मंगलबार, वैशाख १८, २०८१

श्रीलंकाका प्रधानमन्त्रीले लिए कार्यवाहक राष्ट्रपतिको शपथ

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार ३१ गते २०:०२

Image Credit-edules.com

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भागेपछि पूर्वप्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा शुक्रबार सपथ ग्रहण गरेका छन् ।

श्रीलंकाको संसदले बुधबार, जुलाई २० मा नयाँ राष्ट्रपतिको लागि मतदान गर्ने सभामुखको कार्यालयले बताएको छ ।

श्रीलंकाका राष्ट्रपतिको राजीनामा स्वीकृत भएको संसदीय सभामुखले शुक्रबार घोषणा गरेका छन् । राष्ट्रपती यस हप्ताको सुरुमा देशबाट भागेर सिंगापुर पुगेपछि त्यहिंबाट आफूले राजीनामा गरेको सूचना पठाएका थिए ।

गोटाबाया राजापाक्षेलाई कुनै समय तमिल विद्रोहीहरूलाई निर्मम रूपमा दमन गरेकोमा ‘द टर्मिनेटर’ भनेर चिनिन्थ्यो । सन् १९७८ मा कार्यकारी राष्ट्रपति पद ग्रहण गरेपछि राजीनामा दिने पहिलो श्रीलंकाका राज्य प्रमुख हुन् उनी ।

प्रदर्शनकारीहरूले सप्ताहन्तमा उनको दरबार ओगटेपछि उनी सुरुमा भागेर माल्दिभ्स पुगेका थिए । त्यहाँबाट उडेर सिंगापुर पुगेपछि आफ्नो राजीनामामा इमेल गरेका थिए ।

“गोटाबायाले कानुनी रूपमा राजीनामा दिएका छन् । त्यो बिहीबारदेखि लागू हुने छ” सभामुख महिन्दा यापा अबेवर्द्धनाले पत्रकारहरूलाई भनेका छन् “मैले राजीनामा स्वीकृत गरेको छु।”

श्रीलंकाको संविधान अन्तर्गत पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई संसदले आफ्नो बाँकी कार्यकालको लागि राजापाक्षेको उत्तराधिकारी बनाउन सासदलेनै चयन नगरेसम्म स्वतः कार्यवाहक राष्ट्रपति बनाएको हो । उनलेपनि राजिनामा गर्नुपर्ने माग प्रदर्शनकारीहरूले गरिरहेका छन् ।

श्रीलंकाको संसदले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने घोषणा गरेसँगै ७३ वर्षीय विक्रमासिङ्घेले शुक्रबार बिहान कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

आलोचकहरूले राष्ट्रको अर्थतन्त्रमा उनको कुप्रबन्धन भएको भन्दै आलोचना गरेका थिए । जनताद्वारा महिनौंको विरोधपछि राजापाक्षेको बिदाइ भएको थियो जसका कारण यसका २ करोड २० लाख जनताले गम्भीर कठिनाइ भोग्नुपरेको थियो ।

सिंगापुरको निजी भ्रमण

राजापाक्षे, उनकी पत्नी इओमा र उनका दुई अंगरक्षकहरू माल्दिभ्सबाट साउदी एयरलाइन्सको विमानमा सिङ्गापुर पुगेका थिए ।

त्यसरि भागेपछि राष्ट्रपतिको रूपमा राजापाक्षेले गिरफ्तारीबाट उन्मुक्ति पाएका थिए । र उनी हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद त्याग्नु अघि विदेश भाग्न चाहन्थे ।

माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदले उनलाई देशबाट बाहिर निकाल्नको लागि पर्दा पछाडिको भूमिका खेलेको विश्वास गरिन्छ । राजापाक्षेले आफू यदि श्रीलंकामै रहेको भए आफ्नो हत्या हुने डर रहेको बताएका छन् ।

“मलाई विश्वास छ, यदि राष्ट्रपति श्रीलंकामा नै भएको भए आफ्नो ज्यान गुमाउने डरले राजिनामा दिने थिएनन्” नसिदले ट्वीट गरेका छन् ।

सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई निजी भ्रमणको लागि राज्यमा प्रवेश गर्न अनुमति दिएको पुष्टि गर्दै भनेको छ “उनले शरण मागेका छैनन् त्यसैले उनलाई कुनै शरण दिइएको छैन ।”

श्रीलंकाका सुरक्षा स्रोतहरूका अनुसार सम्भावित रूपमा संयुक्त अरब इमिरेट्स जानुअघि उनी केही समय सिंगापुरमा बस्ने अनुमान गरिएको छ ।

बढ्दो आर्थिक संकटले श्रीलंकालाई अप्रिलमा आफ्नो ५१ अर्व डलर विदेशी ऋणमा डुबायो । अहिले संभावित ऋण लिएर आर्थिक संकट टार्नकालागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलंकाले वार्ता गरिरहेको छ ।

तर राजनीतिक उथलपुथलले वार्तालाई हाल रोकेको छ । आईएमएफका प्रवक्ताले बिहीबार श्रीलंकमा अशान्ति छिट्टै समाधान हुनसक्ने र त्यसपछि वार्ता फेरि सुरु हुन सक्ने बताएका छन् ।

सरकारले मानिसहरुको आवतजावत कम गर्न र इन्धन बचत गर्न गैर-आवश्यक कार्यालयहरू र विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । यस टापु देशले पेट्रोलको आपूर्ति लगभग समाप्त गरिसकेको छ ।

आन्दोलनकारीहरु बाहिरिए

विक्रमासिङ्घेले सुरक्षा बलहरूलाई व्यवस्था पुनर्स्थापित गर्न र आपतकालिन अवस्था घोषणा गरेपछि उनीहरूले हालैका दिनहरूमा कब्जा गरेका धेरै प्रतीकात्मक राज्य भवनहरू प्रदर्शनकारीहरुले ओगटेका थिए । कोलम्बोमा प्रदर्शनकारीहरूले ति भवनहरु बिहीबार छोडेका छन् ।

सशस्त्र प्रहरी र सुरक्षा बल भित्र पसेपछि दर्जनौं कार्यकर्ता विक्रमासिंघेको कार्यालयबाट निस्किएको प्रत्यक्षदर्शीहरूले देखेका थिए ।

राजधानीमा कर्फ्यू लगाइएको थियो र सशस्त्र कर्मचारीहरूले केही क्षेत्रमा गस्ती गरेका थिए ।
उनी भागेपछि र उनका सुरक्षा गार्डहरूसमेत पछि हटेपछि प्रधानमन्त्रीको परिसरलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । त्यसपछि लाखौं मानिसहरूले उनको भवन भ्रमण गरेका थिए।

बिहीबार दिउँसो गेटहरू बन्द गरिएको थियो । सशस्त्र गार्डहरू भित्र र बाहिर दुवैतर्फ तैनाथ गरिएको थियो ।

राष्ट्रिय संसद बाहिर प्रदर्शनकारीहरुसँग झडपमा एक सिपाही र एक हवल्दार घाइते भएको प्रहरीले बताएको छ । व्यवस्थापिकामा आक्रमण गर्ने प्रयासलाई सुरक्षा बलले जवाफ दिंदा उक्त घटना भएको दाबी गरिएको छ ।

प्रदर्शनकारीहरूले बुधबार मुख्य सरकारी टेलिभिजन स्टेशनको स्टुडियोहरू पनि तोडफोड गरेर छोडेका थिए ।

कोलम्बोको मुख्य अस्पतालले बुधवार लगभग ८५ जना घाइतेहरूलाई भर्ना गरिएको बताएको छ जसमा एक व्यक्तिको प्रधानमन्त्री कार्यालयमा अश्रुग्यास प्रहार गर्दा निसास्सिएर मृत्यु भएको छ ।

सेना र प्रहरीलाई कुनै पनि हिंसात्मक क्रियाकलापलाई दृढताका साथ रोक्न बिहीबार नयाँ आदेशहरू जारी गरिएको छ । समस्या सिर्जना गर्नेहरूलाई वैधानिक रूपमा आफ्नो बल प्रयोग गर्न अधिकार दिइएको चेतावनी दिईएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक