आर यु भर्जिन?
समय साँच्चै महान छ । र त यसैले विभिन्न उपहार थमाउँछ । ती मध्ये यी हुन् कहिले परिस्थिती त कहिले मनस्थिति । र आज भने त्यही परिस्थितीले गर्भ थमाइदियो मनस्थितिमा र जन्मियो एउटा उपहार तिम्रो निमित्त।
समय ले अर्को एउटा उपहार पनि थमाइदिएको छ । त्यो हो, आदत ! नहुँदो हो त किन लेख्थे यसरी तिम्रै नाउँमा चिट्ठी पटकपटक । हो जब जब आहत हुन्छु म या खुशी ले गदगद, तिम्रै सामिप्यताको आदत लागिसकेको छ र त ढुक्क छु ।
अध्यात्म र साहित्य नामका दुई चक्कामाथि जीवन नामको गाडी सजिलै गुडिरहेछ जसको एकांश तिमी पनि त हौ । नत्र कसरी दिनसक्थें जवाफ् आफ्नै ओहदा भुलेर घ्रिणितत ‘बिहेभ’ गर्नेहरुलाइ…..!
समयले उपहार सँगै आफैँ बग्ने धार पनि बदल्दिएको छ । हिजो “आर यु म्यारिड?” भन्नेहरु आज “आर यु भर्जिन ?” भन्न सक्ने भैसकेछन् । दङ पर्छु र प्रतिप्रश्न गर्न मन लाग्छ । सक्छौ भने केही स्टेप अझै माथि उठेर सोध महोदय “हाउ मेनि टाइम…..?”
बरु एकसाथ सजिलै जवाफ दिउँला ” काउन्ट गरेकै छैन ।” किनकी भोलि फ़ेरि यहि प्रश्न नआउला भन्न सकिँदैन । किन स्व-रुप लियर बाँच्न पाइदैन समाजमा ?
किन जगाउँदैन स्वविवेक डिग्रीसम्मका सर्टिफिकेट्ले ? किन झन झन अन्धो हुँदैछ मानव देशदर्शन पश्चात पनि ?
के नारी भै जन्म लिनुको सजाएँ हो यो ?
मौन छु,
किनकी भेटिंदैन मेरा कुनै प्रश्नहरुको जवाफ ! अनि खोज्दै आउँछु तिमिलाइनै । र चाहिन्छ मलाइ तिम्रै सामीप्यता !