आइतबार, पुष ७, २०८१

पानीको अत्यन्त संकट ब्यहोर्दै विश्वका २५ देश, युरोपका तीन

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १ गते ०:१४

विश्वका दुई दर्जन भन्दा बढी देशहरूले खडेरीको चपेटामा पर्दा प्रत्येक वर्ष प्रशोधित पानी प्रयोग गर्दै आएका छन् । त्यस्ता करिब २५ देश मध्ये तीन वटा युरोपमा छन् ।

नयाँ अनुसन्धानका अनुसार विश्वको एक चौथाइ जनसंख्याले अत्यधिक पानीको तनावको सामना गरिरहेको छ ।

उच्च जोखिममा रहेका देशहरूले नियमित रूपमा आफ्नो नवीकरणीय पानी (रिनोयबल वाटर) आपूर्तिको ८० प्रतिशत बाली, पशुपालन, उद्योग र घरायसी आवश्यकताहरू सिंचाईका लागि प्रयोग गर्छन्।

छोटो अवधिको खडेरीले पनि उनीहरूलाई पानी सकिने खतरामा पार्न सक्छ वा बाँकी रहेको बचत गर्न सरकारले धाराहरू बन्द गर्न, पौडी पोखरीमा पानी निषेध गर्नुपर्ने हुन्छ ।

वर्ल्ड रिसोर्सेस इन्स्टिच्युट (डब्लुआरआई) को प्रतिवेदनमा भनिएको छ, “यस स्तरको पानीको तनावले मानिसको जीवन, रोजगारी, खाद्यान्न र ऊर्जा सुरक्षालाई खतरामा पार्छ।”

यसका लेखकहरूले समतामूलक समाज निर्माण गर्न, खाद्यान्न उत्पादन गर्न, बिजुली उत्पादन गर्न, स्वास्थ्य कायम राख्न र विश्वको जलवायु लक्ष्यहरू पूरा गर्नका लागि पानी आवश्यक रहेको बताएका छन्।

“जनसङ्ख्या बृद्धि, आर्थिक विकास र जलवायु परिवर्तनले हाम्रो आपूर्तिको उचित व्यवस्थापन नगरी अवस्थालाई झन् झन् खराब बनाउने तयारी गरेको छ” रिपोर्टमा भनिएको छ ।

सबैभन्दा पानीको तनाव सामना गर्ने देश कुन ?

 

स्रोत- डब्ल्यूआरआई

डब्ल्यूआरआईको रिपोर्ट अनुसार हाल २५ देशहरू प्रत्येक वर्ष अत्यधिक उच्च पानीको तनावको सामना गरिरहेका छन्। ति देशहरुले विश्वको जनसंख्याको एक चौथाईको घरलाई प्रतिनिधित्व गर्छन् ।

सूचीको शीर्षमा बहराइन र साइप्रस डब्ल्यु आर आ इ को वरीयतामा दोस्रो स्थानमा छन्। दुई अन्य युरोपेली देशहरू बेल्जियम अठारौं र ग्रीस उन्नीसौं स्थानमा छन्।

विश्वको सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्य पूर्व र उत्तर अफ्रिका हुन् जहाँ ८३ प्रतिशत मानिसहरू अत्यधिक उच्च पानीको तनावको सामना गर्छन्। यो संख्या सन् २०५० सम्ममा शतप्रतिशतमा पुग्ने आँकलन गरिएको छ ।

पानीको माग बढ्दै

स्रोत- डब्ल्यूआरआई

विश्वव्यापी रूपमा, २०५० सम्ममा पानीको माग २० देखि २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। सन् १९६० देखि यो दोब्बरभन्दा बढी भइसकेको छ।

पानीको गुणस्तर सुधार, शुद्दता र दक्षतामा लगानीका कारण युरोप र अमेरिकामा पानीको माग बढेको छ भने अन्तर्राष्ट्रिय व्यापारले गर्दा समस्या सीमाभन्दा बाहिर गएको रिपोर्टमा उल्लेख छ ।

यद्यपि अफ्रिकाका अधिकांश उप-सहारा क्षेत्रका देशहरूले हाल चरम पानीको तनावको सामना गरेका छैनन् । तर त्यहाँको माग विश्वको कुनै पनि क्षेत्रको तुलनामा द्रुत रूपमा बढिरहेको छ।

बढ्दो पानीको प्रयोगले गर्दा अफ्रिकामा क्रिषी र ब्यापारमा बढोत्तरी हुने र त्यसले ठूलो आर्थिक बृद्धि हुनसक्ने औंल्याइएको छ । सो क्षेत्र विश्वको सबैभन्दा द्रुत बृद्धि हुने आर्थिक क्षेत्र हुने अनुमान गरिएको छ।

तर आपूर्तिको अनुचित व्यवस्थापनसँग जोडिएको बढ्दो मागले त्यो वृद्धिलाई खतरामा पार्छ। डब्ल्यु आर आईको तथ्याङ्कले विश्वव्यापी कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३१ प्रतिशत (लगभग ६५० खर्ब युरो) २०५० सम्म चरम पानीको तनावमा पर्नेछ।

चार देशहरू-भारत, मेक्सिको, इजिप्ट र टर्की ले खुला जीडीपीको आधा ओगट्छन्।

पानीको तनाव समस्या के ?

पानीको अभावले ऊर्जादेखि लिएर खाना र स्वास्थ्यमा व्यापक असर पारेको छ। उदाहरणका लागि, भारतमा, २०१७ र २०२१ को बीचमा थर्मल पावर स्टेशनहरू चिसो गर्न पानीको अभावले १५ लाख घरहरूलाई पाँच वर्षको लागि पर्याप्त ऊर्जा गुमाएको थियो।

विश्वको करिब ६० प्रतिशत सिँचाइ हुने कृषिले पनि पानीको अत्यधिक तनाव झेलिरहेको डब्ल्यूआरआईले जनाएको छ । विशेषगरी उखु, गहुँ, धान र मकै जस्ता बालीहरू खतरामा छन्।

पानीको तनावले संकट निम्त्याउनबाट रोक्न राजनीतिक इच्छाशक्ति र वित्तीय बैंकिङ आवश्यक छ। उनीहरू भन्छन् ‘सिङ्गापुर र लास भेगास जस्ता शहरहरूले पहिले नै प्रमाणित गरिसकेका छन् कि समाजहरू पानीको दुर्लभ अवस्थाहरूमा पनि फस्टाउन सक्छन्।’

समाधानहरूके हुन् त ? कृषिलाई अझ प्रभावकारी बनाउने, फोहोर पानीको प्रशोधन गरेर पुन: प्रयोग गर्ने, डिसेलिनेसन (पानीमा रहेको अनावस्यक तत्व, जस्तो नुनिलो पदार्थ) हटाउने र पानी धेरै पिउने घाँस हटाउने, कम पानी भएपनि पुग्ने रुखबिरुवा र खेति गर्ने जस्ता उपायहरू हुन्।

तपाइँको प्रतिक्रिया

फेसबुक