आइतबार, वैशाख २३, २०८१

नेपालमा लगानी गर्न अफ्रिकाका नेपालीद्वारा एक अर्बको कम्पनी गठन

नेपालप्लस संवाददाता / अफ्रिका२०७८ असार २ गते १४:००

गैर आवाशिय नेपाली (एनआरएन) को एनआरएन पूर्वाधार तथा पुनर्निर्माण लगानी पहिलेनै छ । जसको नेत्रित्व जीवा लामिछानेले गरिरहेका छन् । त्यो संस्था स्थापित भैसकेकोपनि छ । त्यसपछि फेरि १० अर्बको एनआरएन लगानी कोष हालसालै सार्वजनिक भएको छ, डा. उपेन्द्र महतोको नेत्रित्वमा । यसको शेयर बितरणपनि सक्किएको छैन । फेरि एनआरएन अफ्रिका भेन्चर्स सार्वजनिक भएको छ । एनआरएन कै नाममा किन यति धेरै त्योपनि छोटो समयको अन्तरालमा थरि थरिका लगानी आएका होलान् ? झट्ट हेर्दा एनआरएनमा छुट्टाछुट्टै वा अलग अलग भएर लगानी भित्र्याउन खोजेजस्तो देखिन्छ ।

कोरोना महामारीका बेला नेपालको सातै प्रदेशमा अक्सिजन ग्याँस, सिलिण्डर अन्य स्वास्थ्य उपकरणहरु तत्कालै पुर्‍याएर प्रशंसा बटुलेका अफ्रिकाबासी नेपालीहरुले नयाँ अभियान थाले, एनआरएन अफ्रिका भेन्चर्स । अब त्यहाँका नेपालीहरु नेपालमा सामुहिक लगानी गर्न जुर्मुराएका छन् । एनआरएन भेन्चर्स कम्पनीका रुपमा स्थापना गरेर अफ्रिकाबासी नेपाली सामुहिक लगानीकालागि उत्रिएका हुन् ।

अफ्रिकी महादेशको सबैजसो मुलुकमा नेपालीहरु छरिएका छन् । ति सबै मुलुकका नेपालीको गच्छे अनुसार यो कम्पनीमा लगानी हुने एनआरएन भेन्चर्सका अध्यक्ष हिकमत थापाले बताए । शुरुमा यो कम्पनीको पूँजी सय करोड अर्थात् एक अर्ब रुपैयाँ हुनेछ ।

यो कम्पनीले नेपालमा कृषी, स्वास्थ्य, बैंकिङ, उर्जा, पूर्वाधार निर्माण लगायतका बिभिन्न क्षेत्रमा लगानी गर्ने छ । यसको विशेषता के छ भने अफ्रिकाका बिभिन्न मुलुकमा केहि समय काम गरेर फर्किसकेका पूर्व एनआरएनलाईपनि यसले समेट्ने छ । साथै, नेपाल फर्किएर सानातिना ब्यवशाय गर्रिरहेकाहरुको लगानीलाईपनि यसले एकिकृत गर्ने उद्देश्य राखेको छ ।

एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनीमा लगानी गर्न अफ्रिकाबासी नेपालीनै हुनुपर्दैन । “यसले अन्य देशका एनआरएनलाईपनि लगानीको अवशर दिने छ” हिकमत थापा भन्छन् ।

साँच्चै किन एनआरएनका नाममा फरक फरक लगानीमा कम्पनी स्थापनाभएका हुन् ? एनआरएन अफ्रिका भेन्चर्सका अध्यक्ष हिकमत थापाको भनाई छ “अघिल्ला लगानीहरु गैर आवाशिय नेपालीकालागि हुन् । एनआरएन अफ्रिका भेन्चर्स अफ्रिकालाई तत्काल कर्मथलो बनाएका र अफ्रिकाबाट नेपाल फर्किसकेका पूर्व एनआरएनलाईसमेत समेट्नका लागि हो ।”

उनको भनाईमा एनआरएनका नामबाट जलबिद्दुत, स्वास्थ्य, पर्यटन लगायतका अन्य लगानीपनि भित्रिएका छन् । एनआरएनका बिभिन्न साना र ठूला समूह मिलेर नेपालमा बिबिध क्षेत्रमा लगानी बढाइरहेकाले यस्ता कम्पनीहरु जति धेरै खुल्यो उति नेपालको विकास र लगानीमा सकारात्मक परिणाम दिन्छ ।

एनआरएन अफ्रिका भेन्चर्स कम्पनी भर्खरै सार्वजनिक गरिएपनि यसले आधिकारिक रुप लिएर कृषि, उर्जा, पुर्वाधार र आइटी लगायतका योजनाहरुमा लगानीको लागि प्रारम्भिक कार्य शुरु गरिसकेको थापाले उल्लेख गरेका छन् ।

एनआरएनका अन्य देशबाट अनेक खाले लगानीका चर्चा सुनिएका थिए । अफ्रिकाका नेपालीका तर्फबाट लगानीको क्षेत्रमा चर्चा थिएन । तर अफ्रिकाका बिभिन्न बहुराष्ट्रिय कम्पनीमा नेपालीहरु माथिल्लो तहको पद र जिम्मेवारीमा छन् । तिनले बहुराष्ट्रिय कम्पनी र अन्य राष्ट्रिय कम्पनीहरुलाई नाफामुलक र चर्चायोग्य, सफल बनाइरहेका छन् । लगानीका बिभिन्न क्षेत्र, ब्यवस्थापनका बिभिन्न चरण र क्षेत्रमा अफ्रिकाका नेपालीसित ठूलो अनुभव, सिप र ब्यवस्थापकिय कुशलता छ । यो भेन्चर्स कम्पनीले त्यसलाई ब्यवस्थापन गर्ने उद्देश्य राखेको छ ।

“अर्काको देशका बिभिन्न कम्पनीलाई कुशल ब्यवस्थापन र मुनाफा दिलाउनसक्ने नेपालीहरुले आफ्नै कम्पनी र आफ्नो देशकोलागि पक्कैपनि अझै सफलता दिलाउन सक्लान् भन्ने हाम्रो मूल्यांकन छ” थापाले सुनाए ।

बिदेशमा काम गरिरहेका नेपालीलाई नेपालको विकास, प्रगती र उन्नतिमा जोड्ने अफ्रिकाका नेपालीहरुको तर्फबाट यो पहिलो सामुहिक प्रयासपनि हो ।

त्यसो त, अफ्रिकाका नेपालीहरुले यस अघिपनि नेपालको पुर्वाधार, उर्जा, स्वास्थ्य, सानातिना उद्योग र अन्य विविध क्षेत्रमा विभिन्न माध्यमबाट लगानी गर्दै आएका थिए । ति छरपस्ट लगानीकर्ताहरुलाईपनि एनआरएन अफ्रिका भेन्चर्सले एकिक्रित गर्ने छ ।

गैर आवाशिय नेपाली संघ अफ्रिका क्षेत्रिय संगठनका संयोजक रोशन थापाका अनुसार यो भेन्चर्स कम्पनीमा अफ्रिका महादेशको सबै देशका नेपाली संलग्न छन् । यसमा आबद्द लगभग सय जना बिभिन्न अफ्रिकि मुलुकका नेपाली छन् । तर कम्पनीले अफ्रिकाबासी, नेपालबासी पूर्व एनआरएन र अन्य देशका नेपालीलाईसमेत लगानीमा समेटेर एक हजार ब्यक्तिको संलग्नता बनाउने छ ।

“यो कम्पनीले खालि आर्थिक मुनाफा मात्रै हेर्दैन । यताको सिप, अनुभवव, ज्ञान, ब्यवस्थापकिय कुशलता र सफलताको अनुभवपनि नेपालको उचित क्षेत्रमा भिजाउने छ” अफ्रिका भेन्चर्सका निर्देशक, गैर आवाशिय नेपाली संघ अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापाको भनाई छ ।

अफ्रिका महादेश भनिएपनि नेपालीको संख्या कम छ । यो महादेशभरिमा लगभग १० हजार नेपाली मात्रै छन् । त्यसमापनि एनआरएनएको सदस्य बन्ने र संस्थागतरुपमा सकृयहरुको संख्या झन कम छ । त्यसले गर्दापनि यताका नेपालीको उपस्थिति आर्थिक क्षेत्रमा पछि परेको देखिन्छ ।

कम नेपाली भएको महादेश र आर्थिक रुपले अपेक्षाकृत रुपमा पछाडी मानिएको अफ्रिका क्षेत्रबाट भएको यो प्रयासले अन्य क्षेत्र र देशमा बसेका नेपालीलाई पनि नेपालमा लगानी गर्न थप उत्प्रेरणा दिने काठमाडौंमा रहेका कम्पनीका अर्का निर्देशक दीपक कर्णले बताए ।

उनको भनाईमा नेपालमा यसअघि छुट्टाछुट्टै रुपमा शुरु भएका अफ्रिकावासी एनआरएनका ब्यबसाय र लगानीलाई पनि यसले जोडेर संयुक्त रुपमा अगाडी बढाउन सहजीकरण गर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक