शुक्रबार, वैशाख २१, २०८१

कस्तो रह्यो त एनआरएनए नर्वेको वर्तमान कमिटिको कार्यकाल ?

रमेश घिमिरे२०८० साउन ३ गते ९:०५

गैर आवासीय नेपाली संघ (एनआरएनए) एक गैर राजनैतिक संस्था हो, तर पछिल्लो समय यो संगठन विभिन्न राजनैतिक दाउपेचको शिकार बन्न पुगेको देखिन्छ। एनआरएनए, नर्वेपनि यसको एक उदाहरण हो। अध्यक्ष जिबन बहादुर शाहीको नेतृत्वमा रहेको एनआरएनए, नर्वे यति बेला आफ्नो दुई वर्षे कार्यकालको अन्तमा छ । यहाँ यो कार्यकालमा भए गरेका कार्यहरु र सदस्यहरुबाट प्राप्त प्रतिक्रियाहरु उल्लेख गरिन्छ।

कार्यकालको सुरुवातमा यो संगठनले तिज र दशैं चाडहरु नयाँ आयामका साथ संचालन गर्दै राम्रै उदघोष गरेको थियो । तर यो सक्रियता धेरै समय टिक्न सकेन। करिब छ महिना पछाडी देखि कमिटीकै पदाधिकरिहरुमा उत्साह र जागरुकतामा कमि आयो। यति सम्म कि भाइटल पोष्ट “महिला संयोजक” पद सहित अन्य पदहरु नै रिक्त हुन पुगे। संगठन प्रति मानिसहरुको चाहना क्रमश: कम हुँदै गयो। संगठनले संचालन गरेका कतिपय कार्यक्रमहरुमा सहभागीको संख्या निकै नै कम हुन् पुग्यो। कतिपय सदस्यहरुको गुनासो कार्यक्रममा सूचना र निमन्त्रणा नै नआएको भन्ने छ।

२३ जनाको कमिटीमा मुस्किलले ५६ जनाको मात्र उपस्थित हुनु र पाँच सय बढी दर्ता सदस्य भएको यस संस्थाको वार्षिक साधारण सभामा पनि १९ देखि २२ जनाको मात्र उपस्थिति हुनुले संगठन प्रतिको चासो हराउँदै गएको छ। कतिपयले के पनि भन्ने गरेका छन् भने सदस्यहरु बनाउँदा चुनाव जित्नको लागि अर्काको पैसा तिरिदिएर यो हविगत भएको हो।

तर कुनै कुनै राम्रा काम पनि गरेको छ। जस्तै: पहिले देखि प्राय एक पटक संचालन गर्दै ल्याएको कन्सुलर सेवा लाइ २३ पटक गरायो, अन्तरक्रिया कार्यक्रम लाइ निरन्तरता र क्विज संचालन गर्‍यो ।

माथिका केहि उदाहरण बाहेक अघिल्लो कमिटीले गरेका कार्यक्रमहरुलाई यो कमिटीले पनि निरन्तरता नै दियो। तर प्रत्येक कार्यक्रम शुरु हुँदा पानसमा बत्ति बालेर मन्त्र पढ्नु भद्दा जस्तो देखिन्थ्यो। ज्ञानको कमि भनौं वा राजनैतिक कुन्ठा, अघिल्लो कार्यसमितिले ल्याएको नयाँ कार्यक्रम “हेल्थ प्रोजेक्ट” लाइ यो कार्यसमितिले अगाडी बढाएन। यो प्रोजेक्ट अन्तर्गत कम्युनबाट ठुलो रकमका कार्यक्रमहरु संचालन गर्न सकिन्थ्यो भन्ने भनाइ अघिल्लो कार्यसमितिका पदाधिकारीहरुले बताउँछन्।

त्यस्तै सूचना प्रवाहको मामलामा कमिटि धेरै चुकेको देखिन्छ। अधिकांश सदस्यहरुले सूचना तथा कार्यक्रमहरुको बारे जानकारी नपाएको गुनासो गरेका छन्। कमिटि कै कतिपय पदाधिकारीलाई सोध्दा पनि जानकारी नभएको बताउने गरेको पाइएको छ। जुन कार्यक्रममा पनि ३४ जना पदाधिकारी बाहेक अरु सामान्यत: खटेको पाइएको छैन। आधिकारिक सुचनाहरु इमेलबाट हुनुपर्ने सामान्य मान्यतालाइ समेत ध्यान दिइएको छैन भन्ने छ।

बैठकका निर्णयहरुलाइ सार्वजनिक गरेको पाइएन भने संरक्षक र सल्लाहकारहरुलाइ नियमित रुपमा निर्णयहरु उपलब्ध नगराइएको र विगत झैँ दैनिक कार्य संचालन बारे समुहमा नराखिएको गुनासो छ। त्यसले गर्दा संरक्षक र सल्लाहकारहरुद्वारा नै कार्यक्रम कहिले हुने थाहा नहुनेनाले उपस्थित हुन र सहयोग गर्न नसकिएको गुनासो गर्छन। तर कमिटिका सदस्यहरु विच पहिले जस्तो खिचातानी र आरोप प्रत्यारोप कमै सुनिएको छ। यसको जस भने कतिपयले पहिले जस्तो कमिटीमा धेरै समुहका मानिसको प्रतिनिधित्व नहुनुलाइ दिने गरेका छन्। तर यसको बेफाइदा भनेको आर्थिक संकलन गर्दा धेरैले चासो नराख्नु, संगठनले संचालन गरेका कार्यक्रमहरुमा कम उपस्थिति हुनु हो भन्ने धेरैको बुझाई छ।

आर्थिक पारदर्शिताको कुरा गर्ने हो भने पनि यो कार्यसमिति कता कता चुकेको होकी भन्ने आशंका छ। कमिटि भित्रकै जिम्मेवार पदमा बसेका पदाधिकारीले आर्थिक हिनामिनाको कुरा गोप्य रुपमा बाहिर ल्याएका थिए। तर पछि कमिटिमा के समझदारी भयो कुन्नि थप कुरा बाहिर आएन। यदि भएकै हो भने पनि यो कमिटिमा भएको उपस्थितिले कुरा ढाकछोप गर्न बल पुगेको छ भन्ने पनि सुनिएको छ। तर आशा गरौं नयाँ बन्ने कमिटीले यी सबै कुराहरुलाई मध्यनजर गर्दै अघि बढ्ने छ।

तपाइँको प्रतिक्रिया

फेसबुक