आइतबार, वैशाख २३, २०८१

निर्वाचन गराउन संरक्षक समितिनै अनिच्क्षुक, पाँच जनाको संरक्षक समितिमा तिन गुट

नेपालप्लस संवाददाता२०७८ मंसिर १० गते १९:३१

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउन परराष्ट्र मन्त्रालयले संरक्षक समितिलाई निर्देशन दिएपनि संरक्षक समितिकै बहुमत सदस्यले त्यो जिम्मेवारी लिन अस्विकार गरेपछि संरक्षक समितिको विश्वशनियतामाथि प्रश्न उब्जिएको छ ।

संरक्षक समितिमार्फत् निर्वाचन गराउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएपछि संरक्षक समितिको पटक पटक बसेको बैठकमै संरक्षक समितिका पाँच जना तिन गुटमा बिभाजित भएका छन् ।

प्रमुख संरक्षक शेष घलेले परराष्ट्र मन्त्रालयले संरक्षक समितिलाई जिम्मेवारी तोकेपछि पटक पटक बैठक राखेका थिए । संरक्षक समितिका प्रमुख शेष घले, संरक्षकहरु जीवा लामिछाने, रामप्रताप थापा, भवन भट्ट र देवमान हिराचन यि पाँच जना तिन गुटमा बिभाजन भएका हुन् ।

पाँच जना मध्ये देवमान हिराचन र शेष घले निर्वाचन संरक्षक समितिले गर्नुपर्ने अडानमा छन् भने जीवा लामिछाने र रामप्रताप थापा एकतिर छन् जो ‘निर्वाचन गराउन हुन्न संरक्षक समितिले’ भन्ने पक्षमा उभिएका छन् ।

संरक्षक समितिका अर्का सदस्य भवन भट्टले भने दुबैतिर सहमति जनाएका छैनन् र उनी एक्लै उभिएका छन् । यसरि संरक्षक समितिनै तिन गुटमा बिभाजित भएको हो ।

शेष घलेले आजै शुक्रवारपनि संरक्षक समितिको बैठक डाकेका थिए । आज शुक्रवार बसेको बैठकमापनि पाँच जना तिन गुटमा बिभाजित भएका थिए ।

बैठक आयोजना गरेपछि शेष घलेले ‘मलाई परराष्ट्र मन्त्रालय, सरकारले निर्वाचन गर्नुभनि तोकेकाले आफ्नो नेत्रित्वमा निर्वाचन गर्नुपर्ने’ अडान राखेका थिए ।

तर संरक्षक समितिका बाँकि तिन सदस्यले भने शेष घलेको प्रस्तावमा असहमति जनाए । सहमति जुटाउन नसकेपछि शेष घलेले आज बैठकमा ‘मलाई सरकारले निर्वाचन गराउन निर्देशन दिएको छ । म पटक पटक बैठक डाकिरहन सक्दिन, अबको बैठक १४, १५ दिनपछि बोलाउँछु, एक्लै भएपनि अगाडि बढ्छु’ भन्ने भनाई राखेको नेपालप्लस स्रोतले बतायो ।

आजै शेष घलेले एनआरएनएका अध्यक्ष कुमार पन्तलाई पत्राचार गरी निर्वाचन गराउनकालागि केन्द्रिय सचिवालय, काठमाडौंका कर्मचारीहरु आफ्नो चुनावी अभियानकालागि परिचालित गराइदिनुपर्ने, सचिवालयमा भएका तथ्यांक र सूचनाहरु उपलब्ध गराइदिनुपर्ने र निर्वाचन आयोगलाई चुनाव नगराउन निर्देशन दिन माग गरेका थिए ।

तर शेष घलेको उक्त प्रस्तावलाई अध्यक्ष पन्तले ठाडै अस्विकार गरिदिएका छन् ।

यस विषयलाई पुष्टि गर्न नेपालप्लसले अध्यक्ष कुमार पन्तसित संपर्क गरेको थियो । शेष घलेले सूचना मागेको पुष्टि गर्दै अध्यक्ष पन्तले नेपालप्लससितको संपर्कमा भने ‘हो, शेष घलेले सचिवालयका कर्मचारी परिचालित गराइदिन, निर्वाचन आयोगलाई चुनाव नगराउन निर्देशन दिन र भएका डाटाहरु आफूलाई उपलब्ध गराउन माग गर्नुभएको थियो । तर मैले त्यो दिन अस्विकार गरेको हुँ । किनभने निर्वाचन गराउने भनिएको संरक्षक समितिनै बिभाजित भएपछि कसरि हामीले डाटा दिने ? मैले प्रमुख संरक्षकलाई उहाँले मागे अनुसारका डाटाहरु दिन नमिल्ने जवाफ दिएको छु, मिल्दैन । ”

पन्तले वर्तमान केन्द्रिय समितिनै निर्वाचन गराउन सक्षम रहेको र स्वतन्त्र निर्वाचन समिति गठन भएकाले त्यसैले निर्वाचन गराउने दोहोर्‍याउँदै भने “स्वतन्त्र निर्वाचन कमिटिनै गठन भएको छ । त्यसलेनै निर्वाचन गराउँछ । पाँच जना संरक्षक समितिनै विवादित भएपछि कसरि त्यसले निर्वाचन गराउन सक्छ ?”

जम्मा पाँच सदस्य रहेको संरक्षक समितिकै बहुमतले निर्वाचन गर्न अस्विकार गर्नु, पाँच जनाबिचपनि सहमति नहुनुले एक लाख ६ हजार सदस्यको मन कसरि जित्न सक्लान् ? भन्ने आशंका उत्पन्न भएको छ ।

पटक पटक संस्थाको नेतृत्व सम्हालेका ब्यक्तित्वहरु एकापसमा मिल्न नसक्नु वा जम्मा पाँच जनाबिचपनि विश्वास नहुनु, फुट्नुले आम गैर आवाशीय नेपालीको मन जित्लान्, स्वतन्त्र र सफलतापूर्वक निर्वाचन गर्न सक्छन्, सहमति गराउन सक्छन् भन्नेमा झन धेरै अविश्वाशको वातावरण स्रिजना भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक