मंगलबार, वैशाख १८, २०८१

स्विजरल्याण्डमा कोरोना बिरामी १० गुणाले वृद्धि, डाक्टरहरु चिन्तित

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ भदौ ४ गते १०:५८

पछिल्लो समय कोरोना भाईरस (कोभिड-१९) का बिरामीहरु तीव्र वृद्धि भएपछि स्विस डाक्टरहरु चिन्तित बनेका छन् ।

स्विस डाक्टर संघले पछिल्लो अवस्थामा कोरोनाका बिरामीको संख्या बढेको बढ्यै गरेपछि चिन्ता ब्यक्त गरेको हो । संघले यहि अनुपातमा संख्या बढ्दै गए गम्भिर अवस्था निम्तिने चेतावनी दिएको छ । त्यस्ता बिरामीहरुमा अधिकांश कोरोनाको खोप नलगाएका छन् ।

गत केहि दिनदेखि गहन उपचार कक्षमा भर्ना हुनेको संख्या तिब्ररुपमा बढेको छ । बिरामी मध्ये अधिकांश युवायुवती छन् ।

“गत १८ महिनादेखि गम्भिर उपचार कक्षमा निकै ब्यस्त रहेका स्वास्थ्यकर्मीहरुमा गत केहि दिनदेखि पुनचाप बढेको छ । बिरामीको संख्या अत्यधिक बढिरहेको छ । यहि अवस्था रहेमा फेरि दबाबमा पर्न सक्ने देखिएको छ” स्विस सोसाईटी अफ इन्टेन्सिभ मेडिसिनले बिहिवार साँझ भनेको छ ।

गहन उपचार कक्षमा आएका बिरामीहरुलाई अस्विकार गर्न नसक्ने हुनाले अहिलेको अवस्था हेर्दा स्थिति फेरि बिग्रन सक्ने उल्लेख छ ।

जूनको अन्त्य देखि कोरोना भाइरस संक्रमण हुने नयाँ बिरामीको संख्या स्विजरल्याण्डमा प्रत्येक दिन बढिरहेको छ । हाल प्रत्येक दिन संक्रमित हुने तिन हजार छन् । हाल बृद्धि भएका मध्ये अत्यधिक डेल्टा भेरियन्टको देखिएको छ । संक्रामक डेल्टा भ्यारिएन्टको कारणले खोप नलगाएका खासगरि १० देखि २९ वर्षका मानिसहरुलाई बढी प्रभावित गरेको स्वास्थ्य संघले बताएको छ ।

देशभरि दैनिक अस्पताल भर्ना हुनेको संख्या जुलाईमा २ देखि ३ बाट १० गुणा बढेर हाल ३० को आसपास पुगेको छ । मंगलवार स्विस अस्पतालहरुमा ५०० ​​मानिसहरु कोभिड ९१ फोर् को उपचार गरीरहेका थिए । हाल बढेर ७०० भन्दामाथि पुगेको छ ।

अहिले ७० प्रतिशत गम्भिर उपचार कक्षका बेडहरु भरिएका छन् । ति मध्ये १४ प्रतिशत त कोरोनाकै बिरामी छन् । तर कोरोनाबाट मृत्यु हुनेको संख्या कम स्तरमानै छ ।

यसै हप्ता भएको एक साक्षात्कारमा स्विट्जरल्याण्डको कोविड -१९ विज्ञान टास्क फोर्स प्रमुख तान्जा स्ट्याडलरले वर्तमानको भाइरस स्थिति धेरै गाह्रो अवस्थामा पुगेको बताएकि थिईन । उनले भनेकि थिईन् “यदि अस्पताल भर्नाको संख्या अघिल्लो महिनाको तुलनामा दोब्बर हुँदै जाने हो भने हामी दोस्रो लहर [गत शरद ऋतु] को सबैभन्दा खराब अवधिको जस्तै स्तरमा हुनेछौं।”

तपाइँको प्रतिक्रिया

फेसबुक