जलवायु परिवर्तनसँग अनुकूलन हुन आफ्ना सन्तानहरूलाई सिकाउँछन् बिरुवा
बिरुवाहरुको स्मरण शक्ति हुन्छ ? यो वैज्ञानिक अनुसन्धान भन्दा कविताको एक लाइन जस्तो लाग्न सक्छ ।
नयाँ विश्लेषणले बिरुवाहरूले आफ्नो सन्तानलाई जलवायु अनुकूलन सुझावहरू दिन सक्छन् भन्ने सुझाव दिएका छन् ।
विनाशकारी बाढीदेखि बढ्दो तापक्रम, खडेरी देझि डढेलो जलवायु संकटले फैलाईरहेको छ । त्यसले विश्वभरका प्राकृतिक बासस्थानहरू परिवर्तन गरिरहेको छ।
बाँच्नको लागि धेरै बिरुवाहरू ति प्राक्रितिक प्रकोपसित तुरुन्तै अनुकूलित हुन बाध्य भएका छन् । ट्रेन्ड्स इन प्लान्ट साइन्स जर्नलमा प्रकाशित नयाँ अनुसन्धानले संकेत गरेको छ ।
फ्लोरेन्स विश्वविद्यालयका वनस्पति आनुवंशिकीविद फेडेरिको मार्टिनेली भन्छन् “त्यसपछि तिनीहरूले यी नयाँ लक्षणहरू आफ्ना सन्तानहरूमा सार्छन् ।”
“एक दिन मैले सोचें, कसरी एक व्यक्तिको जीवन शैली र अनुभवले उसको वा उनको गेमेट [प्रजनन कोशिका] हरुलाई उनीहरूको जीवनको अणु चिन्ह (मोलिक्युलर) हरू तिनीहरूका बच्चाहरूमा प्रसारण गर्न प्रभाव पार्न सक्छ” उनी बताउँछन् ।
“तुरुन्तै मैले सोचें कि बिरुवाहरूमा अझ धेरै एपिजेनेटिक (तपाईंको व्यवहार र वातावरणले कसरी तपाईंको जीनले काम गर्ने तरिकालाई असर गर्ने परिवर्तनहरू ल्याउन सक्छ भन्ने अध्ययन) चिन्हहरू प्रसारित हुनुपर्दछ, किनकि बोटबिरुवाहरू सेसिल [एउटै ठाउँमा स्थिर] जीवहरू हुन् जुन तिनीहरूको जीवनकालमा जनावरहरू भन्दा धेरै वातावरणीय तनावहरूको अधीनमा हुन्छन् ।”
बिरुवाहरूले कसरी जलवायु परिवर्तनसँग अनुकूलन गर्छन् र यी अनुकूलनहरूलाई सम्झन्छन् ?
वातावरणमा हुने परिवर्तनहरूले जनावरहरूलाई तिनीहरूको शिकार र शितनिन्द्रामा बस्ने ढाँचा (हाइबरनेसन प्याटर्न) र बासस्थानहरू परिवर्तन गर्न बाध्य पार्छ ।
बिरुवाहरूको जुन ठाउँमा जरा हुन्छन् तिनीहरू पनि परिवर्तन हुन्छन्।
उदाहरणका लागि, जाडो जुन बिरुवाहरूले आफ्नो फूल फुल्ने समयलाई अभिमुख (ओरियन्ट) गर्न प्रयोग गर्छन् । जलवायु परिवर्तनका कारण धेरै क्षेत्रहरूमा न्यानो र छोटो भएको छ । त्यसले गर्दा विरुवाले त्यहि अनुरुप आफूलाई ढाल्न वा बदल्न सक्नुपर्यो ।
“धेरै बिरुवाहरूलाई उनीहरूको फूल फुल्ने समय परिभाषित गर्न वातावरणीय घडी मिलाउनुपर्ने, तय गर्नुपर्ने (सेटअप) गर्न न्यूनतम चिसो अवधि चाहिन्छ” मार्टिनेल्ली भन्छन्।
“चिसो मौसमहरू छोटो हुँदै जाँदा, बिरुवाहरूले फूल फुल्न ढिलाइ गर्न कम चिसो अवधि चाहिने अनुकूलता अपनाएका छन् । यी संयन्त्रहरूले बिरुवाहरूलाई पुन: उत्पादन गर्ने सम्भावना कम हुने अवधिमा फूल फुल्नबाट जोगिन अनुमति दिन्छ।
बिरुवाहरूले मानिसले जस्तै सम्झनाहरू बनाउँदैनन् । अर्थात् सजिलोसित बुझ्दा, मान्छेले जसरिनै स्मरण गर्ने होइन । तर तिनीहरूले सम्झना भने गर्छन् । फरक किसिमले गर्छन् । मस्तिष्क (न्यूरल नेटवर्क) मा सम्झनाहरू भण्डारण गर्नुको सट्टा, बिरुवाले तिनीहरूलाई परिष्कृत सेलुलर सोफेस्टिकेटेड बेलुलर) र आणविक संकेत सन्जाल (मोलिक्युलर सिग्नलिङ नेटवर्क) हरूमा भण्डारण गर्छन् ।
अन्वेषकहरूले यसलाई बोटको शरीरमा भण्डारण गरिएको ‘सोमेटिक मेमोरी’ भनेका छन् ।
“यी संयन्त्रहरूले बिरुवाहरूलाई अघिल्लो वातावरणीय अवस्थाको घटना पहिचान गर्न र समान परिणामात्मक अवस्थाको उपस्थितिमा तुरुन्तै थप प्रतिक्रिया दिन सक्षम बनाउँछ” मार्टिनेली भन्छन्।
उदाहरणका लागि, बिरुवाले न्यानो हुँदा फूल फुल्न ढिलाइ गर्नुपर्छ भनेर सम्झन सक्छ।
अनुसन्धानकर्ताहरूले ‘एपिजेनेटिक्स’ (तपाईंको व्यवहार र वातावरणले कसरी तपाईंको जीनले काम गर्ने तरिकालाई असर गर्ने परिवर्तनहरू ल्याउन सक्छ भन्ने अध्ययन) भनेर बोलाउने कुरा मार्फत विरुवाले यो गुणलाई आफ्ना सन्तानहरूमा हस्तान्तरण गर्छ ।
आनुवंशिक परिवर्तनहरूको विपरीत, एपिजेनेटिक परिवर्तनहरूले डीएनए अनुक्रम (डिएन ए सेक्वेनसेस) परिवर्तन गर्दैन । यसको सट्टा, कसरी एउटा जीवले एक डीएनए अनुक्रम पढ्छ भन्ने तिनीहरूले परिवर्तन गर्न सक्छन् ।
“एपिजेनेटिक परिमार्जनहरू विरासत (इन्हेरिटेड) भएरै आउँछ । वा पूर्खादेखि त्यो गुण एकपछि अर्को पुस्तामा सरेर जान्छ जसले गर्दा जलवायु परिवर्तनमा बोटबिरुवाको प्रजातिहरूको दीर्घकालीन अनुकूलनमा योगदान पुर्याउँछ” अध्ययनका लेखकहरूले उल्लेख गरेका छन् ।
अनुसन्धानले वैज्ञानिकहरूलाई बोटबिरुवाको बुद्धिले जलवायु परिवर्तनसँग कसरी लडिरहेको छ भनेर बुझ्न मद्दत गर्नेछ।