सिंगो सरकारलेनै गर्न नसकिरहेका बेला एनआरएनएको एउटा पदमा बिजयी हुनेले कसरि सुरक्षित बैदेशिक रोजगारको योजना सफल पार्न सक्छ ? एनआरएनए सरकारको एक सहयोगि बन्न सक्छ नै । तर केन्द्रिय समितिको कुनै पदमा (त्योपनि अध्यक्ष, महासचिव, उपाध्यक्ष जस्तो मुख्य पदमा होइन) बिजयी हुँदैमा कसरि उसले सुरक्षित बैदेशिक रोजगार जस्तो जटिम मुद्दा हल गर्न सक्छ ?

हाल सतहमा देखिएका उम्मेदवारहरुमा अर्को के भ्रम देखिन्छ भने उनीहरु सामाजिक संस्थाको उम्मेदवार बनिरहेका छन् । तर उनीहरुले त आम मतदाताको गलत ढंगबाट ध्यान तान्न, मत फकाउन आर्थिक मुद्दा धेरै उठाएका छन् । यसबाट उनीहरुको ध्येय आम सदस्यहरुमा भन्दा ब्यापारतिर केन्द्रित रहेको प्रस्ट हुन्छ । वा ब्यापारी या त नेपालका राजनितिक पार्टीहरुलाई पैसाको लोभ देखाउन त्यसो भनिरहेका छन् । किनभने खासमा समाजिक संस्थाको नेत्रित्वकर्ताले सामाजिक हित कसरि गर्न सकिन्छ भन्ने एजेण्डा अगाडि सार्नुपर्नेमा तिनै मुद्दा उठाएका छैनन् । तिनका मुद्दा र तिनले भनेका एजेण्डा हेर्दापनि एनआरएनएमा बैचारिक स्पष्ठताको खडेरी देखिन्छ ।

एनआरएनए बहसबारे तलका लेखरचनापनि हेर्नुस्

एनआरएनएलाई एक महान अभियानमा लैजाउँ

एनआरएनए बजारमा साँढे दुई हजार खसी बोकाको मोलमोलाई

एनआरएनए केन्द्रिय निर्वाचन : को हुन् चार तहका मुख्य खेलाडी ?

उम्मेदवारको हात समातेर नेताहरुका दैला चहारिरहुन्जेल कसरी बन्ला एनआरएनए गैर राजनीतिक ?

एनआरएनए कसको छाता ? कति नेपालीको साझा ?

एनआरएनए केन्द्रिय निर्वाचन : चुनाव जित्न कसको ध्यान कतातिर ?

एनआरएनए केन्द्रिय निर्वाचन : स्वतन्त्र भोट भन्दा पार्टी कार्यकर्ता र किनेको भोट निर्णायक

एनआरएनए केन्द्रिय निर्वाचनका भित्रि खेल : दुबै पक्ष पार्टिगत भागबण्डा मिलाउन तानातान

तपाइँको प्रतिक्रिया