बिहीबार, वैशाख २०, २०८१

गुटगुट राजनेता : चिराचिरा राजनीति

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन ८ गते १९:०७

Photo Credit-The Kathmandu Post

देखिनलाई नेपाली कांग्रेस एउटा पार्टी भएपनि यसभित्रका गुट–उपगुट हेरिहेरौं— देउवा, पौडेल, निधी, श्रेष्ठ (गोपालमान), सिटौला, प्रकाशमान र सुजाता गुट । यी त केही उदाहरण भए । नेकपा एमालेमा माधव नेपाल गठबन्धनसहितको नसोचेको विश्वासको मत पाएर प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई अहिले सबैभन्दा मुस्किलको कुरा छ— कुन गुट, उपगुटका सांसद समातेर मन्त्री बनाउने ? यो संकट र महामारीका माझ अहिले स्वास्थ्य मन्त्री छैन, न परराष्ट्र मन्त्री नै छ ।

कांग्रेस राजनीतिमा केही आशा गरिएका गगन थापालाई स्वास्थ्य मन्त्री हुन चौतर्फी दवाव रहेपनि उनी यो जिम्मेवारी लिनबाट भागिरहेका देखिन्छन् भने गृहमन्त्री बनेका बालकृष्ण खाड श्रीमती मन्जुबाट परिचालित भएर प्रहरी सरुवा–बढुवामा लिप्त भैसकेका छन् ।

कुटनीतिमा सासु राजदूत बन्ने अवसरसहितको सिफारिश देउवा सरकारले खारेज गरिदिएपछि अहिले प्रधानमन्त्री र आसेपासेसँग राजदूत बन्न चाहनेहरुको भीड देखिन्छ भने प्रधानमन्त्री देउवा आफ्ना विश्वासपात्रले गत चुनावमा हार खाएपछि अहिले गुट–उपगुट खोज्दै हिडिरहेका छन् । कतिसम्म भैदियो भने हिजोसम्म आफ्नै छत्रछायामा रहेका राजनीतिक नेताहरु समेत एकाएक आफ्नै बिरोधी खेमामा उभिएपछि देउवा थप तिलमिलाएका छन् ।

हिजोसम्म उनकै पिछलग्गु नेता बिमलेन्द्र निधी र गोपालमान श्रेष्ठ दुबै कांग्रेसको आसन्न अधिवेशनमा पार्टी सभापतिको उम्मेद्धारीमा छन् भने प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि आ–आफ्नै बाटोमा छन् ।

गठबन्धन सरकारलाई सहयोग गर्न कांग्रेस नेता पूर्णबहादुर ख्ड्काको संयोजकत्वमा एक कमिटि बनेपनि यो सहयोगको आकारप्रकार अझै स्पष्ट भैसकेको छैन । कांग्रेसको पार्टी कार्यालय सानेपामा पनि उस्तै रमिता छ ।

बाहिर समूहसमूहमा विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ता धर्ना दिइरहेका छन्। सबैले बीपी कोइरालाको तस्बिर र आआफ्नो माग उल्लेख भएको ब्यानर टाँगेका छन् । भित्र भुइँमा म्याट र त्यसमाथि पातलो चादर ओछ्याएर तीन जना अनशनमा बसेका
छन्। उनीहरुमध्ये एक हुन धनुषा कांग्रेसका नेता डा चन्द्रमोहन यादव । उनी प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक