बिहीबार, वैशाख २०, २०८१

पेरिसमा फोहोरको डंगुरमै कला, संसारभरि चर्चा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत २२ गते १६:२७

Photo source-BISK

विश्वमै सबैभन्दा बढी पर्यटकले भ्रमण गर्ने फ्रान्सको राजधानी, पेरिस यतिखेर दुई प्रसंगले चर्चित बनिरहेको छ, तीन सातादेखि थुप्रिएको फोहोरको डंगुर र त्यहि फोहोरको डंगुरल्मै भरिएका कला ।

राष्ट्रपति इमानुएल म्याक्रोनको अलोकप्रिय फ्रान्सेली पेन्सन सुधार कार्यक्रमले गर्दा विगत केही हप्ताहरूमा शहर हिंसा र फोहोरको चर्चामा छ । आन्दोलन, औद्योगिक हडताल र राँके जुलुस प्रदर्शनले पर्यटक र सार्वजनिक कम्पनीहरूलाई ठूलो असर गरेको छ।

सेवानिवृत्तिको उमेर वृद्धिको विरोधमा सरसफाइ कर्मचारीको निरन्तर हडतालका कारण सडकमा तीन साता देखि फोहोर जम्मा भएको छ । तर हरेक समस्या र बिपत्तीलाई कलाकारहरुले उपयोग गर्छन् भन्ने फ्रान्सेली उखान यहाँपनि सिद्द भएको छ ।

Photo Credit-BISK

पेरिसका सडक कलाकार बिस्कले फ्रान्सेली राजधानीका सडकहरूमा हाल फोहोरको थुप्रोलाई कतै राक्षसी प्रतुति, रिसालु आँखा, मुस्कान त कतै रिसालु उल्लूको अनुहार दिएर अराजक अवस्थालाई सबैभन्दा राम्रो तरिकाले प्रस्तुत गर्ने अक्किल लगाएका छन्।

पेरिसको शहर अहिले कसैको लागि दुर्गन्धित र गडबडीपूर्ण छ । तर सडक कलाकार बिस्कको लागि भने एक आदर्श क्यानभास।

फुटपाथमा फ्याँकिएको होस् वा छेउकुनातिर थुप्रिएको, वा फोहोरका डिब्बाबाट असरल्ल फोहोरको थुप्रोलाई शहरका कलाकारले जिवन्तता दिने कोसिस गरेका छन् । उनको फोहोरप्रेम कला अहिले विश्वभरि फैलिरहेको छ ।

‘पेरिस त्यसै कलाको शहर बनेको होइन । हरेक चिजलाई कलाको आँखाले हेर्न सकिन्छ र बिरोधपनि हँसाएर, रमाएर गर्न सकिन्छ भन्ने यो विश्वलाई सन्देश हो’ पेरिस निवासी निस्चल कँडेल भन्छन् ।

मिस्कले ति फोहोरका थुप्रा र फोहोरका कन्टेनरमा रिसालु वा भयग्रस्त आँखा, मुस्कान र अचम्मित देखाउन जिब्रोको कला भरेर जीवन प्रदान गरेका छन् ।

Photo credit-BISK

Photo credit-BISK

Photo credit-BISK

Photo credit-BISK

तपाइँको प्रतिक्रिया