शुक्रबार, वैशाख २१, २०८१

पृथ्वीको आधा भन्दा बढी ठूला तालहरूमा पानीको स्तर खस्कँदो

नेपालप्लस संवाददाता / काठमाडौं२०८० जेठ ८ गते १५:३२

करिब तीन दशकको स्याटेलाइट डाटाको विश्लेषण अनुसार विश्वका आधाभन्दा बढी ठूला तालहरूमा पानीको स्तर घटिरहेको छ।

यसरि पानीको स्तर घट्नुमा अमेरिकाको भर्जिनिया र कोलोराडो बोल्डर विश्वविद्यालयका जलवायु अनुसन्धाताहरूले जलवायु परिवर्तन र दिगो रुपमा चरम मानव उपभोगलाई दोष दिएका छन्।

रिपोर्ट विज्ञान संवन्धि पत्रीका द साईनमा प्रकाशित भएको हो । पानीको मूल्याङ्कन विश्व प्रचलन र तालको पानी भण्डारणका चालकहरूको आधारमा पहिलो पटक व्यापक समीक्षा गरेको यसका लेखकहरूले दाबी गरेका छन् ।

“हामीसँग क्यास्पियन सागर, अरल सागर र साल्टन सागर जस्ता प्रतिष्ठित तालहरूका बारेमा राम्रो जानकारी छ, तर यदि तपाइँ विश्वव्यापी स्तरमा केहि भन्न चाहनुहुन्छ भने, तपाइँलाई तालको स्तर र मात्राको भरपर्दो सुचना चाहिन्छ” रिपोर्टका सह-लेखक कोलोराडो बोल्डरमा इन्जिनियरिङका प्रोफेसर बालाजी राजगोपालन भन्छन् ।

विश्लेषणले सन् १९९२ र २०२० को बीचमा संसारको सबैभन्दा ठूला तालहरू मध्ये १,९७२ को लागि स्याटेलाइट तथ्यांक, दीर्घकालीन पानीको स्तरमा उपलब्ध तथ्यांकका साथै पानीको प्रयोग र जलवायु मोडेलिङमा ध्यान केन्द्रित गरेको थियो ।

अध्ययन गरिएका तालहरूले पृथ्वीको कुल तालको पानी भण्डारणको ९५ प्रतिशत प्रतिनिधित्व गर्दछ । लेखकहरूको अनुमान अनुसार लगभग दुई अर्ब मानिसहरू सुक्खा तालहरूबाट प्रभावित क्षेत्रमा बस्छन् ।

मूल्याङ्कनले विश्वव्यापी रूपमा ५३ प्रतिशत तालहरूमा पानीको भण्डारणमा कमी आएको र विश्वका ओसिलो र सुख्खा दुवै ठाउँमा रहेका तालहरूको मात्रा घट्दै गएको पाइएको छ।
लगभग दुई तिहाइ ठूला जलाशयहरूले पानीको महत्त्वपूर्ण अंशमा क्षतीको अनुभव गरेका छन् जसमा पानीको भाग अचेटिँदै, सुकेर बगर बन्दै वा पहाड वा भूमीको भाग बन्दै जानु मुख्य कारक थियो।

अनुसन्धानका अनुसार करिब एक चौथाई तालमा पानीको सतह बढेको छ । यी मुख्यतया भित्री तिब्बती पठार, उत्तरी अमेरिकाको उत्तरी ग्रेट प्लेन्स र याङ्त्जे, मेकोङ र नाइल नदीका स्रोत, मुहान वा नयाँ जलाशयहरू भएका क्षेत्रहरूका कम जनसङ्ख्या भएका क्षेत्रहरूमा अवस्थित थिए।

लेखकहरूले आफ्नो खोजहरूले स्थानीय जलस्रोतहरूको राम्रो व्यवस्थापन र संरक्षण गर्न पानी प्रबन्धकहरू र समुदायहरूलाई मद्दत गर्न सक्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक