आइतबार, मंसिर २३, २०८१

अबको एनआरएनको प्राथमिकता

हेमन्त काफ्ले२०७८ साउन २८ गते १५:०९

यतिखेर डायस्पोराको नेपाली समाज मुलुकसँग जोडिएको सुख दुख, बिकास र बिस्तारमा सहयोगी भुमिकामा प्रमाणित भएको सर्वविदीतै छ । देश संकटमा परेको बेला होस वा भबितब्य, प्रवासी नेपाली समाज एकैपटक जुरुक्कै उठने गर्छ । पछिल्लो महाबिनासकारी महाभुकम्पको चपेटामा पर्दा गैर आवासिय नेपाली संघले देखाएको सहयोग र तत्परताले पनि धेरै कुरा प्रष्ट पारेको छ । बिदेशमा बसेर मुलुकमा साना तिना सहयोग गर्दै आउने समाजहरुको त कुरै भएन । जाती हुन, भुगोल या राजनिती अथवा गामबेसी नै । जुन जुन नाम र ठामका आधारमा संघ संगठन खुलेका छन तिनले पनि आआफ्नो क्षेत्रमा प्रसस्त सहयोग गर्दै आएका छन् । जे जसरी भएपनि प्रवासले देशको सम्मान नै गरेको छ भन्नुपर्छ ।

बैदेशिक रोजगार हुन वा स्थायी, अस्थाइ बसोबासका लागि बिदेश पुगेका नेपालीको इतिहास कोट्याउने हो भने त्यति लामो छैन । कुटनीती र परराष्ट्र सम्वन्धका कारण सन १९५० देखि फाट्टफुट्ट नेपालीहरु प्रवासीएको हामी इतिहास पाउँछौ । अझ एनआरएनका रुपमा बसोबास गर्दै आउने नेपालीको संख्या २००० पछि मात्रै बढेको तथ्याकंले बताउँछ । जे भएपनि यतिखेर प्रवासमा नेपाली समाजको बाहुल्यता बढ्दैगर्दा धेरै खाले सम्वन्धहरुले आफुलाई बलियो बनाएका महसुस गरेको हुनुपर्छ । जस्तोकी नेपाली चलचित्र, कलाकारीता अनि नेपाली साहित्य र अभिभावक । यी मात्र उदाहरण हुन । रेमिन्टास र अन्य सम्वन्ध त मुलुकको आर्थिक उन्नतीसँग पनि जोडिएका छन ।

यतिखेर डायस्पोरामा जती छन, जे गर्दै छन ती पहिलो पुस्ताका नेपाली नै हुनुपर्छ । डाक्टर,इन्जिनियर, बैज्ञानिक हुन या श्रमीक वा प्राविधिक । नेपालको माटो, हावापानी, कला संस्कृती र रहन सहन अनि राजनितीबाट प्रभावित पहिलो पुस्ताका नेपालीका लागि डायस्पोरा साच्चीकै उर्बर बनेको छ र उन्नतीको आधार पनि ।

मैले यी कुरा किन जोडिरहेको छु भने यीनै पहिलो पुस्ताका नेपालीनै अहिलेको गैर आवासिय नेपाली संघको ठुलो झुन्ड हो । मुलुकका कणकणसँग जानकार यी प्रवासीहरु आफुसँगै मुलुकको कला,संस्कृती, रहनसहन अनि राजनिती भुल्न चाहँदैनन र सक्दैनन पनि । यीनै कारण पनि प्रवासी नेपाली समाज मुलुकसँग लपक्कै टासिएको छ शरिर भित्रको मुटुझैं ।

डायस्पोराको नेपालीका लागि माया प्रेमका भाका बनेको छ गाम बेसीको दोहोरी अनि कथा बनेको छ नेपाली चलचित्र । यतिखेर नेपाली कलाकारको गतिलो गन्तब्य बनेको छ प्रवास । प्रारम्भमा कठिनाइ झेलिरहेका कयैन कलाकारहरु बिदेशका कार्यक्रम मार्फत जिविकापार्जन गर्न समेत सफल भएको कथा सुनिन्छ । नेपाली चलचित्रहरु अचेल बिदेशमा प्रीमियर हुन थालेका छन । बनाउँदै राम्रा चलचित्रहरु अमेरिका र अस्ट्रेलियामा किनिन थालेको छन् । राम्रो कलाकार वर्षका दुइ चार बिदेश नगएको त पक्कै पनि छैनन् । कमाइ पनि गतिलै हुने गरेको छ ।

यी सबै कुरा जोड्ने महत्वपुर्ण माध्यम हो भाषा र भेषभुषा अनि कला संस्कृती । पुस्ता हस्तान्तरणको प्रकृयामा पुगेका नेपालीका लागि अहिलेको सबैभन्दा ठुलो चुनौतीका रुपमा बचाउनुपर्ने, जोगाउनुपर्ने यीनै कुरा भएका छन ।

अहिले प्रवासमा दशै तिहार मात्रै होइन, ल्होसार र छठ अनि माघी र होली पनि प्रसस्तै मनाइन्छ । पहिचान र परम्परा भनेको सकिने र मासिने बस्तु होइनन्, यो त सदभाव र संस्कारी महत्वका विषय हुन ।

किनभने प्रवासी नेपालीहरुको दोस्रो पुस्तामा भाषा अनि परम्पराको जर्गेना विषयमा कमजोर देखिएको छ । मुलुकसँग जोड्ने तारका रुपमा रहेको भाषा नै हाम्रो प्राणका रुपमा जिवन्त रहेन भने भोलीका दिन नेपालीको संख्या जतिबढेपनि हामीबिचको सम्वन्ध समधुर हुन सक्दैन । लोकलयलाई ‘ह्वाट इज दिस’ भन्ने पुस्ताले अंग्रेजी गानामा रमाउन थालेभने त्यसले नेपालीत्व कायम रहला भन्न सकिन्न । तसर्थ बिश्वभर फैलिएको एनआरएन र यसका सम्वन्ध राष्ट्रहरुले नेपाली भाषाको जर्गेना र कला संस्कृतीको रक्षा गर्ने नयाँ अभिभारा पनि बोक्नुपर्छ भन्ने मेरा तर्क हो ।

एनआरएनको सबैभन्दा ठुलो मागका रुपमा रहेको दोहोरो नागरिकता प्रकृया अगाडि बढ्न सकेको छैन । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई सफलीभुत पार्ने जीम्मेवारी पनि सकिएको छैन ।

एनआरएनलाई बिश्वसिलो साझेदारका रुपमा संसारभर चिनिंदै आएको परिप्रेक्षमा अबको यसको उद्देस्य नेपाली भाषा र भेषभुषाको रक्षा गर्नु पनि हुनेछ । सम्बन्धित देशहरुले भाषा कक्षा र कला साहित्य र संकृतीको रक्षा गर्ने कार्यक्रम ल्याउनुपर्ने बेला आइसकेको छ । कुरो प्रष्ट छ, भाषा र संस्कृति नै नरहे हामी कसरी नेपाली रहौंला !

तपाइँको प्रतिक्रिया