शनिबार, साउन १२, २०८१

स्कटल्याण्डमा काशीराम समुहले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी

नेपालप्लस प्रतिनिधी / स्कटल्याण्ड२०७८ साउन ८ गते १८:५२

एनआरएनए स्कटल्याण्डको निर्वाचनको प्रचार प्रसारको क्रममा काशीराम भण्डारी अध्यक्ष उम्मेदवार रहेको समुहले आचारसंहिता उल्लंघन गरी प्यानल बनाएर घरघरमा मत मागेको र सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गरेको भन्दै बिहीबार एनआरएनए यूके निर्वाचन समितिमा उजुरी परेको छ ।

एनआरएनए यूकेको निर्वाचन आचारसंहितामा ‘कुनै समूह वा प्यानल बनाई समूहगत रुपमा मतको लागि आह्वान गर्न वा प्रचारप्रसार गर्न पाइने छैन’ भन्ने उल्लेख भएकोमा प्यानल बनाएर प्रचार प्रसार गर्ने कार्य नियम विपरीत भएको उजुरीमा उल्लेख छ।

एनआरएनए स्कटल्याण्ड सहसचिव उमेदवार प्रकाश अर्यालले दिएको उजुरीमा आचारसंहिता उल्लंघन गर्ने सम्पूर्ण उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।

उजुरीमा उक्त समुहले प्यानल बनाई मत मागिएका सामग्रीहरु प्रमाणको रुपमा पेश गरिएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय समितिहरुलाई यहि १२ जुलाईमा पठाउनु भएको परिपत्रमा राजनीति दलको समूह बनाएर समूहगत रुपमा निर्वाचन गतिविधि गरेमा अन्तर्रास्ट्रिय समन्वय परिषदले मान्यता नदिने उल्लेख छ ।

उक्त उजुरी अन्तर्रास्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्मालाई समेत बोदार्थ गरिएको छ ।

तपाइँको प्रतिक्रिया