विश्वको दोस्रो ठूलो कम्प्युटर कम्पनी किन असफल भयो ?
सन् १९५७ मा स्थापित ‘डिजिटल ईक्विपमेन्ट कर्पोरेसन’ नामको निगम एउटा विशाल, शक्तिशाली भयंकर कम्पनीको रुपमा थियो । सन् १९९० मा दुर्घटनाग्रस्त नभएसम्म ।
परिवर्तन कम्प्यूटर व्यवसायमा एक निरन्तर भैरहने प्रक्रिया हो । र डिजिटल इक्विपमेन्ट कर्पोरेसन भन्दा राम्रो प्रमाण दिन सकिने अर्को छैन जसलाई “डिईसि (डेक)” पनि भनिन्छ । यदि तपाईंले डेकको बारेमा कहिल्यै सुन्नु भएको छैन भने तपाईं यो थाहा पाउँदा छक्क पर्न सक्नुहुन्छ । किनकि यो सन् १९८८ मा ११ अर्ब ५० करोड डलर राशीबाट शुरु गरिएको विश्वको दोस्रो कम्प्युटर कम्पनी थियो। दश वर्ष पछि कम्पनी अधिग्रहण गरियो र यसको नाम सबै हट्यो ।
एक नयाँ कम्प्युटिङ अवधारणा
सन् १९५० मा व्यावसायिक प्रयोगको लागि कम्प्युटरहरू भर्खरै देखा परिरहेका थिए । इन्टरनेशनल बिजनेस मेशिन कर्पोरेशन (आइबिएम) ले सन् १९५० को प्रारम्भमा आफ्नो मेनफ्रेम कम्प्युटर पेश गर्यो र १९६० सम्ममा ठूलो कम्प्युटर बजारमा प्रभुत्व जमाउन थाल्यो ।
एमआईटी इन्जिनियर केन ओल्सनको विचार फरक थियो । एमआईटीको लिंकन प्रयोगशालामा साथी इन्जिनियर हार्ल्यान्ड एन्डरसनसँग काम गर्दै थिए उनी । ओल्सनले ब्याच प्रशोधन मार्फत सञ्चालन हुने मेनफ्रेमहरूको विपरीत अन्तरक्रियात्मक कम्प्युटिङ मेसिनहरूको सम्भावना देखे । ओल्सन र एन्डरसनले वैज्ञानिक र अनुसन्धानकर्ताहरूको फाइदाको लागि यी मेसिनहरूको किफायती संस्करणहरू निर्माण गर्न कम्पनी खोल्ने विचार गरे ।
ओल्सन र एन्डरसन, ओल्सेनका भाइ स्टेन ओल्सनसँग कम्पनीलाई “डिजिटल कम्प्युटर कर्पोरेशन” भनेर नामाकरण गर्न गइरहेका थिए । तर उनीहरूको १९५७ व्यापार योजना हेर्ने सल्लाहकारहरूले उनीहरूलाई कम्प्युटर शब्दबाट टाढा रहन सुझाव दिए । किनभने लगानीकर्ताहरूले लापरवाही गरिरहेका थिए । तिनीहरूले नयाँ फर्मलाई “डिजिटल इक्विपमेन्ट कर्पोरेशन” नाम दिए । र इलेक्ट्रोनिक उपकरणहरू बेच्नमा ध्यान केन्द्रित गरे ।
उनीहरुले लागत-प्रभावी बनाउन खोजे । अथवा लागत मूल्य घटाउन खोजे । तिनीहरूले म्यासाचुसेट्सको मेनार्डमा स्थित पुरानो मिल भवनलाई रूपान्तरित गरेर पसल स्थापना गरे । सन् १९५८ सम्म डेकले मोड्युलहरू (इलेक्ट्रोनिक उपकरणहरू) उत्पादन गरेको थियो जुन सर्किट बोर्डहरूमा देखाउने गरिएको थियो । मूलतः कम्प्युटरहरूको साना साना भागहरु देखाइन्थ्यो ।
मिनी कम्प्युटर सिर्जना
डेकले वास्तवमा सन् १९६० मा कम्पनीको पहिलो कम्प्युटर बजारमा ल्याएको थियो । तर अझै पनि यसको उत्पादनहरूलाई कम्प्युटर भन्नेबारे सावधानी अपनाएको थियो । मेसिनलाई “प्रोग्रामेबल डाटा प्रोसेसर” (पिडिपी) भनेर नाम दिईएको थियो । यो पिडिपी-१ (अर्थात् पहिलो कम्प्युटर प्रणाली) को मूल्य एक लाख २० हजार डलर थियो । त्यो बेला धेरै जसो कम्प्यूटर प्रणालीको लागत १० लाख डलर वा त्यो भन्दा अझ बढी थियो । यसले कम्प्युटर बजारको एउटा नयाँ खण्ड सुरु गर्यो जसलाई “मिनी कम्प्युटर” भनिन्छ ।
डेकले सन् १९६५ मा पिडिपी-८ जारी गर्यो । डेकको प्रविधि यति उन्नत थियो कि पिडिपी-८ पहिलेका मोडेलहरू भन्दा नाटकीयरुपमा सुधार भयो । यो अविश्वसनीय रूपमा कम मूल्यमा अर्थात् १८ हजार पाँच सय डलरमा बेचेको थियो । पिडिपी-८ पहिलो व्यावसायिक रूपमा सफल मिनी कम्प्युटर बन्यो । र सन् १९६८ सम्म डिजिटल उपकरण निगम मिनी कम्प्युटरहरूको अग्रणी निर्माता थियो । साथै यस समयमा प्रतिस्पर्धीहरूले नयाँ बजारमा उदीयमान सम्भावना देखे । एउटा विशेष गरी प्रतिद्वन्द्वी ‘डाटा जनरल’ थियो अर्को म्यासाचुसेट्स कम्पनी जुन सन् १९६८ मा असन्तुष्ट डेक इन्जिनियरहरूले स्थापना गरेको थियो ।
पिडिपी-८ पछि सन् १९७० मा अझ धेरै सफल पिडिपी-११ आयो । यसलाई ‘वर्कहर्स मिनी कम्प्युटर’ भनियो जसले डेकको राजस्व वृद्धिलाई गति दियो । सन् १९७४ सम्म डिजिटल इक्विपमेन्ट कर्पोरेशन एक फर्चुन ५०० कम्पनी थियो ।
सुपर-मिनी
आइबिएमसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नडराई सन् १९७८ मा डेकले वक्स् (“भर्चुअलको ठेगाना वा नाम विस्तार गरिएको) भनिने ३२-बिटको सुपरमिनि कम्प्युटरहरू” सिर्जना गरियो । वक्स् लाईन () “आइबिएमलाई प्रतिस्थापन गर्न डिजाइन गरिएको थियो । किनभने यो किफायती (खरिदकालागि) थियो । बढी शक्तिशाली थियो । आइ बि एमको ठूला कम्प्युटरहरू भन्दा सानो आकार हुनु विशेषता थियो यसको ।
अर्को दशकको लागि डेकले पिडिपी-११ को उत्पादनलाई नै नियमित गर्यो । माईक्रो भ्याक्स यथावत राखेर भ्याक्स (भिए एक्स) को नयाँ संस्करणहरू सुधार गर्न जारी राख्यो । भ्याक्स र पिडिपी दुवै लाइनहरूले सन् १९८० को दशकमा कम्पनीको उच्च वृद्धिलाई बढावा दिए ।
डिजिटल इक्विपमेन्ट कर्पोरेसन सन् १९८० मा एक निर्विवाद टेक्नोलोजी सुपरस्टार थियो । डि ई सि यु एस (डेकुस) अर्थात् “डिजिटल इक्विपमेन्ट कर्पोरेशन युजर सोसाईटी” संसारको सबैभन्दा ठूलो एकल कम्प्युटर प्रयोगकर्ता सोसाईटी बन्यो । यसले वार्षिक व्यापार प्रदर्शन गर्थ्यो र यसलाई डेक वर्ल्ड भनिन्छ । यो एक विशाल अन्तर्राष्ट्रिय कम्प्युटर कार्यक्रम थियो । सन् १९८८ सम्म डिजिटल इक्विपमेन्ट कर्पोरेशन ११ अर्व ५० करोड डलर राजस्व र एक लाख २० हजार भन्दा बढी कर्मचारीहरुसँग एक कम्प्युटर पावरहाउस बनेको थियो । यो आइ बि एम पछि दोस्रो थियो ।
अन्त्यको सुरुवात
व्यक्तिगत कम्प्युटरहरू सन् १९७० को दशकमा एक नयाँ कुरा थियो । तिनीहरू कम्प्युटिङको आउँदै गरेको विकास र प्रविधिको लहर, क्रान्ति थिए । एप्पल कम्पनीको एप्पल दोस्रोको सफल सुरुवात पछि आइबिएमले सन् १९८१ मा आइ बि एम पिसी अर्थात् पर्सनल कम्प्यूटर ल्यायो । माइक्रोसफ्टको सफ्टवेयर अपरेटिङ सिस्टमलाई व्यापक रूपमा उपलब्ध गराएपछि पि सी क्लोन बजारले सुरुवात गर्यो ।
केन ओल्सन अझै पनि डिजिटल उपकरण निगमको प्रमुख कार्यकारि अधिक्रित थिए । सन् १९८० को दशकको अन्तमा ‘बिजनेश माइक्रो कम्प्युटर’ आउने बेला सम्मपनि । डेकले रेनबोको परिचय दिएर माइक्रो कम्प्युटर बजार बिस्थापित गर्ने प्रयास गर्यो । तर यो असफल उत्पादन थियो । घट्दै गएको मिनी कम्प्युटर बजारमा कम्पनीले धेरै लगानी गरेको थियो । डिजिटल इक्विप्मेन्ट कर्पोरेसहन् केन ओल्सन आफैंले, धेरै ढिलो नभएसम्म माइक्रो कम्प्युटिङको महत्त्वलाई पहिचान गरेनन् भन्ने व्यापक रूपमा विश्वास गरिन्छ ।
त्यहाँ अन्य त्रुटिहरू पनि थिए । उदाहरणका लागि डेकले डाटा सेन्टर व्यवसायमा आइ बि एम सँगसँगै (समानान्तर रुपमा) जाने निर्णय गरेको थियो जसमा स्थान, उपकरण र कर्मचारीहरूमा ठूलो लगानी आवश्यक पर्छ । डेकले आफ्नो भ्याक्स प्रणालीलाई अब खुला आर्किटेकचरलाई मतलव नगरि सुरक्षित गर्ने प्रयास गर्यो । यो कदमले विश्वास गरिरहेका ग्राहकहरूलाई मन परेन । अझ डेकको ठाडै सबै कम्प्युटर घटक (कम्पोनेन्ट) हरू आफै उत्पादन र्ने एकीक्रित रणनीतिले देखिएका चुनौतीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो बनायो ।
सन् १९९१ मा डिजिटल इक्विपमेन्ट कर्पोरेशनले आफ्नो पहिलो वर्ष पूर्ण घाटा ब्यहोर्यो । सन् १९९२ मा केन ओल्सनले प्रमुख कार्याकरि अधिक्रितबाट राजीनामा दिए । घाटा बढ्दै गयो । सन् १९९७ मा इन्टेल कर्पोरेशनले डेकको माइक्रोप्रोसेसर प्लान्ट किन्यो । सन् १९९८ मा डिजिटल इक्विपमेन्ट कर्पोरेशन कम्प्याक कम्प्युटर कर्पोरेशनद्वारा अधिग्रहण गरिएको थियो । तर यो विडम्बनापूर्ण थियो किनकि कम्प्याक ती पीसी क्लोनहरू मध्ये एक थियो जसले अन्ततः डेकलाई विनाश गर्न मद्दत गर्यो । डिजिटल इक्विपमेन्ट कर्पोरेशन सदाका लागि गयो ।
डेकले दिएको फल
डेक पतन भएपनि यसले सूचना प्रविधिमा दिगो प्रभाव पारेको छ :
• कम्पनी इथरनेटको व्यावसायिक कार्यान्वयनको लागि जिम्मेवार थियो
• कम्प्युटर भाषा सि र युनिक्स अपरेटिङ सिस्टमको पहिलो संस्करण डेकको पिडिपी श्रृंखलामा चल्यो
• डेकका धेरै अपरेटिङ सिस्टमहरू, जस्तै ओपन भि एम एक्स, व्यापक रूपमा प्रयोग गरियो
• डेकनेट भनिने स्वामित्वको नेटवर्कले पहिलो पियर-टु-पियर नेटवर्किङ मानकहरू मध्ये एकको नेतृत्व गर्यो ।
• डेकले क्लस्टरिङको आविष्कार गर्यो, जसमा धेरै मेसिनहरू एउटै रूपमा सञ्चालन हुन्छन्
• डेकले माइक्रोप्रोसेसरहरूको नयाँ र शक्तिशाली ६४-बिट अल्फा श्रृंखलाको विकास गर्यो
• डेकले नोट्स-११ विकसित गर्यो, जुन अनलाइन सहयोग सफ्टवेयर वा समूहवेयरको पहिलो उदाहरणहरू मध्ये एक हो
• अल्टाभिस्टा पहिलो साँच्चै व्यापक इन्टरनेट खोज इन्जिन हो जुन डेकद्वारा विकसित गरिएको थियो, गुगलको परिचय हुनु अघि ।
डिजिटल इक्विपमेन्ट कर्पोरेशन अब अस्तित्वमा नहुन सक्छ । तर हार्डवेयर, सफ्टवेयर र नेटवर्किङमा कम्पनीको आविष्कारले कम्प्युटिङलाई सदाको लागि परिवर्तन गर्यो ।