मंगलबार, वैशाख १८, २०८१

‘नारायणी नदी नुहाएर फर्केकाहरुको एनआरएनएमा चलखेल’

नेपालप्लस संवाददाता / पेरिस२०७८ मंसिर १५ गते २२:५७

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का केहि अभियन्ताहरुले हालको एनआरएनएमा नारायणीमा नुहाएर फर्केका ब्यक्तिले चलखेल गरेको, राजनितिक स्वार्थले हाँकेको र संस्था अफगानिस्तान जस्तो रणभूमी बनेको लगायतका गम्भिर आरोप लगाएका छन् ।

एनआरएनए एनसिसी विश्व भेलाका नाममा असन्तुस्ट पक्षले बुधवार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले एनआरएनए केन्द्र, संस्थापन पक्ष, केहि संरक्षक लगायत आफ्ना बिपक्षी ठानिएकाहरुमाथि दर्जनौं आरोप लगाएका थिए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले राष्ट्रिय समन्वय परिषदहरुको केन्द्र्हरुसित कुनै संझौता नभएकाले केन्द्रले आफ्नो आवद्दता खारेज गर्न नसक्ने बताउँदै भने “हामीहरु भावनाले आवद्द भएका हौं । कसरि रद्द गर्न सक्छ ? हामी आफ्नै स्थानिय कानुन अनुसार दर्ता भएर चलेका छौ ।”

एनआरएनएका उपाध्यक्ष सोनाम लामाले एनआरएनए केन्द्र अध्यक्षले एकलौटी र मनपरी गरेर संस्था चलाएको, आफ्नो निजि लगानी र ब्यवशाय बढाउन एनआरएनएको प्लेटफर्म प्रयोग गरेको लगायतका आरोप लगाए । उनले केन्द्रिय निति, खर्च, निर्णयलाई केन्द्र, सचिवालयमा नोटसमेत नगरिकनै मनोमानि ढंगले चलाएको आरोप लगाउँदै भने “संस्थालाई घेराबन्दि गरेर संस्था चल्न सक्दैन ।”

एनआरएनएका पूर्व कोषाध्यक्ष हिकमत थापाले संस्था चलाउँदा आफ्नो हठ गरेको, सबै पक्षसित समन्वय गरेर चलाउन नसकेको आरोप लगाए । उनले आफ्नो निजि स्वार्थ र गूटकोलागि मात्रै नेत्रित्व गरेको, राजनितिक स्वार्थपूर्ण तरिकाले हाँकेको, असन्तुस्टि र असहमतिलाई चिरेर अगाडि बढ्न नसकेको आरोपसमेत लगाउँदै भने “आज संस्थाको मुद्दा अदालतमा पुग्यो, भोली अख्तियारमा पुग्यो भने के हुन्छ ?’

एनआरएनएका सल्लाहकार विश्व आदर्श पण्डितले बिना जग एनआरएनएलाई अगाडि लैजान खोजेको, नारायणीबाट नुहाएर फर्केका ब्यक्तिको चलखेल संस्थामा देखिएको र पार्टीको भात्रि संस्थाको रुपमा अगाडि बढाउन खोजेको आरोप लगाए । उनले आफूहरुलेपनि आफ्नै ढंगले निर्वाचन प्रणाली घोषणा गरेर गए परिणाम के हुने भन्ने प्रश्न गरे । पण्डितले सारा एनसिसीहरु एकातिर रहेको र संस्थापन पक्ष एक्लै रहेको उल्लेख गर्दै भने “यो संस्थापन पक्ष होइन विस्थापन पक्ष हो ।” उनले कठोरभन्दा कठोर निर्णयकालागिपनि तयार रहन सहभागिहरुलाई आग्रह गरे । तर त्यो कठोर निर्णय के हो भन्ने चाहिँ उनले खुलाएनन् ।

सहभागि अमृत सापकोटाले एनआरएनए सबैको घर भएकाले पहिले घर बचाउनुपर्ने र घर बचे झगडा गर्न पाइने उल्लेख गर्दै भने “पहिले घर बचाउँ । जोरी खोज्न हुन्न, सैयम बनौं, नेत्रित्व यो पटक नपाए अर्को पटक पाइन्छ ।”

एनआरएनए महिला संयोजक भोमा लिम्बुले सचिवालयमापनि सिनियर र जुनियर टोली बनाएर भेदभाव गर्ने गरेको र कार्यक्रममा जुनियरहरु भन्दै समाबेश नगराउने गरेको आरोप लगाइन् । नेत्रित्वलाई मन नपरेको विषय उठेका बेला लत्याएर जाने, एनसिसीका समस्या आउँदा बैठक राख्न गरेको आग्रहलाई नमान्ने गरेको र कुनै समस्यामा आफ्नो पक्षधरता देखाउँदा दुरुपयोग गर्ने, हेपेर, अपहेलना गरेर अगाडि बढ्ने गरेको आरोप लगाइन् ।

एनआरएनएका केहि ब्यक्तिहरु ब्यक्तिगत र ब्यापारिक स्वार्थ लिएर संस्थामा आएको, एनआरएनएका ठूला संरचना चार जना ब्यक्तिले लिने गरेको, ४, ५ जनाले मात्रै नेत्रित्व गर्नुपर्छ भन्ने भावना राखेको उल्लेख गरिन् ।

विधानमा उल्लेख नभएपनि एनआरएनए जर्मनीमा दुई जना महिला संयोजक तोकेको तर केन्द्रमा लेखेर पठाउँदापनि बेवास्ता गरेको आरोप लगाउँदै लिम्बुले भनिन् “अध्यक्षको चाहना अनुसार दुई जना संयोजक तोकिएको भनियो । अध्यक्षको चाहना भयो भने के विधानमा हुनुपर्दैन ?”

कतिपयले घरजग्गा बेचेर एनआरएनएको नाममा खोलेको भनिएको हाईड्रो पावरमा लगानी गरेको तर पैसा उठाइसकेपछि एनआरएनएको होइन निजि कम्पनीको नाममा हो भनेपछि आफूले शेयर हाल्नेहरुबाट गाली खाएकोसमेत उल्लेख गरिन् । “हामीले १८ वर्ष एनआरएनएमा लगानी गरेका छौं, त्यसै कहाँ त्याग्छौं ?’ उनको भनाई थियो ।

एनआरएनए हङकङका संस्थापक त्रिलोक गुरुङले कोरोना महामारी, बाढी र पहिरो, भूकम्प जाँदा मात्रै चन्दा र सहयोग माग्ने, संस्थाको पैसा मुद्दा लड्न खर्च गर्ने तर अरुबेला वास्तै नगर्ने गरेर संस्थालाई दुहुनो गाई बनाएको आरोप लगाए । उनले भने “एनसिसीहरुले दान दिने मात्रै होइन भूमिका र अधिकारपनि माग्नुपर्छ” ।

एनआरएनए अफगानिस्तान जस्तो रणभूमी, लडाईको मैदान बनाउन खोजेको आरोप लगाउँदै भने “अफगानिस्तानमा जस्तै फुट, युद्द, तालिवान, अरु अनेक समुह बन्ने स्थिति देखिएको छ, यस्तै हो संस्था बनाउन खोजेको ?”

एनआरएनएका उपाध्यक्ष मन केसीले एनआरएनए केन्द्रमा सयौंको जम्बो कमिटी भएपनि त्यहाँ कुनै सरसल्लाह, छलफल नहुने, अध्यक्षले एक्लै चलाउने, निर्णय गर्ने गरेको आरोप लगाए । “त्यत्रो कमिटीमा कुनै छलफल हुन्न । अध्यक्षको एकल नृत्य चलिरहेको छ । परराष्ट्र, सरकारबाट आएका महत्वपूर्ण चिठी, परिपत्रपनि साझेदारी गरिन्न ” उनले भने “संस्था यो भन्दा न्युनस्तरमा खस्ने अब त ठाउँपनि बाँकि छैन ।”

राष्ट्रिय समन्वय परिषदहरुले सदस्यता तिरे, चन्दा दिए, कार्यक्रम गरेमा यो यो कार्यक्रम गर्‍यौं भनेर देखाउने र संस्था चल्ने बताउँदै केसीले एनसिसीहरुले त्यो सहयोग नगरे, कार्यक्रमनै नगरे केन्द्रले केहिपनि देखाउन नसक्ने, केन्द्र चल्नै नसक्ने उल्लेख गरे ।

उनले भने “केन्द्रलाई एनसिसीहरुले सहयोग गर्ने तर एनसिसीहरुलाईनै केन्द्रले हेप्ने हो भने तपाईहरुले केन्द्रका कुरा मान्नुपर्छ भन्ने मलाई लाग्दैन ।”

गैर आवाशीय नेपालीहरुले दोहोरो नागरिकताकोलागि माग गरिरहेका बेला सरकारसित लडाई गरेर फेरि ति समस्या समाधानकालागि आग्रह गर्ने नैतिकतासमेत नहुने केसीले उल्लेख गरे “उनीहरुसितै घम्साघम्सी गरेपछि उनीहरुलाईनै दोहोरो नागरिकताको काम गर्देउ भन्न कुन मुख लिएर जाने ? बिदेशमा दुख पाएका नेपालीहरुलाई उद्दार गर्देउ भनेर कुन मुखले भन्न सकिन्छ ?”

अर्का वक्ता एसी शेर्पाले सामुहिक लगानी गर्नकालागि मात्रै एनआरएनएको नाम बेच्ने गरिएको आरोप लगाए । उनले सिधा सिधा संस्थागत काम गर्न, सामाजिक काम गर्ने मन भए संस्था राख र ब्यक्तिगत काम, लगानी गर्नकै लागि संस्थामा निर्वाचन र पद खोजेको भए संस्था खारेज गर्नुपर्ने बताउँदै भने “पैसा त आफू बसेकै देशमापनि लगानी गर्न सकिन्छ । सिधा काम गर्ने भए गरौं नत्र संस्था खारेज गर्दिउँ । तपाईहरुपनि चुनावकै लागि समुह समुह नबाउनुहोला ।”

एनआरएनए अंमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक सुनील शाहले वक्ताहरुले अध्यक्ष कुमार पन्तलाई मात्रै दोष लगाएको र उनको मात्रै दोष नभएको उल्लेख गर्दै भने “उहाँ एक्लै केहि होइन । अरुपनि छन् । मिलेर एकै ठाउँमा बसौं र छलफल गरौं ।”

विधान संशोधन गर्ने बेला आफूले तत्काल विधान संशोधन नगर्न अडान राख्दापनि आफूले साथ नपाएको गुनासो उनको थियो “मैले त्यतिबेलै विधान यस्तो हतारमा संशोधन गर्ने कुरा होइन भनेको थिएँ । मलाई साथ दिईेएन । अबपनि मिलेर जान सकिन्छ ।”

कार्यक्रमका प्रमुख बक्ता एनआरएनएका सल्लाहकार कुल आचार्यले हरेक वर्ष एनसिसीहरुको भेला गरेर आएका सुझावहरु केन्द्रमार्फत् कार्यान्वन गर्नुपर्नेमा जोड दिए । “संस्थालाई नियन्त्रणमा लिएर आफ्नो स्वार्थ अनुसार चलाउनुपर्छ भन्ने रोगले ग्रसित पारेको छ । सबैको भावनामा ठेस पुर्‍याउने काम भएको छ ।”

नेपाल सरकारबिरुद्द मुद्दा हालेको प्रसंग निकाल्दै कुल आचार्यले भने ‘नेपाल सरकार भनेको हाम्रो अभिभावक हो । सरकारलाईनै गाली गरेपछि गैर आवाशीय नेपालीका भावना कहाँ गएर राख्ने ? जो बाउ छ उसैलाई प्रहार गर्‍यौं भने हामी सुपुत्र कि कुपुत्र ?’

आचार्यले एनसिसीहरु आफ्नै देशको कानुन अनुसार दर्ता भएकाले चाहेमा केन्द्रसित आवद्द हुने, नचाहेमा स्वायत्तरुपमा चल्ने बताउँदै भने ‘आवद्दता रद्द गरिदिन्छौं भनेर धम्कि नदिईयोस ।”

उनले एनआरएनए केन्द्रले पाटन उच्च अदालतमा हालेको मुद्दालाईपनि साँठगाँठ मिलाएको, भित्रि राजनिति उचालेर पाटन उच्च अदालत गएको आरोप लगाउँदै भने “कसरि कारण देखाउ आदेश ल्याउन सकिन्छ भनेर योजना बनाईयो । योपनि बहुत रहस्यपूर्ण र योजनाअनुसार बनेको हो ।”

एनआरएनएको ईतिहासमा अदालत जाँदा संस्थाको पैसा दुरुपयोग पहिलो पटक भएको र उच्च अदालत मात्रै नभएर आफूहरुकालागि सर्बोच्च दालतपनि रहेको समेत आचार्यले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक