शुक्रबार, वैशाख २१, २०८१

घृणा फैलाएको आरोपमा राष्ट्रपती निवासका रोटी बितरकमाथि छानबिन

नेपालप्लस संवाददाता२०७८ असोज २० गते २२:५६

फोटो- बुलँजेयर दु ग्रँ पारी

पेरिसमा हरेक वर्ष घरेलु रोटी उत्पादनकर्ताबिच प्रतिस्पर्धा हुन्छ । सयौंले चाख्ने र जुरीले मूल्यांकन गरेपछि सबैभन्दा मिठो, ताजा रोटीलाई सर्बोत्कृष्ठ घोषणा गरिन्छ । फ्रान्सका राष्ट्रपतीको निवाशमा यहि पुरस्कार बिजेताको रोटी प्रयोग गरिन्छ ।

उत्तम रोटी पुरस्कार पाउने र राष्ट्रपती निवाशले समेत बिजेताको रोटी प्रयोग गर्ने हुँदा एकाएक ब्यापार चम्किन्छ । सयौं ग्राहहरु अकस्मात बढ्छन् । रोटी किन्नेको भिड लाग्छ ।

ट्युनिसियामा जन्मेका बेकर (रोटी उत्पादनकर्ता) जसले पेरिसमा सर्वश्रेष्ठ ब्यागेट (घोंचो जस्तो लामो रोटी) को लागि प्रतिष्ठित वार्षिक पुरस्कार जितेका थिए । उनले सामाजिक सञ्जालमा चरमपन्थी बिचार ब्यक्त गरेको भन्दै उजुरी परेपछि बिवादको केन्द्रमा छन् ।

मकरम अकरौत जसको उपलब्धिलाई फ्रान्समा एक आप्रवासी सफलताको कहानीको रूपमा सम्मानित गरिएको थियो । निकै चर्चित बनेको थियो उनको कहानी । उनले १७३ प्रतिद्वन्द्वीहरुलाई पराजित गरेर प्रथम बनेका थिए । पुरस्कार जितिसकेपछि गत सप्ताहन्तमा आयोजना गरिएको पुरस्कार बितरणा समारोहमा उनी सहभागि भएनन् ।

फ्रान्सको परम्परा अनुसार प्रतिष्ठित पुरस्कार विजेतालाई एक वर्षको लागि राष्ट्रपतीको एलिजे दरबारमा रोटी आपूर्तिकालागि संझौता पत्र दिईन्छ ।

एक अज्ञात ट्विटर प्रयोगकर्ताद्वारा प्रकाशित स्क्रिनपोस्टले मकरम अकरौतले आफ्नो फेसबूकमा इस्लामवादी विचारहरु व्यक्त गर्ने पोस्ट राखेको देखिएको छ । तर कुनै अज्ञात ट्विटरकर्ताले बिरोध गर्दै उक्त पोस्ट साझेदारी गरेपछि अकरौतले उक्त पोस्ट हटाएका थिए ।

“मकरम अकरौतले पुरस्कारकालागि समारोहमा आउनुपर्ने जरुरि थियो भन्ने बुझेनन्” पेरिसका उपमेयर एमानुयल ग्रेग्वाले बताएका छन् । पुरस्कार बितरण समारोह पेरिसको प्रसिद्द गिर्जाघर नोर्थदामको हलमा आयोजित थियो ।

अकरौतले आफ्नो सट्टा पुरस्कार लिन आफ्ना आटा आपूर्तिकर्तालाई प्रतिनिधित्व गर्न पठाएका थिए ।

उमेरले ४२ वर्षीय मकरम अकरौतले ट्युनिसियाबाट आएर १९ वर्ष फ्रान्समा बेकरको रुपमा काम गरिसकेका छन । पुरस्कार जितेपछि नयाँ ग्राहकहरु उनको ‘बुलँजेयर द रोइयी’ बेकरीमा आइरहेका छन् ।

ट्युनिसियाली मूलका बेकर्सको पेरिस क्षेत्रमा व्यापक उपस्थिती छ । विगतमा पनि सर्वश्रेष्ठ पेरिस बागेट पुरस्कार ट्युनिसियाली मूलककाले जितिसकेका छन् ।

तर आरोपहरुले अकरौतलाई सोशल मीडियामा दुरुपयोग र बदनाम गराउनतर्फ लक्षित गरियो । यो बिवादपछि एलिजे दरवारले बागेट आपूर्तिको संझौता बदर गर्छ वा जारिराख्छ भन्ने स्पष्ठ गर्न बाँकिनै छ ।

“यदि दूर्भाग्यपूर्ण कुरा भनिएको थियो भने त्यसले एलिजे प्यालेसमा रोटी बितरण एक मुद्दा बन्ने छ” ग्रेगोइरले भनेका छन् ।

सिटी हलले प्रहरीलाई सोसल मिडिया पोष्टहरुको थप अनुसन्धान गर्न आग्रह गरेको छ ।

अकरौतका वकिलले भने उनले घृणा फैलाउने इस्लामिक भनाई पोस्ट गरेका थिए कि थिएनन् भन्ने पुष्टि वा अस्विकार दुबै गर्न सकेका छैनन् ।

अकरौतले सन् २०१९ मा फ्रान्सेली नागरिकता प्राप्त गरेका थिए ।

अज्ञात ट्विटर प्रयोगकर्ताद्वारा पोस्ट गरिएको स्क्रिन सट पोष्टहरु सन् २०१९ र २०२० का हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक