शुक्रबार, असार १, २०८१

‘सेक्स अन द विच : अ ककटेल-४’

निल थापा / कोपेनहेगन, डेनमार्क२०७९ फागुन २८ गते १८:४०

(‘सेक्स अन द विच : अ ककटेल !’ पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस र दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, तेसो भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

लेखक नील थापा

‘के खालको वाईन हो यस्तो ? छ्या । नाम सुन्दै सिरिङ्ग हुने । तपाईंलाई त ड्रिङ्सको नाम नि के के आउने । के के ?’

‘खानु कि नखानु भयो हो ? वाईनको बोत्तल देखेर ।’ बोत्तल नखोली प्रश्न गरि रुषाले ।

म हाँसें।

“वाईन राख्या ठाउमा यहि देखें। यही किनें।”

‘फेरि नाममा के छ र ? खाने त भित्रको होलानी। हाल गिलासमा र खाऊ ।’ मैले वाईन गिलासमा हाल्न अनुरोध गरें।

रुषा र रुबिना फेरि मुखामुख गरेर हाँसे।

‘अफ्रिकन रेड वाईन हो। राम्रो छ होला । हाल गिलासमा खाऊ। के मुखामुख गरि राख्या ?’ फेरि अनुरोध गरे रुषालाई ।

‘कडा छ ?’ रुबिनाले सोधी?

“कडा छ कि नरम। खाई सकेपछि थाहा हुन्छ। खान नपाई नै कडा चाहियो तिमिलाई चैं? आज नि मात्तिन मन छ कि के हो फेरि ?”

‘मैले नि पहिलो चोटि खान लागेको।’ अलि रुखो जवाफ दिएँ ।
डराई डराई रुषाले तीनवटा गिलासमा वाईन हाली ।

हामी तीनै जनाले गिलास उठाउँदै एकै स्वरमा भन्यौं – चियर्स।
वाईन पिएर गिलास तल राख्न नपाउँदै रुषाले भनिहाली ‘वाईन त मीठो रहेछ।’
रुबिनाले प्रतिकृया जनाईन। मैले रुषाको कुरामा सहमती जनाएँ।
जवाफ दिएँ “ठिकै लाग्यो मलाई पनि।”

रुषाले सोधिहाली – ‘तपाईंको भेटघाट कस्तो भयो त ओश्लोको ?
‘ठिकै। दाईसँग भेटे। कामका कुरा गरेर फर्कें’ छोटो जवाफ दिए।

फेरी प्रश्न सोधी ऊसले – साँच्चै फिल्म बनाउने होर तपाईंले? फिल्म खेल्नु भा छ र पहिले ?

उत्तर दिएँ- बनाउने प्लानमा छौं। खेलेको छैन। खेल्ने शोख चैं छ।
रुषाले तारिफ गरि मेरो-‘हिरो देखिनुहुन्छ ।’

म हाँसें ।

‘कस्तो थ्याँक यु नि नभनेको तारिफ गर्दा नि’। रुषाले जवाफ लाईहाली।
मैले भनें ‘धन्यवाद ।’

रुबिनाले प्रश्न गरि -लेखक नी ? हिजो म लेखक हो ।भन्नुहुन्थ्यो त?

‘कहिलेकाहीँ लेख्छु। मनका कुरा ।अनि आफ्ना कुरा।’
हाम्रो यो यात्राका कुरा कुनै दिन लेखें भने सम्झनु, म लेखक रहेछु ।

‘आबुई! डर नै लाग्यो तपाईंसँग त। सबैकुरा लेख्नु भयो भने हिजो देखिको’ रुबिना त्रसित भई मसँग।

‘अनि तपाईंको लेख तपाईंको श्रीमतीले पढ्नुहुन्छ त ?’ प्रश्न सोधीहाली।

‘अहिलेसम्म छापिया छैन । छापिए पछि मेरो मात्र हैन धेरैका श्रीमतीहरुले पढ्ने छन्’ मैले उत्तर दिए।

ऊसले फेरी सोधीहाली ‘लभ म्यारिज हो तपाईंको?’

‘मागेर जन्ती सहित पंचे बाजा बजाएर बिहे गरेको।’

मेरो उत्तर सुनेर उसले भनि ‘ए हिजो भन्नू भाको थियो। बिर्सेछु।’

‘मेरो वाईनको गिलास रित्तियो।’ रुषालाई वाईन थप्न अनुरोध गरें।
रुषाले भनिहाली- आबुई !कति चाँडो खानुभयो तपाईंले त ?

‘चाँडो सकियो भने चाँडो छुट्न पाईन्छ नी’ मैले कुरा थपें।

बोत्तलबाट वाईन थप्दै गर्दा रुषाले सोधिहाली ‘हामीसँग बस्न मन छैन र? किन हतार नी।’

‘मन नभए हिजो अनि आज आउँथें र ?’ मैले उल्टै प्रश्न गरेझैं गरें।
रुषाले बिच्चमा सोधीहाली ‘चटपटे खाने ? स्नाक्स केही भएन ड्रिङ्स लाइ।’हामीले सबै सामान लिएर आएको छ डेनमार्क बाटै।

मैले ‘हुन्छ’ भन्ने सहमती जनाउँदै मुन्टो हल्लाएँ।

रुबिनाले सोधीहाली – ‘पिरो कतिको खानु हुन्छ ?’
मैले उत्तर दिएँ – ठिकै।
उनिहरु चटपटे बनाउने तयारी गर्दै थिए।

रुषालाई सोधें ‘तिम्रो बिहे चैं कसरी भयो नि ? लभ, एरेन्ज ?’
रुषाले जवाफ दिई -लामो कहानी छ। रुबिना भने हाँसी मात्र।

‘के हो र त्यस्तो लामो कहानी ? भन्न मिल्दैन र ? नमिल्ने भए ठिकै छ।’
रुषाले भनी- ‘सुनाउन नी अलि राम्रो कहानी भए पो।’

रुबिनाले बिच्चमा बोलीहाली -‘पहिले तपाईंको भन्नू न।’
मनमनै प्रश्न गरें ‘यो रुबिना जे कुरामा नि मेरो पछि पर्या छे। किन होला ?’

सामान्य जवाफ दिएँ ‘हामी साथी थियौं। स्नातकोत्तर (मास्टर्स) पढाइ पछि हामी दुबैको सल्लाहमा घरपरिवार बिच कुरा भएर मागेर बिहे गरेको ।

ऊसले फेरि सोधी – कसले मन पराएको नि ? छोटो उत्तर दिएँ ‘हामी दुबैले ।’
रुषाको कुरा सुनौं न तिमी किन बोलेको? बिच्चमा मैले रुबिनालाई रोकें।
‘के भन्नू र। राम्रो भए पो!’ रुषा बोली।

‘म बिबिएस प्रथम बर्ष पढ्दा पढ्दै घरबाट बिहे गरिदिए’ रुषाले आफ्ना कुरा अगाडि बढाई ‘म २१ बर्षकि थिएँ। एकदमै चनचले स्वभावकी। बाटोमा आउँदा जाँदा घर छेऊका छिमेकीले याद गरेछन् । उनिहरुको आफन्तका छोराको लागि घरमा कुरा गर्न पठाएछन्।
हामी एउटै गाउँका तर फरक फरक टोलका थियौं।’

भन्दै ग ई- ‘मेरो बुढाको परिवार एकदमै धनी। उसको दाइ अष्ट्रेलिया बस्ने। ससुरा बुवा भन्सारको जागिरबाट रिटायर्ड थिए। मेरो परिवारले धन सम्पति हेरेर दिए । केटा हेर्दामा (मेरो बुढा) ठिकै थियो। ऊ म भन्दा २, ३ वर्ष जेठो छ। उसले पनि बिबिएस पढदै थियो। ब्याक पेपर थियो फस्ट र सेकेन्ड ईयरको ।’

‘आमाले बिबाहको लागि कर गर्नु भयो । बिवाह बारे मैले सहि गलत छुट्याउन सकिन। थाहा पनि थिएन। त्यतिखेर घरपिरवारको कुरा काट्न पनि सकिन मैले । आमाले धेरै सम्झाउनु भयो मलाई । चिनेजानेकाले पनि बिहे गरेर अष्ट्रेलिया जान्छन् दुबै जना भन्दै घरमा कुरा लिएर आए। बुवा आमाले धन सम्पति देखेर नाई नासती गर्नु भएन।
हाम्रो बिबाह भयो। बुढाको आमाबाबु असाध्यै असल थिए। दाईले नि भाईलाई भनेर। भनेजति पैसा दिने अष्ट्रेलियाबाट।

‘बिवाह भएको दुईचार महिना सम्बन्ध ठिकै थियो हाम्रो । कहिलेकाही घर ढिला आउँथ्यो ऊ । ढिला आएको बेला बियर खाएर आको छु भन्थ्यो। बियर खाएर आको दिन धेरै माया गर्या जस्तो गर्थ्यो। पछि बुढा चेन्ज हुँदै गयो। घरमा बस्न नखोज्ने। आमाबाबुसँग रिसाउने। पढ्न नखोज्ने। दिउँसो भरि सुत्ने। साँझमा घरबाट निस्कने। राती अबेला घर आउने।
मोटर साईकल लिएर हिंडेपछि आउने जाने टुङ्गो नहुने।’

‘सासू आमाले बेलाबेला छोराको आनीबानी सोध्न थालिन्। मैले केही नि याद गर्दिन थिएँ। सुरु सुरुमा म नयाँ घरकि सदस्य थिएँ। व्यवहार थाहा थिएन। मैले आफ्नोे माईत तिर पनि केही भनिन। पहिले पहिले माया गर्या जस्तो गर्ने । पछि पछि त्यो मायानि देखाउन छाड्यो उसले । मलाई बिस्तारै डर महसुस हुन थाल्यो। म पनि आफू विधार्थी भएकोले पढ्न जान आउन मात्र ध्यान हुने। दिउँसो घर छाडेर हिंडेपछि बुढा सधैं हराउने हुने भयो। मेरो बिबिएस परीक्षा नजिकै भएकोले म परीक्षाको तयारीको लागि अलि पढ्न ब्यस्त हुन थाले। ऊसले भने पढाईमा फिटिक्क ध्यान दिएन। मेरो बिबिएस परिक्षा सकिएपछि केही दिनको लागि माईत गएँ । एक हप्ता जति माईतीघर बसेर घर फर्किएँ ।’

माईतीतिर सोध्थे ‘कस्तो छ तेरो घर ? बुढाको आनीबानी कस्तो छ ? सासुससुरा कस्ता छन् ?’

मैले सामाज्य जवाफ दिन्थें ‘राम्रै छ। घरिपरिवार सबै ठिक छ। सबै मनको कुरा गर्न सक्दिन थिएँ। यसरी बिहे गरेको छ महिना कट्यो ।

एक दिन बुढा राती ढिला आयो घरमा। खाना खाने भनेर सोधेको। एकदम झर्कियो। खान्न भन्यो। त्यही नि बुढाको माया लाग्यो। म महिनाबारी भएको समय थियो। भान्सामा जान नमिल्ने। त्यस्तोबेला सासू आमाले नै भान्साको काम गर्नु हुन्थ्यो । सासू आमालाई उठाएँ ।
सासू आमाले छोरालाई गाली गर्दै खाना खुवाउनु भयो। ऊसले बोल्दै नबोली खाना खायो। ससुराबाले पनि आएर गाली गर्नु भयो। ऊ बोल्दै बोलेन। जुरुक्क उठयो। हात धोएर हिंड्यो। सासू ससुरा आफ्नो कोठामा गए।

हाम्रो कोठा घरको माथिल्लो तलामा थियो। म कोठमा आउँदा ऊ छतमा गएर चुरोट तानेर बसेको देखें। यो दिन बाहेक मैले उसलाई घरमा चुरोट तानेको देख्या थिएन । के भन्ने नभन्ने भएँ । कोठामा बसिरहें ।

एकछिन पछि ऊ कोठामा आयो। सुत्ने तयारी गर्दा उसले मलाई तान्यो। मैले आफू महिनाबारी भएको कुरा सुनाएँ। ऊसले नबुझे झैं मलाई तान्यो। मैले ईन्कार गरें।
ऊसले मेरो छातीमा बेस्सरी टोक्यो। म पुरै कराएँ। हत्तपत्त उसले मेरो मुख छोप्यो। म रुन थाले। ऊसले पछाडिबाट लात्तले हान्दै भन्यो जा मु।।।।

मलाई के गर्ने नगर्ने भयो। सासुलाई बोलाऊँ कि जस्तो भयो । फेरि डर पनि लाग्यो। म कुनामा बसेर रुन थालें । ऊ बेडमा पल्टिएको थियो। त्यहिँ निदायो। म रातभरी निदाउन सकिन।

भोलिपल्ट ऊ बिहानै हिंड्यो। म कोठाभित्र थिएँ । सासू आएर बोलाउनु भयो। मैले सन्चो छैन भन्ने जवाफ दिएँ । सासू आमाले तातोपानी ल्याएर दिनु भयो।
सासू बोलिन् ‘यो यस्तो थिएन। अहिले किन बिग्रन थाल्यो किन? हामी सम्झाउँछौं बुहारी त्यसलाई। दाईले अष्ट्रेलिया आईज भनेको भन्यै छ। यसले पढ्नै छाड्यो। बरु तिमी राम्रो सँग पढ। तिमी जाऊ अनि यसलाई नि उतै लैजाऊ। यसले दुख दियो भनेर चिन्ता नगर । हामी छौं तिम्रो लागि।

‘माईततिर घरको कुरा नगर्नु । चिन्ता हुन्छ छोरीको आमालाई । सासू मलाई फकाउन थालिन्।’ म सासुको कुरा सुनेर मात्र बसें। सासुआमाले म खाना बनाउँछु । तिमी तातोपानी खाएर आराम गर भन्नू भयो। मैले ‘हस् आमा’ मात्र भनें ।

दिउँसो खाना खाएर सुतिरहेको थिएँ। सासु बोलाउन आउनु भयो। ‘तिमीलाई माईती याद नि आयो होला। यहाँ घरमा नि काम गर्नु हुँदैन। बरु दुईचार दिन माईत बसेर आऊ । जाऊ बरु उतै। मन अलि रमाईलो हुन्छ। आमालाई नि न्यास्रो लाग्या होला।’

मैले ‘सन्चो छैन होस् जाँदिन’ भन्ने जवाफ दिएँ । सासुले फेरी भन्नू भयो ‘महिनाबारीको बेला सबैलाई अलि -अलि गार्हो हुन्छ। केही हुदैन जाऊ। उता भए तिमिलाई आराम पनि हुन्छ। त्यो गोरुको बारेमा नसोच। संगत गलत साथीको होला। बुवा र म भएर सम्झाउँछौं त्यसलाई। अष्ट्रेलियाबाट दाईलाई पनि भाईलाई सम्झा भन्छु म।

मलाई पनि माबुवाको याद आईरहेको थियो। सासुको कुराले झन बढी याद आयो। ‘हुन्छ’ भन्दै जाने तयारी गरें। सासू आमाले खर्च दिंदै क‍ेही कोसेली तयारी गर्दिनु भयो। म रिक्सा लिएर माईती घरतिर लागें।

यति भनीसक्दा रुषाका आखाभरी आँसु देखिए।
यही बेला रुबिना बोली -फेरि रुन पो थाली यो त। हे ! छाडि दे तेरो कहानी। चटपटे रेडि भयो। खाऊँ।’
म चुप बसिरहे।

रुषाले आँसु पुछ्दै ‘बोली। ला ! तपाईंको त वाईन सकिए छ गिलासमा।
म त कुरै कुरामै अल्झिरहें ।’

हामी सबैको गिलासमा वाईन सकिया थियो। रुबिनाले प्लेटमा चटपटे राखी। रुषाले गिलासमा वाईन राखी।

‘मेरो कुराले बोर भयो है तपाईलाई ?’ रुषाले प्रश्न गरि मलाई ।
मैले उत्तर दिएँ ‘छैन। मैले त ध्यानपूर्बक सुनीराखेको थिएँ।

‘तिमीलाई अफ्ट्यारो लाग्दैन भने सबै कुरा सुनाउन त।’

हाँस्दै जवाफ दिई ‘फेरि तपाईले सबै लेख्नुभयो भने?’

मैले भने ‘सबैको आफ्नो आफ्नो कथा र ब्यथा हुन्छ । तीनै कथा र ब्यथालाई नै शब्दहरुले जोड्दै लगेमा लेख,कथा ,कविता,गर्दै पुस्तक तयार हुने हो। म ती तिम्रा कथा र ब्यथाहरुलाई शब्दहरुले जोड्ने काम गरौंला नी।’

मेरो कुरा सुनेर ऊ मुसकुराए झैं गरि। रुबिना भने चुप नै थिई।

रुषाले कुरा अगाडि बढाई ‘म अकस्मात् माईत पुग्दा सबै छक्क परे।प्रश्न गर्न थाले
ज्वाइँ खोइ त ? किन एक्लै आकी । फोन गरेर आउनु पर्थ्यो नी। घरतिर त ठिक छ ? तलाई सन्चै त छ नी ?’

मैले खुसि साथ जवाफ दिएँ ‘सबैलाई ठिक छ । आमा बुवाको याद आयो। फेरी सासू आमाले नि न्यास्रो लाग्यो होला। जाऊ आमा बाबू भेटेर आउ भन्नू भयो। घरमा नि त्यति काम छैन। ज्वाइँ लिन आउनु हुन्छ रे दुईचार दिनमा ।ज्वाँईले तिमी जाऊ म लिन आउँछु भन्नू भयो अनि आएँ ।’ मैले ढाँटें माईतमा ।

मेरो जवाफले माईत तिर सबै खुसि भए । बस्दै गर्दा एकहप्ता माईतमा बिताएँ। नभन्दै एकदिन बुढा लिन आए। म त छक्कै परें। सायद ! सासू आमाले लिन पठाउनुभयो होला।
आमाबुवाले आज यतै बस्नु पर्छ ज्वाइँ साप भन्दा नि उसले मानेन । घर माईत नजिक थियो। हामी घर फर्कियौं ।

घरमा सबै राम्रै थियो। दुईचार महिना समान्य थियो घरमा। मेरो बिबिएस प्रथम बर्षको रिजल्ट निस्कियो। म पास भएँ। घर माईत सबै खुसि भए। बुढाले भने पढ्न छाड्यो नै भने पनि हुन्छ। फेरि फेल भएछ। सुरुदेखि नै हामी बुढाबुढिबिच कहिल्यै राम्रो सम्बन्ध भएन। बुढाबुढि विचको आत्मियता पनि भएन। ऊ केवल एक पुरुष थियो। उसलाई आवश्कता पर्दा झम्टियो । नत्र माया अनि पारिवारिक जिम्मेवारी थिएन। कारण म आफैलाई पनि थाहा भएन।

अष्ट्रिलियाबाट जेठाजुले पढ्न प्रेरित गरेकाले म विदेश जाने लोभले पनि म बिबिएस दोस्रो बर्ष पढ्न थालें। बुढा भने कसैको कुरा नसुन्ने भएर हिंड्न थाल्यो। पछि -पछि बुढा झन- झन घर ढिला आउने। घरमै भएपनि सुतेर मात्र बस्ने ।ऊ पहिले भन्दा दुब्लाउँदै गयो। मान्छे पनि कालो हुँदै गयो।

एकदिन आफ्नो कोठा सफा गर्ने क्रममा डस्ना घाममा सुकाउन लाग्दा डस्नाको तल पुरै काला काला नोट देखें। केही नुन जस्तो सेतो वस्तु देखें। एउटा प्लास्टिकका पोकामा सुकेका पात जस्ता देखिने वस्तु फेला पारें। नियालेर हेरे। चरेश। गाँजा जस्तो लाग्यो। पैसाको नोट पुरै काला थिए। कुनै नयाँ नोट पनि थिए। एउटा प्याकेटमा औषधीका चक्की जस्ता सेता गोली थिए। म झसङ्ग भएँ ती वस्तु देखेर । हेर्दाहेर्दै बुढा कुलतमा फसिसकेछ।
वा पहिल्यै कुलतमा थियो। मलाई थाहा भएन। यसैका कारण होला । बुढा ढिला घर आउने। रिसाउने। झर्कने । मनमा अनेक प्रश्न जन्मे । सासू आमालाई भनुँकि जस्तो लाग्यो । फेरि डर लाग्यो। फेरि उसैलाई भन्छु भनेर ती सबै वस्तु लुकाए।

एकदिन घरमा भएको बेला दिउँसो ती सवै वस्तु देखाएर सोधें ‘यो के हो ?’
ऊ जवाफ बिहिन भयो। मैले फेरि सोधें ‘ऊसले ऊत्तर दिएन। मैले आमालाई भन्दिऊँ भनें ऊसले ‘सिधै मार्छु तँलाई’ भन्यो । हामीबिच भनाभना हुँदै झगडासम्म पर्यो। घरमा कसैले थाहा पाएनन्। त्यो दिन ऊ ती सबै वस्तु लिएर घरबाट हिंड्यो। म एकदम डराएँ।
सासुससुरा र माईततीर भनुँ कि झैं भयो। फेरि डराएँ पनि। फेरि ईज्जतको कुरा छ ।म चुप बसें ।

घरछाडेर हिँडेको दिन बुढा आउँदै आएन। सासुससुरा पनि चिन्तामा परे । भोलिपल्ट सबै चिनजान साथीभाईकोमा फोन गरेर सोध्दा सबैले ‘थाहा छैन’ भन्ने जवाफ दिए। उसको मोवाईल अफ छ। के गर्ने नगर्ने भयो । त्यसरी तीन दिन बित्यो। ऊ आएन। सासू ससुरा घर परिवार आफन्त माईततीर सबै चिन्तामा परे । सबैको सल्लाहमा अब पुलिसमा खबर गर्ने भन्ने निष्कर्ष निस्कियो।

चौथो दिन। चिनजान सबैलाई फोनमार्फत सोध्यौं । कतै फेला परेन । अब फेला परेन। पुलिसमा भोलि जाने भन्ने कुरा भयो। सासू ससुरा छोराको चिन्ताले सार्है घटेका थिए। बेलुका सबै काम सकेर म पनि कोठामा गएँ। निन्द्रा लागेन । यताउता सोच्दा सोच्दै कतिखेर निदाएँ थाहा नै पाईन।

अकस्मात् राती साँढे बार्ह बजेतिर घरबाहिर मोटरसाइकलको आवाज सुनें। म हत्तपत्त ढोका खोलेर बाहिर निस्कें। हेरेको त बुढा रहेछ। मनको भारी आधा घट्यो। दौडेर तल गेट खोल्न झरें। म तल गेटमा पुग्दा नपुग्दै सासूससुरा पनि उठे। घर सबै उज्यालो भयो।
गेट खोले । ऊ मोटर साईकल रोक्न पनि नसक्ने हालतमा घर आयो। ससुराले एकशब्द पनि बोल्नु भएन।

सासुले “कस्तो राक्षस भएर निस्केको यो? कस्तो छोरो पाएछु मैले? कति दुख दिन सक्या। कहाँ गएको थिईस् ?’भन्दै रुन थालिन्। म एकातिर सासू अर्कोतिर फर्केर रुन थाल्यौं।ऊसले केही थाहा नपाए झै हल्लिदै कोठा पस्यो।”

म तिर हेर्दै सासू ससुराले ‘केही नभन यसलाई भोलि कुरा गरौंला’ भनेर कोठा जानूभयो।

म पनि कोठा छिरें । ऊ वेडमा पल्टिसकेको थियो । बुढाको हालत देखेर म रुन थालें। रुदै प्रश्न गरें ‘कहाँ हराएको यत्रो दिन? किन यस्तो गर्नु हुन्छ मलाई। मन नपरेको भए किन बिबाह गरेको ? मैले के गल्ती गरें? म स्वास्नी हो तपाईको । माईततिर थाहा पाए के भन्छन् ? तपाईंले भविष्यको बारेमा सोच्नु भाछ ?’

एक शब्द बोलेन ऊ । जुरुक्क उठेर तान्यो मलाई। मैले धकेलें मात्र। फेरि तान्यो। मैले रुँदै प्रश्न गरें ‘यतिको लागि मात्र हो म तपाईंको लागि? कहाँ जानू भएको थियो? हामीलाई कति चिन्ता भयो थाहा छ तपाँईलाई ?’

ऊसले नसुन्या झैं गरी कपाल समातेर तान्यो । मेरो लुगा तान्न थाल्यो। म रिसाएँ । झर्कें। ऊसले लात्तले हान्यो। म ढलें ।

म रुँदै र उठेर प्रतिकार गरें । रोक्न खोजें उसलाई। मेरो प्रतिकार देखेर ऊ जुरुक्क उठ्यो। झन रिसायो । झम्टिंदै अघि मोटरसाईकल चलाउदाको ज्याकेट तान्यो ।
म रोक्न लाग्दै थिएँ । ज्याकेटबाट खुकुरी पो निकाल्यो।

भन्यो- लुगा खोल् नत्र काट्छु तँलाई। नाङ्गो खुकुरी पो देखायो।

म छाँगाबाट खस्या झैं भएँ । कराऊँ मार्ला भन्ने डर। एकछिन त म ज्योतिबिहिन भएँ। भित्तामा हेरें। भगवान श्रीकृष्णको फोटो छ। मेरो आँखाको ज्योति अझै ठिक छ झैं लाग्यो । म बुढाको अगाडि निवस्त्र उभिन बाध्य भएँ । श्रीकृष्णले एउटा सानो टुक्रा बस्त्र पनि दान गर्न सकेनन्। म त्यही भिताको श्रीकृष्ण झैं भएँ।

बुढाले बेडमा पल्टायो। म लास झैं ढलें। बुढा म माथि घोप्टो पर्यो ।

सात समुन्द्र पारी गएर सुन्दर जिवन बिताउने कल्पना गर्दै बिहे गरेर भित्रेको घर । त्यहि घरमा मेरो अस्तित्व लुटियो। त्यो पनि आफ्नै श्रीमानबाट ।
म बलात्कारमा परें । आफ्नै घरमा ……
क्रमश…

तपाइँको प्रतिक्रिया

फेसबुक