युक्रेन युद्धबारे युरोपेलीहरू विभाजित
रुस-युक्रेन युद्धमा कस्तो भूमिका खेल्ने र समाधान गर्ने भन्ने विषयमा युरोपेलीहरू तिब्ररुपमा बिभाजित भएका छन् । केही युरोपेली देश पूर्णरुपमा शान्तिको पक्षमा छन् भने केहि रुसबिरुद्द न्यायिक आवाज उठाउनुपर्ने पक्षमा छन् ।
युरोपियन काउन्सिल अन फरेन रिलेसन्स (ईसिएफआर) ले १० देशहरूमा गरेको सर्वेक्षण अनुसार ३५ प्रतिशत युरोपेलीहरू पूर्णरुपमा शान्ति कायम गर्नुपर्ने पक्षमा छन् । तिनले शान्ति शिविर स्थापना गरेर जति सक्दो चाँडो युद्ध अन्त्य गर्नुपर्ने पक्षधरता देखाएका छन् ।
तर २२ प्रतिशत उत्तरदाताहरूले रसियालाई उसको आक्रमण र युक्रेनको भूभाग पुनर्स्थापनाको सजाय दिँदै न्यायिक कारवाहिको पक्षमा लाग्नुपर्ने मत दिएका छन् ।
रुसले भने आफ्नो तर्फबाट युद्ध नगरिएको दाबी गर्दै आएको छ र यसलाई “विशेष सैन्य अपरेशन” भनेर जोड दिँदै आएको छ ।
युक्रेनसँग सीमा जोडिएको र युक्रेनलाई धेरै सहयोग गर्दै आएको पोल्याण्डका सर्वेक्षणमा सहभागीहरूमध्ये रुसविरुद्ध न्यायिक बाटो समात्नुपर्ने बताएका छन् । इटाली, जर्मनी र रोमानियाका उत्तरदाताहरुले भने जतिसक्दो छिटो शत्रुताको शान्तिपूर्ण अन्त्य गर्नुपर्ने मत दिएका छन् ।
यूकेनसँगै नौ ईयु सदस्य राष्ट्रहरू फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्पेन र स्वीडेनमा रुस-युक्रेन युद्दबारे जनसंख्या सर्वेक्षण गरिएको थियो ।
“युरोपियनहरूले आफ्नो एकता प्रदर्शन गर्दै पुटिनलाई मात्रै होइन आफैलाई समेत चकित पारेका छन् । तर अहिले ठूलो तनाव आउँदैछ” ईसिएफआरका निर्देशक मार्क लियोनार्डले भनेका छन् “जीवन जिउने तरिका, शरणार्थी मामिला र आणविक वृद्धिको लागतमा सम्भावित विभाजनहरू छन् । तर ठूलो विभाजन के छ भने केहि सकेसम्म चाँडो युद्ध समाप्त गर्न चाहन्छन् र केहिले रसियालाई दण्डित गर्न चाहन्छन् ।”
“यदि युक्रेनमा शान्ति शिविर र न्याय शिविर बीचको खाडललाई नराम्रोसँग ह्यान्डल गरियो भने युरो संकटको समयमा ऋणदाता र ऋणीहरू बीचको खाडल जत्तिकै हानिकारक हुन सक्छ” उनले चेतावनी दिएका छन् ।
शान्तिको लागि सबैभन्दा ठूलो बाधक को हो भनेर इटालियनहरू सबैभन्दा धेरै विभाजित देखिएको इसिएफआर सर्वेक्षण, डाटाप्राक्सिस र युगोभ द्वारा अप्रिलदेखि मे बीचमा गरिएको सर्वेक्षणले देखाएको छ । शान्तिलाई रोक्ने कुराहरु के के हुन् भन्ने विषयमा चहैं युरोपेलीहरू बीच थप एकता हुनुपर्ने देखाएको छ।
समग्रमा ६४ प्रतिशत युरोपेलीहरूले रुसलाई सबैभन्दा ठूलो बाधक भएको बताएका छन् । त्यस्तै, १७ प्रतिशतले युक्रेन, ईयू वा अमेरिकालाई दोषी ठानेका छन् ।
सबैभन्दा बढी ईटालीका उत्तरदाताहरुले प्रतिक्रिया दिएका छन् । ३५ प्रतिशत इटालियनहरुले सर्वेक्षणमा भाग लिएका थिए । तिनले युक्रेन वा वा पश्चिमीहरुलाई मुख्य बाधक ठानेका छन् । सबैभन्दा सानो भाग ३९ प्रतिशतले यसको दोषी रूस हो भन्ने विश्वास ब्यक्त गरेका छन् ।
फिनल्याण्ड, स्वीडेन र ग्रेट ब्रिटेनमा तीन चौथाई भन्दा बढी सर्वेक्षण सहभागीहरूले रुसलाई प्रमुख अवरोध भएको ठानेका छन् ।
द्वन्द्व कसरी समाप्त गर्ने भन्ने कुरामा मतभेद भए पनि लेनोर्ड र रिपोर्टका सह-लेखक इभान क्रस्टेभले ईयु नेताहरूलाई युद्दको अधिकतम स्थिति विरुद्ध चेतावनी दिएका छन् । उनीहरूले केन्द्रबिन्दू, केन्द्रिय स्थितिमै प्रहार गर्न र रूसप्रति कडा रहन सुझाव दिएका छन् । तर उनीहरुले बढ्दो खतराहरूको बारेमा सचेत रहन सुझाव समेत दिए।
युद्धको जिम्मेवार को ?
ईसिएफआरको नतिजाले रूसलाई युरोपभर युद्ध सुरु गर्ने विश्वव्यापी रूपमा मुख्य दोषी ठहराएको छ ।
सर्वेक्षणमा सहभागि प्रत्येक चार देखि पाँच उत्तरदाताले रुसलाई जिम्मेवार ठानेका छन् । त्यसमा पोल्याण्डका ८३ प्रतिशत, स्वीडेनका ८३ प्रतिशत, फिनल्याण्डका ९० प्रतिशत र ग्रेट ब्रिटेनका ८३ प्रतिशत छन् ।
यहि दृष्टिकोण इटालीका ५६ प्रतिशत, फ्रान्सका ६२ प्रतिशत र जर्मनीका ६६ प्रतिशतले ब्यक्त गरेका छन् ।
इटालीका उत्तरदाताहरूको सबैभन्दा ठूलो अनुपातले युक्रेन, ईयू वा अमेरिका द्वन्द्वका लागि जिम्मेवार भएको अभिमत दिएका छन् ।
रुसले आफ्नो ‘विशेष सैन्य कारबाही’ लाई न्यायोचित भन्दै आएको छ । युक्रेनको पश्चिमी झुकाव रहेको, त्यसले आफ्नो सुरक्षाको लागि खतरा हुने र रसियालाई ‘विकास र अस्तित्व’ को लागी सुरक्षित महसुस गर्नबाट रोक्ने भनाई रुसको छ ।
देश भित्र लिइएको जनमत सर्वेक्षणले अधिकांश रूसीहरूले युद्धलाई समर्थन गरेको टिप्पणी फ्रान्सेली मेडियाहरुले गरेका छन् । यद्यपि तिनीहरूको वैधताको बारेमा उनीहरुमा केही चिन्ताहरू छन्।
द्वन्द्वको प्रतिक्रियामा बहुसंख्यक युरोपेलीहरूले रुससँग सम्बन्ध तोड्ने पश्चिमको नीतिलाई समर्थन गरेका छन् । युक्रेनलाई ईयूमा गराउनुपर्ने कडा समर्थनसमेत युरोपेलीहरुले ब्यक्त गरेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा युद्धको बारेमा युरोपेलीहरूलाई ‘केको चिन्ता बढी छ ?’ भनेर सोधिएको थियो ।
युद्दले आफ्नो व्यस्तता युद्धको मैदानमा भएका घटनाक्रमहरूबाट सप्लाई-चेन अवरोध तर्फ मोडिएको, ऊर्जा मूल्य वृद्धिले चिन्तित पारेको र बढ्दो मुद्रास्फीति लगायतका व्यापक प्रभावहरूतर्फ सरेको बताएका छन् ।
यस्तो चिन्ता युरोपेली मुलुका सबैजसो मुलुकमा ब्याप्त छ । जर्मनी, इटाली र फ्रान्सका उत्तरदाताहरूले भने दैनिक जीवनको लागत उच्च भएको र ऊर्जाको मूल्य युद्धको प्रभावमा बढेको भन्दै सबैभन्दा बढी चिन्ता ब्यक्त गरेका छन् ।
युक्रेनमाथि रूसको आक्रमणले जीवनयापनको लागत बढाएको छ । जुन महिनामा युरोजोनमा ८ प्रतिशत मुद्रास्फीति रेकर्ड गरिएको छ । यो युरोपेली युयियनको तथ्यांक सार्वजनिक गर्ने आधिकारिक निकाय यूरोस्टेटले रेकर्ड गरेको सबैभन्दा उच्च आँकडा हो ।
उता स्वीडेन, बेलायती, पोल्याण्डका नागरिक र रोमानियनहरू आणविक युद्धको खतराको बारेमा बढी चिन्तित देखिएका छन् ।
सर्वेक्षणमा सहभागी धेरैले युक्रेनमा भएको युद्धले अन्ततः ईयूलाई हानी पुर्याउने विश्वास व्यक्त गरेका थिए । ५५ प्रतिशत युरोपेलीहरूले द्वन्द्वको परिणाम स्वरूप ईयुलाई थोरै वा धेरै खराब बनाउने बताएका छन् ।
आम जनताले सामना गर्ने अन्य समस्याहरूमा भन्दा सरकारहरु युद्धको खर्चमा धेरै केन्द्रित छन् भन्ने भावना पनि सर्वेक्षणले प्रकट गरेको छ ।
सर्वेक्षणले ४२ प्रतिशत उत्तरदाताहरूले आफ्ना नेताहरूले युक्रेनको युद्धमा धेरै समय बिताएको दाबी गरे । तर ४ प्रतिशतले भने धेरै कम ध्यान केन्द्रित गरेको बताए ।
पोल्याण्डका ५१ प्रतिशत र रोमानियाका ५७ प्रतिशत मतदाताले युक्रेनले घरेलु मामिलाहरूबाट आफ्नो ध्यान हटाउँदै गरेको आरोप समेत लागएका छन् । यि दुबै देश युक्रेनसित सिमा जोडिएका छन् ।
सर्वेक्षणको विश्लेषण गर्दै लियोनार्ड र क्रस्टेभले युरोपेली जनमत परिवर्तन भइरहेको र ईयुकालागि सबैभन्दा कठिन दिनहरू अगाडि आउन सक्ने तर्क गरेका छन् ।