जेब्रा कोट लगाउने घोडा !
बेलायतमा केहि घोडाले कोट लगाएका थिए । तर कुनै दौड वा बैठकमा भाग भने लिँदै थिएनन् । बरु एक शताब्दीभन्दा लामो समयदेखि बैज्ञानिक जगतमा आस्चर्य बनिरहेको विषयको अनुसन्धानकालागि तिनले सेतो र कालो जेब्राको धर्सैधर्सा परेको कोट लगाएका थिए ।
यसको अध्ययन युनिभर्सिटी क्यालिफोर्नियामा जनावरको रङबारे अनुसन्धान गर्ने बैज्ञानिक टिमा कारोले गरेका थिए । यसको रहस्यबारे तिनको अनुसन्धानको निचोड प्लस वानमा प्रकाशित थियो । जिवबिज्ञानका हिसाबले जेब्रा वा जिराफमा किन सेतो र कालो वा अन्य रङको पाटा हुन्छन् त ? जेब्राको पाटैपाटा परेको रङ किन किरा, झिँगालाई मन पर्दैन ?
यो प्रश्नको जवाफ पाउन सहज छैन । किनकि जंगली जेब्राको नजिक जान सजिलो हुन्न । त्यसैले डा क्यारो र उनका एक सहकर्मी मार्टिन हाउ र हिल लिभरी गए एउटा जेब्रा अनाथालयमा । त्यहाँ चन्द्रमाको प्रकाश जस्तो बनाइएको छ । बेलायतको ब्रिस्टल विश्वविद्यालय नजिकै जेब्राको संरक्षण केन्द्र छ । आफ्ना विद्यार्थीहरूको साथ गएर तिनीहरूले अवलोकन गर्थे । जेब्रालाई टोक्ने कोशिस गर्दै घोडामा लाग्ने झिंगाहरु उडिरहेका थिए । तिनीहरूले जेब्राको सेतो कालो पाटे लुगा कोट जस्तै सिलाएर घोडाहरुमा लगाइदिए । जेब्राकोट लगाईदिँदा घोडालाई झिंगाले टोक्छन् कि टोक्दैनन्, तिनको शरिरमा बस्छन् कि बस्दैनन् कि भनेर बुझ्न तिनले यसो गरेका थिए ।
झिंगाहरु चौरमा उभिएका सबै घोडा र जेब्रामा समानरुपमा झुम्मिए । तर जब जेब्राको शरिरको नजिक पुग्थे झिंगाहरु तब जेब्राको पाटाले तिनलाई थरर पारेर, ज्यान थर्काएर भगाउँथ्यो । त्यसबेला झिंगानै चकित परेजस्तो देखिन्थ्यो । झिंगा नियन्त्रित भएर उड्न वा जेब्राको शरिरमा बस्नै सकेनन् । झिंगापनि एकदमै छिटो उडेर जेब्राको शरिरमा बस्न खोज्थे । तर जेब्राले छाला उत्तिकै छिटो हल्लाईदिन्थ्यो र झिंगाहरु त्यो हल्लाईमा ठोक्किएर तत्कालै फर्किन्थे । झिंगाहरुले घोडाले लगाएको जेब्राको कोटपनि नरुचाएको देखियो । तर टाउकोमा जहाँ रौं हुन्न त्यहाँ भने उत्रिन खोजिरहेको देखियो ।
“केहि कुराले अवतरणकोलागि धेरै नजिक छ भन्ने महसुस गराएर उडानलाई रोकिरहेको थियो,” डा कारोले भने “हामीलाई थाहा छैन त्यो के हो । तर पाटाहरुले अन्तिम अवस्थामा झिंगा शरिरमा अवतरण गर्न नकारात्मक प्रभाव पारेको थियो ।”
“बैज्ञानिकहरुको एउटै तर्क के छ भने जेब्राको सेतो र कालो पाटाको चमक झिंगाको आँखाको देख्ने शक्ति भन्दा धेरै बढि हुन्छ । त्यहि तेजिलो चमकको परावर्तनले झिंगाको आँखाको द्रिष्टिलाई कजोर पारिदिन्छ । झिंगा जनावरको शरिरमा बस्न उसको आँखाको सेन्सिङ हलचल (सेन्सिङ मुभमेन्ट) सित संवन्धित हुन्छ । “जेब्राको सेतो र कालो पाटाको चम्किलो रङले सायद झिंगाको आँखाको द्रिष्टीलाई अवरुद्द पारिदिन्छ” डा होउ भन्छन् ।
प्लस वानका अनुसार खासमा पोल बार्बेर भनिने अप्टिकल भ्रम (अप्टिकल इलुजन)लेपनि काम गरेको हुन्छ । त्यसलेगर्दा ध्रुव कुन दिशामा घुम्दै छ भन्नेमा निर्भर गर्दै विकर्ण पट्टिहरू माथि वा तल झर्दछन् । हो, जब झिंगाहरु जेब्राको पाटाको नजिक पुग्छन् यस्तै भएको हुनुपर्छ । टाढाबाट हेर्दा झिंगाले त्यो पट्टीलाई खैरो रङको रुपमा बुझेको हुनुपर्छ । तर जब नजिकै पुग्छ तब जेब्राका पट्टी (पाटा) हरु झिंगाले सोचेको भन्दा गलत दिशातिर चलेको हुनसक्छन् । त्यसरि बदलिएको पाएपछि झिंगाले अवतरणको सट्टा खुला ठाउँतिर लाग्नुपर्छ भन्ने सोचेको हुनुपर्छ । अथवा जेब्राले पाटाहरु बेस्सरि चलाउँदा हुने ठूलो हलचलले फरक आक्रिति बनाउन सक्छ र त्यो चम्किलो वा परावर्तन भएको प्रकाशले झिंगाको आँखामा गएर दोब्बर प्रकाश भरिदिनपनि सक्छ । त्यो तेजले झिँगालाई चकित पार्न सक्छ ।
उड्न रोक्ने पट्टीको बारेमा के हुन्छ भनेर हेर्नका लागि अन्वेषकहरूले हाल विभिन्न ढाँचा, रङ, परावर्तन र मोटाईको कोट लगाइदिएर परीक्षणहरू गरिरहेका छन् । “ती भिन्नता, चलायमानको साथ वरिपरि खेलेर हामी झिंगाको टाउको भित्र पुग्न सक्दछौं । वा झिंगाको आँखा, यसको बनावट कस्तो किसिमको भ्रमपूर्ण छ भनेर बाहिर काम गर्न सक्छौं” डा कारोले आफ्नो रिपोर्टमा भनेका छन् ।
अन्वेशकहरुले हाल घोडाको नजिक पुग्ने र घोडालाई जेब्रा कोट लगाइदिने गरेका छन् । कति नजिक कुन अवस्थामा पुग्छन् झिंगा भनेर । त्यसको अवलोकन गर्ने गरिरहेका छन् । घोडालाई झिंगाले नटोकोस भनेरपनि कोट लगाइदिने योजना तिनको छ । त्यसो गर्दा झिंगालाई एकै चिज दोहोरो देखिने वा दोहोरो प्रकाश देखिनेगरि झुक्याउन सकिन्छ कि भन्ने अनुसन्धानमापनि जोड दिएका छन् ।