शनिबार, वैशाख १५, २०८१

लघुकथा : लाल डायरी !

धनराज गिरी२०८० फागुन ३० गते १७:३६

२१०५ साल पौष १६ गते, जनवरी एक । आज आफ्नो मरहुम पितामह दम्भबहादुर अर्थोष्माको जन्म दिन । नाति बलियाराज पटनाले आफ्नो पितामहको पूरानो दराज सफा गर्न लगायो । धेरै कुराहरू थिए तर एउटा अति जतन गरेर राखेको “लाल डायरी ” फेलापर्यो । डायरी जर्मनी वा रुसबाट उपहार आएजस्तो थियो । अति सुन्दर अक्षरमा “आदरणीय दाइ डी बीलाई जन्म दिनको उपहार ” लेखिएको थियो। हस्ताक्षर नबुझिने भाषामा ठियो । नाति जिल्ल ।

डायरी समायो । पितामहको अनुहार सम्झियो। आँखा रसाए। सफा गर्ने मान्छे खटाएर आफू एकान्तमा गयो,पुस्तकालयमा। खोल्यो डायरी !

“आज एउटा लेख छापियो, मेरो पक्षमा थियो। काल बेलामा मैले त्यो मूलीको पद लिएको। खोई किन हो ‘अब केही गर केटा’ भन्यो मनले । तर, अचम्म ! कसैको न्यानो साथ पाइन।

एक्लै, एक्लै, एक्लै, ब्ला, ब्ला, ब्ला, हमने हर एक की पूछ उठाकर देखी है, सबको मादा पाया !” लेख एक जोगीको हो, टोलेमी जोगी। म्याथ, हक्की, म अङ्ग्रेजी । ऊ नजीक आयो। हामी अमीताभ बच्चन र गोविन्दा बनियो। ये दिल मिले का मेला है, सक्कियो ।

आज मिति २०७१ साल चैत १३, उही गोविन्दा जोगीसहित १० जनाको हाम्रो टोली केही मोहर बोकी सुकीको मुलुक जान जेट चढ्दै छ । मज्जा आयो गोविन्दा,तेरा साथ है तो …… मोरो हिन्दी गीत मज्जाले गाउने नि ! ना ना ना … म सक्दिन …. गोरेटो त्यो गाउँको ।।। कल रात जिन्दगी से … ”

पाना पल्टायो नातिले। “मिति २०७६ साल कार्तिक २५ गते, आज अनर्थ भयो । मेरो कमिनापनलाई हेमा, रेखा, मधुबाला, मीना, वहिदा, कसैले पनि रोक्न सकेनन् । मभित्रको “दुर्योधन” ले फेरि हाम्रो मधुर सम्बन्धको पान्चालीको चीरहरण गर्यो।

धीरु, वीरु, नीरु, इशू, किशू, जय, विजय, अजय, उदय, सबै भ्रममा । म आज अति लज्जित छु । गल्ती त हज्जार भए जिन्दगीमा, तर यो त “पाप” भयो। हैट, कसरी मुख देखाउने ? म्याक्सभिलमा हाम्रो जोडीलाई त्यत्रो सम्मान दिने ती छोराबुहारीको नजरमा अब मेरो औकात के ? कसरी धुने यो पाप ? सवा लाख रुपैयाँको पुरस्कार राखेर? न न न न … यी सब दिखावा! मेरो इज्जत ?

भुत्रो इज्जत !! जीवनमा पहिलो पटक म मरें, विद्यार्थीले मुक्का दिए। त्यो केही थिएन । यो त अपराध भयो।मलाई सादर त्यति मीठो खीर खुवाउने सोझी,देवीजस्ती पवित्र बुहारीको मनले के भन्यो होला? ” ” मिति २०८० साल फागुन २९ गते,आज ” उनी” र ” प्रेमालय ” का पितासित गफ गरियो।

गोविन्दा जोगीको कुरा आयो। के भन्ने? थाहा छ, उनीहरू आत्मीय छन् । तर म ? जाबो यो पैसाको भरमा, केही लोभीहरूको आडमा कतिन्जेल टिक्छ मेरो सत्ता ? धिक्कार छ मलाई। मेरो पैसालाई ! उसले वार्ता गर्न त बोलाएकै हो। मेरो दम्भ, मेरो अहङ्कार! भो, अब च्याप्टर क्लोज !! “

तपाइँको प्रतिक्रिया