शुक्रबार, वैशाख २१, २०८१

उत्तर अमेरिकामा भेटिए २३ हजार वर्ष पुराना मानव पाईला

नेपालप्लस संवाददाता२०७८ असोज ११ गते १०:५३

फोटो- नेशनल पार्क सर्भिस युएसजिएस र बोर्नेमाउथ युनिभर्सिटी

उत्तर अमेरिकामा करिब २३ हजार वर्ष पुरानो मानव पाईला भेटिएका छन् । हाल भेटिएका अविश्वसनीय प्राचीन पाईलाहरु उत्तरी अमेरिकामा मान्छेको सबैभन्दा पुरानो मानव सभ्यताको चिन्ह भएको दाबि गरिएको छ ।

२३,००० वर्ष पहिलेको मानिएको पाईलाका पदचापहरु तालको किनारमा रहेको हिलोमा टेकिएको अवस्थाका हुन् ।

अन्वेषकहरूले अमेरिकाको न्यूमेक्सिकोमा ति प्राचीन पदचिह्नहरु भेट्टाएका हुन् । तिनले अमेरिकाका मानिसहरुको सबैभन्दा पुरानो चिन्ह हुनसक्ने बताएका छन् । गोडाका ति चाप बच्चा र किशोरहरुको भएको बताइेएको छ ।

कुनै एक तालको किनारमा रहेको हिलोमा टेकिएर बसेका ति पदचाप २१ हजारदेखि २३ हजार वर्ष पहिलेको दाबि गरिएको छ ।

“प्रमाण धेरै विश्वस्त र अत्यन्तै रोमाञ्चक छ” अस्ट्रियाको भियना विश्वविद्यालयका पुरातात्विक वैज्ञानिक र रेडियोकार्बन डेटिङ विशेषज्ञ टम हिघम भन्छन् “म विश्वस्त छु कि यी पदचिह्नहरु साँच्चै दाबी गरिएका उमेरका हुन् ।”

यसले कसरी र कहिले मानिसहरु साइबेरियाबाट यस क्षेत्रमा बसोबास गर्न आए भन्ने प्रश्न उठाएको छ । किनभने यो क्षेत्रमा अपेक्षा गरिएको भन्दा पहिलेनै मानिसहरु पुगेको देखिन्छ ।

फोटो- रेनोल्ड एट एल, साईन्स २०२१

अघिल्लो अध्ययनहरुले मानिसहरु अमेरिकामा बसोबास गरे भन्ने प्रमाण धेरैजसो ढुंगाका उपकरणको संग्रहमा आधारित भएकोलाई मानेका थिए । ति मध्ये धेरै विवादास्पद थिए किनकि ढुंगाका त्यस्ता आक्रितिहरु संयोगवश एक उपकरण जस्तै भएर आकार बनेको हुनसक्थ्यो भन्ने केहि अन्वेषकहरुको भनाई छ ।

अहिले फेला परेका गोडाका पाईलाहरुले मानव बसोबासनै थियो भन्ने ठोस प्रमाण दिएको छ ।

फेला परेका पैतालाका डोबहरु धेरै मानिससित संवन्धित छन् । अर्थात् त्यहाँ धेरै मानिस हिंडेको भेटिएको छ । पैतालाका डोब साना भएकाले ति किशोर र वच्चा थिए भन्ने अनुमान गरिएको छ ।

“मेरो लागि त्योसही अर्थ हो” रिपोर्टका सह-लेखक यूएस नेशनल पार्क सेवाका पुरातत्वविद् डानियल ओडेस भन्छन् “म बच्चा हुँदा सधैं पानीतिर जान्थें । धारा, नदी, पोखरी, जे भएपनि पानीतिरै जाने आकर्षण हुन्थ्यो । मौका पाउनसाथ म सायद सुक्खा जमिन भन्दा हिलो माटोमा हिंड्छु । ”

तर हाल प्रकाशित रिपोर्टसित सबै सहमत भने छैनन् । चिली विश्वविद्यालयका प्राचिन मानव अध्ययन विशेषज्ञ करेन मोरेनो यो परिकल्पनासित सावधान रहनुपर्ने बताउँछिन् । उनको भनाईमा यो धारणा आधुनिक मानिसहरुको आकारको आधारमा बनाईएको हो। त्यतिबेलाका मानिसहरु साना हुनसक्थे र उनीहरुको खुट्टाको चाप वर्तमान किशोरहरुको जस्तै थियो ।

तर उनले यि गोडाका चाप मानवकै भएकोमा भने शंका गरेकि छैनन् । यसले अमेरिकाका प्रारम्भिक चरणका मानिसहरुको बारेमा जन्न प्रकाशको काम गरेको बताउँदै उनी भन्छिन् “यो पुरानो समुदायमा सायद एक फरक र जटिल जिवनशैली थियो ।”

तपाइँको प्रतिक्रिया

फेसबुक