युरोप र क्यानडाका वनवनै निउरोको खोजिमा नेपाली
कोरोना भाईरसको महामारीले लकडाउनमा परेका बेला कसैले गित गाए । कोहि गितार बजाउन सिके । कसैले न्रित्य गरेर सदुपयोग गरे । कोहि पाक शिक्षामा पारंगत बने । फूर्सदिलो यो बेला युरोप र क्यानडामा वनवनै निउरो खोज्दै रमाउने नेपालीपनि देखिए । लककडाउन अलि खुकुलो हुनासाथ सामाजिक दूरी कायम गरेर नेपालीहरु समूह समूहमा निउरो खोज्न वनतिर लागे ।
(जर्मनीमा निउरो टिप्दै चितवनका दिपेन्द्र सुबेदी)
त्यस्ता नेपाली वन पसेर झोला बोकेको, निहुरिएर झाडीमा टाउको घुसार्दै केहि न केहि टिपेको देखेपछि स्थानिय जर्मन र क्यानडेलीहरुलाइपनि अचम्मित पार्ने नै भयो । यि कुन जिव हुन् । कुन देशका होलान् वनवनै सागपात टिपेर खाने ? वनको जंगली चिज खान नडराउने कस्ता जातका मानिस होलान् भनेर ति अचम्मितपनि भए ।
(क्यानडाको जंगलमा निउरो खोज्दै नेपाली)
क्यानडामा त नेपालीहरु निजि वनमासमेत पसेर निउरो टिप्न थालेपछि स्थानिय प्रहरीमा उजुरि गरिदिए । प्रहरीले निउरो खोसेर मिल्काइदियो ।
(जर्मनीको फ्र्यांकफर्ट नजिकको वनमा निउरो खोज्दै एन आर एन एका संरक्षक, उध्योगपती जिवा लामिछाने र अर्का एक नेपाली)
लकडाउनको सदुपयोग गर्दै निउरो खोज्न वन पस्नेमा गैर आवाशिय नेपाली संघका संरक्षक, उध्योगी जीवा लामिछानेपनि थिए । उनी लकडाउनको सदुपयोग गर्दै केहि मित्रहरुलाई लिएर निउरो टिप्न गएका थिए । ‘नेपालमा केटाकेटीदेखिनै निउरो टिप्न गइन्थ्यो । यतापनि निउरो पाइन्छ भन्ने जानेपछि सामुहिक रुपमा निउरो टिप्न गएका हौं’ लामिछानेले सुनाए ।
जर्मनीमा निउरो हुर्किएपछिको उन्यू)
क्यानडाको ओतावा निवाशी पत्रकारिताका अनुसन्धानकर्ता भानुभक्त आचार्यको निउरो कहानी झनै चाखलाग्दो छ । क्यानडामा निउरो पाइने सूचना र स्वाद त्यहाँका भुटानी नेपालीले प्रसार गरेको आचार्यले बताए । भुटानी नेपालीहरुले क्यानडाका बिभिन्न जंगल घुमेर निउरो पाइने पत्ता लगाएका थिए । तिनले नेपालीका घरघरै निउरो लगिदिन थालेपछि अरु नेपालीहरुलेपनि यसका बारेमा मेसो पाएका थिए । ‘भुटानी नेपालीले शुरु शुरुमा निउरो टिपेर घरघरै ल्याइदिए । यो कुरो क्यानडा आउनु भएकि आमालाई सुनाएको त असाध्यै हर्षित हुनु भयो । हामीले आमालाई लिएर निउरो टिप्न गयौं । यता त निउरो गज्जबले पाइने रहेछ’ उनले भने ।
आचार्यको भनाईमा निउरो बिभिन्न थरीका हुन्छन् । कुनै धाप त कुनै ड्याङमै लगाएर खेति गर्नपनि सकिन्छ । क्यानडाका बजारमा खेति गरिएको निउरो किन्नपनि पाइन्छ । तर नेपालीहरु निजि वनमासमेत पसेर निउरो टिप्न थालेपछि भने त्यहाँको प्रहरीले समातेर निउरो फ्याँकिदिने र नटिप्न अनुरोध गरेकोपनि उनले सुनाए । ‘वनमा हुने निउरोमा बिश्वास नलागेर होला, प्रहरीहरुले नेपालीले टिपेका निहुरो फ्याँकिदिने र नटिप्न आग्रह गरेकोपनि छ’ उनले भने ।
क्यानडाका नेपालीहरुले भने निउरो टिपेर बरफझैं जमाएर फ्रिजमा राख्ने र पछि बरफ पगालेर निउरो खाँदापनि स्वादिलोनै हुने जुक्तिरि निकालेका छन् । ‘डिफ्रिजबाट निकालेर खाँदापनि निउरोको स्वाद नजाने रहेछ’ उनले भने । नेपालको भन्दा क्यानडाको जंगलमा टिपेको निउरो अलि बढि चिप्लो भएको उनको भनाई छ ।
(दिपेन्द्र सुवेदीले गाडीमा लोड गरेको निउरो)
यस्ता नेपालीहरु कुनै एक देश र एकाध क्षेत्रमा मात्रै सिमित छैनन् । जर्मनीको मुन्स्टर निवासी चितवनका दिपेन्द्र सुबेदीपनि निउरोको खोजिमा पटक पटक त्यहाँको जंगल पसेको सुनाउँछन् । आफूहरु समूह मिलेर निउरो खोज्न वन गएको र एकै दिन २० किलोसम्म निउरो बटुलेर नेपालीहरुले बाँडेको उनले सुनाए । ‘हामी आफ्नो परिवार र नजिकका साथीभाई मिलेर निउरो टिप्न गयौं । एकै दिन २० किलोजति टिपियो’ उनले सुनाए ।
नेपालमा खाएको निउरोको स्वादले यतापनि नेपालीहरुलाई बिर्साउन सकेको छैन । त्यसैले नेपालीहरु अवसर पाएका बेला निउरो खोज्न हिँड्ने गरेका हुन् । वनमा निउरो खोज्न जाँदा लकडाउनको तिक्तता त मेटिने गरेको छ नै, साथीहरुसितको रमाईलो र निउरोको स्वादपनि लिनपाइएको भनाई उनीहरुको छ ।