आइतबार, जेठ ६, २०८१

के कोरोना खोपले यौन र प्रजनन क्षमतालाई असर गर्छ ?

नेपालप्लस संवाददाता२०७८ कार्तिक ४ गते १६:५४

खोपहरुको साइड इफेक्ट हुन्छ । तर केहि सामाजिक मिडियाहरुमा मिथकहरु आएको आयै गरेका छन्- खोपहरुले पुरुष बाँझोपन बनाइदिन्छ । यौन रोग निम्त्याउँछ ।

तर यो सत्य होइन । किनकि कोरोना खोप र पुरुष प्रजननबिच कुनै स्थापित, बिश्वासयोग्य संवन्ध देखिएको छैन । कोरोनाका कारणले बिरामी पर्दा यौन दूर्लबता वा यौन रोगपनि लाग्न भने सक्छ । मानिस बिरामी पर्दा यौन क्षमता घट्नु असामान्यपनि होइन । किनकि बिरामी परेका बेला यौन क्षमता मात्रै किन शरिरका अन्य अंगलेपनि काम गर्दैनन् वा प्रभावित हुन्छन् । किनकि शरिर कमजोर बनेको हुन्छ ।

शुक्रकिटको गणना, वीर्यको मात्रा र शुक्रकिटहरुको गतिशीलता नाप्ने कुनै प्रमाण छैन । र खोप लगाएपछि त्यसले नकारात्मक काम गर्छ, प्रभावित पार्छ भन्ने कुनै प्रमाणपनि छैन । कुनै पनि खोप पुरुष वा महिलामा बाँझोपनको कारण बन्छ भन्ने प्रमाण अहिलेसम्म कसैलेपनि दिन सकेको छैन ।

मई २०२१ मा पेश गरीएको एक अध्ययन अनुसार फाइजर खोप लगाउनु अघि र पछि ४३ पुरुषहरुको शुक्रकिटको जाँच गरिएको थियो । खोप लगाउनु अघि र पछिको विशेषताहरुमा कुनै फरक देखिएन ।

जामा पत्रिकामा प्रकाशित अर्को अध्ययन अनुसार ४५ जना पुरुषहरुको फाईजर वा मोडेर्ना खोप लगाउनु अघि र लगाइसकेपछि शुक्रकिट र विर्यहरु परिक्षण गरिएको थियो । उनीहरुले ७० दिनसम्म निगरानी गर्दापनि शुक्रकिट र वीर्यको मात्रामा कुनै फरक देखिएन । बरु वीर्य मात्रा, शुक्रकिटको गणना र शुक्रकिटको गतिशीलता सबैमा उल्लेखनीय वृद्धि भयो ।

कोरोनाको खोप लगाउनु अघिका पुरुषहरु मध्ये आठ जनाको शुक्रकिटको संख्या कम थियो । खोप लगाइसकेपछि तिनमा शुक्रकिटको स्तर सामान्यरुपमा बढ्यो ।

“किनकि खोपहरुमा एमआरएनए (कोशहरुमा प्रोटिन उत्पादन गर्ने, संक्रमित हुन नदिने तत्व) छ र यो जीवित भाइरस हैन । त्यसैले खोपले शुक्रकिटहरुलाई असर गर्ने संभावना छैन” लेखकले औंल्याएका छन् ।

सन् २०१७ मा प्रजनन उमेरका लगभग १,००० पुरुषहरु मध्ये सात पुरुष बाँझोपनबाट प्रभावित थिए । दुई अर्ब ८० करोड मानिसहरुलाई विश्वव्यापी रुपमा पूर्ण डोज खोप लगाइएको छ । यदि खोपले गर्दा पुरुषमा बाँझोपन ल्याउने भए सन् २०२१ मा पुरुषको उल्लेखनिय संख्यामा बाँझोपन देखिनुपर्थ्यो । तर यस्तो रिपोर्ट देखिएको छैन ।

प्रजनन समाजको अन्तर्राष्ट्रिय महासंघ, मानव प्रजनन र भ्रूण विज्ञानको यूरोपीयन समाज, प्रसूति र स्त्री रोगको अमेरिकी कलेज, ब्रिटिश प्रजनन समाज र प्रजनन र क्लिनिकल वैज्ञानिकहरुको संघ सबैले कोरोनाको खोपले बाँझोपन ल्याउने कुनैपनि प्रमाण नभएको सार्वजनिक गरिसकेका छन् ।

द सोसाईटी अफ मेल प्रोडक्सन एन्ड युरोलोजीका अनुसार फाइजर कोरोना खोप लगाएका मध्ये लगभग १६ प्रतिशत पुरुषहरुको क्लिनिकल परीक्षण गर्दा दोस्रो मात्रा पछि ज्वरोको अनुभव गरे । ज्वरोले शुक्रकिट उत्पादनमा अस्थायी गिरावट ल्याउन सक्छ । कोरोना खोपको परिणामस्वरूप कुनै मानिसलाई ज्वरो आउँदा उसले शुक्रकिट उत्पादनमा अस्थायी गिरावटको अनुभव गर्न सक्छ ।

कोरोना लागेर भित्र भित्रै विकसित भैरहेको बेलामापनि यौन इच्क्षा कम हुने, शुक्रकिटको संख्या घट्ने हुनसक्छ ।

शुक्रकिटको जीवनचक्र मात्र ७० दिन भएकाले भविष्यमा विकास हुने शुक्रकिट उत्पादनलाई ज्वरोले प्रभावित पार्ने सम्भावना हुन्न ।

अध्ययनका अनुसार सार्स-कोभिड-२ लेपनि पुरुष प्रजनन क्षमतालाई प्रभावित नपार्ने उल्लेख गरेको छ । तर यसले थप अनुसन्धान गर्नुपर्ने संकेत भने गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक