बिहीबार, वैशाख २०, २०८१

इटालीको लाम्पेडुसा टापुमा दुई दिनमा करिब ७ हजार आप्रवासी : स्थानिय जनसंख्या अल्पमतमा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ २९ गते १७:३१

File Photo Credit-IHA via dailysabah.com

इटालीको लाम्पेडुसा टापुमा विगत दुई दिनमै करिब ७ हजार आप्रवासी आइपुगेपछि त्यहाँको स्थानिय जनसंख्यानै अल्पमतमा परेको छ ।

इटालियन टापु ल्याम्पेडुसामा बिहीवार उत्तर अफ्रिकाबाट डुङ्गा मार्फत् समुद्र पार गरेर आएका आप्रवासी डुङ्गाहरूको सङ्ख्या ७,००० जना पुगेपछि त्यसको सामना गर्न संघर्ष गर्नुपरेको थियो । यो संख्या लाम्पेडुसा टापूको सम्पूर्ण स्थानीय जनसंख्या भन्दापनि बढी हो ।

लोकल रिसेप्शन सेन्टर (स्थानीय आतिथ्यता केन्द्र) मा ४०० भन्दा कम मानिसहरुको लागी ठाउँ बनाइएको थियो । तर त्यसको निकै गुणा बढी आप्रवासी आएपछि पुरुष, महिला र बच्चाहरुलाई अस्थाई प्लास्टिकको खाटहरुमा बाहिर सुत्न बाध्य पारिएको थियो । आवासको अस्थाई वास धातुको आपतकालीन कम्बलले बेरिरेर बनाइएको थियो।

आप्रवासीहरुलाई इटालियन रेडक्रसले खाना वितरण गरिरहेको बेला बुधवार तनाव उत्पन्न भएको थियो, जसका कारण प्रहरीले हस्तक्षेप गरेको थियो।

खाना लिनेहरुको संख्या अत्यधिक धेरै भएपछि केही युवाहरू भीडभाड भएको केन्द्र छोडेर लाम्पेडुसाको ऐतिहासिक सहरको केन्द्रतिर सुविधा खोज्दै गएका थिए । त्यहाँ उनीहरुले स्थानियसित खानाकोलागि याचन अगरेको देखिएको थियो ।

युवाहरुले भोक लागेपनि खान नपाएको बताएका थिए । थोरैसँग मात्रै केहि पैसा थियो । खानाको याचना गर्दै रेस्टुरेन्ट पुगेकालाई केही रेस्टुरेन्टहरूले पैसा नभएको भन्दै फर्काएका थिए । तर त्यहाँका केहि प्रतिष्ठानहरूले सित्तैमा खाना प्रस्ताव गरेका थिए । त्यहाँका केहि स्थानिय बासिन्दा र पर्यटकहरूले भोकाएका युवालाई आफूले पैसा तिरेर खाना खुवाईदिएका थिए ।

अफ्रिकी महादेश ट्युनिसियाको तटबाट लगभग १४५ किलोमिटर टाढा रहेको ईटालीको लाम्पेडुसा युरोप प्रवेशका गर्न भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि पहिलो गन्तब्य जस्तै हो ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार मात्रै इटालीमा ५,००० भन्दा बढी मानिस आइपुगेकाले पछिल्ला दिनहरूमा आप्रवासी भित्रिने क्रम बढेको छ । पछिल्लो समयमा ईटालीको मौसम राम्रो, गर्मी भएकाले आप्रवासीको आगमनमा वृद्धि भएको हो ।

अधिकांशलाई तटरक्षकहरूले रिकेटी डुङ्गा (साना खुला र जोखिमपूर्ण मानिने, मछुवारलेपनि प्रयोग गर्ने) हरूबाट समुन्द्रबाट उठाइन्छ, जसले तिनीहरूलाई लाम्पेडुसा बन्दरगाहमा ल्याउँछन् । ट्युनिसियाबाट नौवटा डुङ्गामा बिहीबार झण्डै ४०० आइपुगेको मिडिया रिपोर्टहरुमा जनाईएको छ।

अत्यन्त्र जोखिमपूर्ण यात्रा गरिने भएकाले धेरैजसो समुद्री यात्रामा बाँच्न सक्दैनन्। यो वर्ष उत्तरी अफ्रिका, इटाली र माल्टाको बीचमा यात्रा गर्दा २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीले जनाएको छ।

बुधवार त्यसैगरि डुंगाबाट खसेको एक पाँच वर्षिय बालकलाई अन्य ब्यक्तिसँगै म्रित अवस्थामा किनारमा ल्याइएको थियो ।

ईटालीको लाम्पेडुसा क्षेत्र आप्रवासी उर्वर क्षेत्रका रुपमा चिनिन्छ । त्यसैले यो क्षेत्रले आप्रवासी आगमनको सामना गर्न संघर्ष गरिरहेको छ । बिभिन्न देशबाट आएका आप्रवासीहरुमा मानवीय संस्थाहरूले पानी, खाना र चिकित्सा हेरचाहको अभावको रिपोर्ट गरेका छन्।

ईटालियाली प्रधानमन्त्रीले आप्रवासी समस्यालाई स्माधान गर्ने आफ्नो प्रतिबद्दता निर्वाचनका क्रममा सार्वजनिक गरेकि थिईन् । तर मेलानी प्रधानमन्त्री भएसँगै आप्रवासीको समस्या झन बढेको बढ्यै छ ।

बुधबार साँझ ईटालीको यो हटस्पटमा ७,००० भन्दा बढी आप्रवासीहरू आएको उल्लेख गरेका छन्। त्यहाँ राख्नै नसकिने भएपछि करिब ५,००० मानिसहरूलाई बिहीबार साँझसम्म सिसिलीमा स्थानान्तरण गरिने भनिएको थियो, जहाँ ठूला प्रशोधन गरिने सुविधायुक्त भवन छन्।

“परिस्थिति निश्चित रूपमा जटिल छ । बिस्तारै हामी सामान्यतामा फर्कन कोशिस गर्दैछौं,” इटालियन रेड क्रसका लागि बसाइँसर प्रमुख फ्रान्सेस्का बासिलले बिहीबार बिहान भनेक्की थिईन् “नाजुक अवस्थाको बाबजुद पनि हामीले मानिसहरूलाई खुल्लामा सुत्न नदिन खाट बाँड्ने प्रयास गर्यौं”।

“हामीले हिजो राती सबैलाई खाना उपलब्ध गरायौं र बेलुकाको खाना बाँड्यौं र आज पनि सबैले आफूलाई चाहिएको कुरा पाउनेछन्” उनले थपिन् ।

इटालीको कट्टर दक्षिणपन्थी सरकारले यस महिनाको सुरुमा लाम्पेडुसालाई आप्रवासी अवस्थालाई राम्रोसँग व्यवस्थापनका लागि मद्दत गर्न चार करोड ५० लाख युरो विनियोजन गरेको थियो।

तर, आम आप्रवासन अन्त्य गर्ने वाचामा एक वर्षअघि निर्वाचित प्रधानमन्त्री जर्जिया मेलोनीले युरोपेली संघसँग सहयोगको आह्वान गरिरहेकी छन् ।

यो वर्ष हालसम्म करिब एक लाख २४ हजार आप्रवासी इटालीको किनारमा आइपुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ६५ हजार ५०० थिए।

(एएफपी र फ्रंस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक