प्रचण्ड ठेकेदारका घरमा कि ठेकेदारहरु प्रचण्डका घरमा ?
महाअधिवेशनका समयमा प्रश्न उठाउने माओवादी नेताहरु ठीक भन्थे ‘प्रचण्डले काठमाडौंमा अर्को डेरा सर्ने छैनन किन भने प्रचण्ड ठेकेदारका घरमा बस्छन अथवा ठेकेदारहरु प्रचन्डका घरमा बस्छन कसैले पत्तै पाएको छैन ।’
तीन दिन अघि काठमाडौंका मेयर वालेन शाहले सामाजिक संजालमा एउटा भिडियो पोस्ट गर्दै लेखे- ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ वर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
शाहले पोस्ट गरेको उक्त भिडियोमा देखिने सडकको ठेक्का शारदा प्रसाद अधिकारीले ५ वर्ष अघि नै पाएका हुन । तर काम भने शुन्य छ । अधिकारी तिनै ब्यक्ति हुन जसले प्रचण्डलाई घर भाडामा लगाएका छन । यो सडक एउटा उदाहरण मात्र हो । देशभर यस्ता दर्जनौं अरु सडक छन जसको ठेक्का शारदा प्रसाद अधिकारी संचालक रहेको शैलुङ कस्ट्रक्सन कम्पनीले पाएको छ । तर कतै पनि मापदण्ड पुरा नगरिएको मात्र हैन कती योजनाहरु ठेक्का लिएको वर्षौंसम्म पनि ककनी सडक जस्तै अलपत्र छन ।
शैलुङले समयमै काम नसक्ने प्रवृत्तिका कारण सबैजसो ठेक्का योजनाहरुमा शुन्य प्रगती छ । अधिकारीको शैलुङ कन्स्ट्रक्सनको यो प्रवृत्ति ठूला सडक र राजमार्गमा मात्र सीमित छैन । कम्पनीले साना सडक निर्माणमा पनि यस्तै प्रवृत्ति अपनाएको छ । यस्तो लाहपरवाहिमा ठेकेदार कम्पनी वा ठेकेदारलाई कारवाही हुनुपर्ने हो । योजनाहरु समयमा सम्पन्न हुन नसक्दा देशले बेहोर्नु परेको नोक्सानीको भर्पाइ हुनुपर्ने हो । क्षतिसमेत तिराउनुपर्ने हो । तर हुँदैन । किनभने शारदा प्रसाद अधिकारी प्रचण्डका घरबेटी हुन ।
हुन त शारदा प्रसादको शैलुङ कन्ट्रक्सनलाई सरकारले कालो सुचिमा राखेको छ तर यो कालो सुचिमा राख्नुले मात्र १० वर्ष देखि देशका हरेक सडकमा परेका खाडलहरुको क्षतिपुर्ती हुन सक्दैन । सामान्यतया कानुनले देशलाई ठगी गर्ने यस्ता ब्यक्तिहरुलाई हँदैसम्मको कारवाही, जेल सजायँ र विगो सहितको दण्ड जरिवानाको ब्यवस्था गरेका छन । तथापी यस्तो हुँदैन किनभने प्रचण्डको अगाध निगाहमा विन्दास जिन्दगी बाँचिरहेका छन अधिकारी ।
देशलाई ठेकेदारको नियन्त्रणबाट मुक्त गराउनु नै पहिलो उपाए हो । ठेकेदारहरु राजनीतिज्ञ र राजनीतिज्ञहरु ठेकेदार बन्ने प्रकृया सधैंका लागि सकिनुपर्छ । नत्र अझै दशकौं सम्म देश चलाऊने नेता घरबेटी हो वा ठेकेदार घरबेटी हो पत्तो पाइने छैन ।
को हुन शारदा प्रसाद अधिकारी ?
उनको अलिकती विगत हेरौं- २०५४ सलमा अधिकारी नयाँँ सडकको एउटा कम्प्युटर पसलमा काम गर्ने गर्दथे । उनको काम स्टोरबाट कम्प्युटरहरु पसलसम्म ल्याउने र पसलबाट ग्राहकको गाडीसम्म पुर्याइदिने मात्र थियो । उनी माओवादी समर्थक भए पनि प्रत्यक्ष रुपमा जनयुद्दमा कुनै भूमिका थिएन । न त यिनलाई प्रहरी प्रशासनले माओवादीको सुचिमा राखेको थियो । त्यसैले २०५८ सालमा सरकार माओवादी वार्ताका बेला माओवादीले काठमाडौंको अनामनगरमा खोलेको संपर्क कार्यालयमा अधिकारीलाई कार्यालय सहयोगी बनाएको थियो र कार्यालय सचिव नुवाकोटका भरत ढुङ्गाना थिए ।
वार्ता भंग भए पछी संपर्क कार्यालय पनि बन्द भयो । ढुङ्गाना पुन: भूमिगत भए र धादिङ भिडन्तका क्रममा उनी सुरक्षाकर्मीद्वारा मारिए । तर अधिकारी भने भूमिगत भएनन बरु उनले माओवादिका नाममा चन्दा संकलन गर्न थाले । चन्दा रकम हिनामिना गरेको अभियोगमा उनलाई सफाया गर्ने निर्णय भएको एक जना माओवादी नेता बताउँछन । तर माओबादीको जनवर्गिाय सङ्गठन र जनपरिचालनको उपत्यका संयोजक रहेका मोहन कार्कीको विशेष अग्रसरतामा शारदाले ज्यान माफी पाएका थिए । त्यसबेला माओवादीबाट जोगिन यिनले आफूलाई भुमिगत बनाएका थिए । भुमिगत बस्दाबस्दै यिनले एउटा च्यानल मार्फत जापान जाने व्यवस्था मिलाएर केही वर्ष उतै बसे ।
२०६२-२०६३ को परिवर्तन पछी जापानबाट नेपाल फर्किएका शारदा प्रसाद अधिकारी छोटो समयमै माओवादी नेता प्रचण्ड र जनार्दन शर्माका प्रिय पात्र बन्न सफल भएका थिए । त्यसदेखि अहिलेसम्म उनका आधा दर्जन कम्पनीहरु संचालनमा छन भने काठमाडौंंमा आधा दर्जन बढी अलिशान महलहरु छन । ति मध्ये एउटामा प्रचण्डले आफ्नो डेरा बनाएका छन । गत पुसमा भएको माओवादिको महाधिवेशनमा कालो सुचिमा परेको ठेकेदारको घरमा बसेको भनेर प्रचण्डको ब्यापक आलोचना भएको थियो । लेखनाथ न्यौपाने लगायतका नेताहरुले यस विषयमा सार्वजनिक रुपमै वहस चलाएका थिए । निकै आलोचना भए पछी प्रचण्डले आफूले अर्को डेरा खोजिरहेको र डेरा पाउने बित्तिकै सर्ने जनाएका थिए ।
प्रचण्डकै भनाइ अनुसार पनि उनले काठमाडौंमा डेरा खोज्न लागेको लगभग एक वर्ष पुग्न लागेको छ । तर उनी डेरा सरेका छैनन । उतिबेलै एक जना माओवादी नेताले नेपालप्लससँग भनेका थिए- खासमा प्रचन्ड ठेकेदारका घरमा बस्छन अथवा ठेकेदारहरु प्रचन्डका घरमा बस्छन भन्ने कुरा निकै अन्योल छ ।
अहिले पनि धेरैलाई लाग्छ, खासमा मुख्य घरबेटी प्रचण्ड नै हुन । नत्र १५ वर्षको छोटो अवधिमा सामान्य हैसियतमा रहेका शारदा प्रसाद अधिकारी कसरी त्यत्रो सम्पत्तिका मालिक बन्न सक्दछन ? यो जनयुद्दको अर्को पाटो हो जहाँँ शंकास्पद सम्पत्तिमा छरिएको छ र त्यसका नाइकेहरुले अहिले पनि त्यो सम्पत्तिलाई आफ्नो अनुकुल प्रयोग गरिरहेका छन । अनी बाटाहरु कसरी बन्छन, गाउँ समाज कसरी बन्छ, देश कसरी बन्छ ? यो प्रचण्डको मात्र कुरा होइन देशको अर्थतन्त्र आफ्नो खल्तिमा राखेर हिंड्ने हरेक नेताहरु कारवाहिको दायरा नआएसम्म न बाटाहरु बन्छन, न राजधानीको फोहर ब्यवस्थापन हुन्छ, न देश बन्छ ।
२०६२-२०६३ को परिवर्तन पछी जापानबाट नेपाल फर्किएका शारदा प्रसाद अधिकारी छोटो समयमै माओवादी नेता प्रचण्ड र जनार्दन शर्माका प्रिय पात्र बन्न सफल भएका थिए । त्यसदेखि अहिलेसम्म उनका आधा दर्जन कम्पनी संचालनमा छन भने काठमाडौंंमा आधा दर्जन बढी अलिशान महलहरु छन ।
मेयर वालेन शाहले यथार्थ भनेका छन ‘देशलाई कंगाल बनाउने ठेकेदारको सुरक्षामा खटिएको ब्यक्तिले कसरी भन्नु देश बनाउँछु’ भनेर ? काठमाडौंका मेयरले त्यहाँको समस्यालाई अल्झाउने धेरै कुराहरु सतहमा ल्याएका छन ।
हुन त लामो समय देखि यि कुराहरु सर्वसाधारणले नउठाएका होइनन । तर जनताको कुरा कसले सुन्छ ? किन त्यो प्रभावकारी हुन सक्दैन ? सबैलाई थाहा छ । हामी सबैले गर्ने त्यही हो । हामी आलोचना गर्छौं र भोट पनि तिनैलाई हाल्छौं । यो बाह्र वर्ष रामायण पढायो सिता को ? भने जस्तै प्रश्न हो । जहिलेसम्म कांग्रेस र कम्युनिष्टका कार्यकर्ताहरुले बाटो खन्ने ठेक्का पाउन छोड्दैनन तबसम्म देश बन्दैन । कुनै हालतमा पनि बन्दैन ।
काठमाडौंका मेयरसँग खासमा राजनीतिक विगत छैन । उनले राजनीतिमा लागेर गुमाउने त्यस्तो कुरा पनि छैन । उनी प्रचण्ड लगायत अन्य दलका डनसँग लड्न सके भने काठमाडौं सुधारिन्छ । राजधानीका जनताले सास फेर्न पाउँछन र देशभरि यसको सकारात्मक संचार प्रवाह हुने छ । अब देशलाई ठेकेदारको नियन्त्रणबाट मुक्त गराउनु नै पहिलो उपाय हो । ठेकेदारहरु राजनीतिज्ञ र राजनीतिज्ञहरु ठेकेदार बन्ने प्रकृया सधैंका लागि सकिनुपर्छ । नत्र अझै दशकौंसम्म देश चलाऊने नेता घरबेटी हो वा ठेकेदार घरबेटी हो पत्तो पाइने छैन ।
महाअधिवेशनका समयमा प्रश्न उठाउने माओवादी नेताहरु ठीक भन्थे ‘प्रचण्डले काठमाडौंमा अर्को डेरा सर्ने छैनन किन भने प्रचण्ड ठेकेदारका घरमा बस्छन अथवा ठेकेदारहरु प्रचण्डका घरमा बस्छन कसैले पत्तै पाएको छैन ।’