आइतबार, वैशाख २३, २०८१

चीनको सत्तारुढ दलको बैठकले राष्ट्रपति सीको शक्ति अझै बलियो बनाउने

नेपालप्लस संवाददाता२०७८ कार्तिक २२ गते १६:२९

Image Credit-wikimedia.org

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्रका निर्विरोध नेता चिनियाँ राष्ट्रपति सी जिनपिङको शक्तिलाई चीनिया कम्युनिष्ट पार्टीले अझै बलियो बनाउने भएको छ । सिजिन पिङले अर्को हप्ता सत्तारुढ दलका शीर्ष व्यक्तित्वहरूको प्रमुख बैठकको नेतृत्व गर्दैछन् जसले दीर्घकालीन शासनको लागि उनलाई अझै शक्तिशाली, बलियो बनाउने भएको छ ।

सोमवारदेखि बिहीवारसम्म कम्युनिष्ट पार्टीको सर्वशक्तिमान केन्द्रीय समितिका करिब ४०० सदस्यहरू बेइजिङमा भेला भएर पिङलाई शक्तिशाली बनाउने छन् ।

यस वर्षको बैठकले अर्को शरद ऋतुमा हुने २० औं पार्टी महाधिवेशनको लागि मार्ग प्रशस्त गर्ने भएको छ । यो बैठक्ले सीलाई माओ त्सेडोङ पछि चीनको सबैभन्दा शक्तिशाली नेताको रूपमा अझै बलियो बनाउँदै तेस्रो कार्यकालको पदभार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ ।

चिनीया समाचार एजेन्सी सिन्हुवाका अनुसार अर्को हप्ताको पूर्ण बैठकमा शीर्ष व्यक्तित्वहरूले पार्टी अस्तित्वको एक सयौं वर्ष गाँठमा मुख्य उपलब्धिहरू के के भए, आगामी दिनमा के कसरि अगाडि बढ्ने र भविष्यका मुख्य प्रस्ताव के के हुन्छन् भन्नेमा बहस गर्नेछन् ।

विश्लेषकहरूका अनुसार यो प्रस्ताव पार्टीको इतिहासमा यो प्रकारको तेस्रो हो जसले सीलाई २०२२ को महत्वपूर्ण पार्टी महाधिवेशन अघि चीनको लागि आफ्नो दृष्टिकोण बनाउने छ । र सिजिन पिङलाई ढुङ्गाको पर्खाल जस्तो बनाएर सत्तामा आफ्नो पकड बलियो बनाउन अझै मद्दत गर्ने छ।

बेइजिङमा चिनिया कम्युनिष्ट पार्टीको यो बैठकपनि शीर्ष नेतृत्वको अन्य बैठक जस्तै गोप्य रुपमा हुने छ । बन्द ढोका पछाडि आयोजित हुने यो कार्यक्रमका धेरैजसो मुख्य निर्णयहरू अग्रिम रूपमा तय भैसकेका छन् ।

चिनीया कम्युनिष्ट पार्टीका राजनितिक बैठकहरु अग्रिम तय भैसकेका हुन्छन् । त्यसैले आधिकारिक रुपमा खुला असहमति राख्ने अत्यन्तै दूर्लभ कुरा हो ।

चिनीया कम्युनिष्ट पार्टीका एजेन्डा वा छलफलका सामाग्रि अझैपनि प्रकाशित गरिएको छैन । अग्रिम तय भएका एजेण्डालाईनै संकल्प गरिएन् छ, अघिल्ला दुई संकल्प जस्तै ।

पहिलो संकल्प १९४५ मा माओको नेतृत्वमा पारित भएको थियो । त्यो संकल्पले उनलाई कम्युनिष्ट पार्टीले सत्ता कब्जा गर्नु भन्दा चार वर्ष अघि उनको अधिकारलाई बलियो बनाउन मद्दत गरेको थियो ।

दोस्रो सन् १९८१ मा देङ सियाओपिङको नेतृत्वमा अपनाइएको थियो । देङको शासनले आर्थिक सुधारहरू अपनाउँदै माओका नितिहरुका गल्तिकमजोरिहरु औंल्याएको थियो ।
अघिल्ला दुईवटा संकल्प भन्दा अहिलेको पार्टीको बैठकपनि खासै फरक हुने देखिंदैन । बरु बिगतको चलनलाईनै निरन्तरता दिने छ ।

बरु यो पार्टीको स्थापनाकाल देखि नै सीलाई नयाँ युगमा नेतृत्व गर्न योग्य बनाउने प्रक्रिया स्थापित गर्ने छ र प्राकृतिक उत्तराधिकारी हो भनेर देखाउने उद्देश्यलाई स्थापित गर्ने छ ।

चिनिया कम्युनिष्ट पार्टीको उद्देश्य सफल पार्न सीलाई चिनियाँ कम्युनिष्ट पार्टीको गौरवशाली इतिहासको प्राकृतिक उत्तराधिकारीको रूपमा सुदृढ पार्नु हो ।
हालको प्रस्तावले देङ सियाओपिङको पाठबाट एक कदम पछाडि फर्किने संभावना छ किनकि यसले सन् १९४९ देखि १९७६ सम्मको माओ युगको कम आलोचना गर्ने देखिन्छ ।

माओको नियन्त्रणमा रहेको शासनले देशलाई जबरजस्ती कम्युन बनाउन खोज्दा लाखौं मानिसहरू भोकमरी परेको देङको आलोचना थियो । आफ्नो मृत्युसम्मको दशकमापनि माओले सांस्कृतिक क्रान्तिको सुरुवात गरिरहेका थिए । त्यसलाई हिंसाको युग भनेरपनि कतिपयले संवोधन गर्छन् ।
र्
देङको नेतृत्वमा चिनीया कम्युनिष्ट पार्टीले माओको व्यक्तित्व र माओपथको पुनरावृत्तिबाट बच्ने प्रयास गरेको थियो । उनले आफ्नो शासनको निरन्तरता सुनिश्चित गर्न मात्र त्यसो गरेका थिए ।

सिजिङ पिङलाई अझै शक्तिशाली बनाउने भन्ने प्रस्तावको स्वीकृतिको अर्थ सी जिनपिङको अख्तियारी निर्विरोध छ भन्नेनै हो ।

त्यसो त प्लेनमले थप नियन्त्रित, योजनाबद्ध अर्थतन्त्रतर्फ चीनको बाटोलाई अझै दृढ बनाउने छ । प्राविधिक क्षेत्रदेखि घर जग्गासम्मका क्षेत्रहरूमा देशको विशाल उद्यमहरूलाई विनियमित गर्न सीले अभियान चलाईरहेको र त्यसलाई अझै बलियो बनाउने देखिन्छ ।

लोकतान्त्रिक, छुट्टै भनेर पस्चिमा देश र कतिपय ताईवानका नागरिकले भन्दै आएपनि यो टापुको प्रश्न पनि सिजिङ पिङकालागि महत्वपूर्ण छ । ताईवानले आफूलाई सार्वभौमसत्ताको रूपमा हेर्छ तर बेइजिङले आफ्नो क्षेत्रको रूपमा दाबी गरिरहेको छ । पछिल्लो समय ताईवानका विषयमा अनेक खाले मतभेदहरु छन् । त्यसैले यो विषयपनि बैठकको महत्वपूर्ण एजेन्डा रहने छ ।

तर एजेण्डा जे जस्तो भएपनि आगामी हप्ता हुने बैठकमा सिजिङ पिङको नेत्रित्वको बिकल्प भने देखिएको छैन । उनी निर्विरोध देखिएका छन् ।

तर विश्लेषकहरुले पिङ आर्थिक विकासमा धेरै माथि पुगिसकेकाले अझै कति माथि जान सक्लान भन्ने प्रश्न उठाएका छन् ।

यो बैठकमा पिङलाई माओकै स्थानमा राख्ने प्रयास गरिन्छ ? कि अझै माथिल्लो श्रेणीमा ब्याख्या गर्ने कोसिस गरिनेछ ? वा चिनिया जनताकालागि माओनै सर्वश्रेठ पात्रका रुपमा ब्याखय गरिइरहने छन् ? उसो भए सि जिन पिङलाई कसरि ब्याख्या गरिने छ ? योपनि धेरैको मनमा उब्जिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक