आइतबार, वैशाख २३, २०८१

अन्वेषकहरूद्वारा कुहिरोलाई सफा पानीमा परिणत

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ २ गते २२:४५

Credit: Pixabay/CC0 Public Domain

अनुसन्धानकर्मीहरुले कुहिरोलाई सफा पानीमा परिणत गर्ने प्रविधि पत्ता लगाएका छन् ।

विशेष रूपमा सानासाना छिद्र जस्ता बनाइएको धातुको जाल (कोटेड मेटल) ले कुहिरोबाट पानी निकाल्न र त्यहि बेला वातावरणीय प्रदूषकहरू हटाउन सक्छ।

स्विजरल्याण्डको जुरिच शहरमा विकसित भएको यो प्रविधिले अत्यधिक वायु प्रदूषण भएका क्षेत्रमा पनि हावाबाट पिउने पानी संकलन गर्न सकिने दाबी गरिएको छ ।

फेडरल टेक्नोलोजी इन्स्टिच्युट ईटीएच जुरिचका अनुसन्धानकर्ताहरूले नेचर सस्टेनेबिलिटी नामक वैज्ञानिक जर्नलमा बिहीबार उक्त निष्कर्ष प्रस्तुत गरेका थिए ।

“तथाकथित कुहिरो संकलनकर्ताहरू आफैंमा नयाँ कुरा होइनन्। तिनीहरू पहिले नै पेरु, बोलिभिया, चिली, मोरक्को र ओमानमा प्रयोग भइसकेका छन्”, ईटिएच जुरिचले बिहीबार रिपोर्ट सार्वजनिक गर्दै उल्लेख गरेको छ ।

तिनीहरूले एक साधारण सिद्धान्त अनुसार काम गर्छन् : राम्रो खालको धातुको जाल ठाडो रूपमा झुण्ड्याइएको हुन्छ। जब तिनीहरूबाट हावा चल्छ, कुहिरोका साना थोपाहरू जालमा टाँसिन्छन्। केहि समयमा थोपाहरू बढ्दै जान्छ । केहि समयमा तिनीहरू यति भारी हुन्छन् कि गुरुत्वाकर्षणले तिनीहरूलाई तल तान्छ। त्यहाँ, पानी कुण्डमा जम्मा गरिन्छ। केही वर्ग मिटरको कुहिरो संकलनबाट यसरी एकै दिनमा सय लिटरसम्म पानी निकाल्न सकिने विश्वविद्यालयले जनाएको छ ।

“थोरै वर्षा वा वसन्तको पानी भएको क्षेत्रहरूका लागि जहाँ कुहिरो एक सामान्य घटना हो, यो एक वरदान हुन सक्छ,” अन्वेषकहरूले भनेका छन् ।

समस्या के भने हावामा फोहोरका कणहरू पनि पानीसँग कैद हुन्छन्। “विश्वका धेरै ठूला शहरहरूमा, हावा यति प्रदूषित छ कि कुहिरोबाट संकलन गरिएको कुनै पनि पानी पिउन वा खाना पकाउनको लागि उपचार नगरी प्रयोग गर्न पर्याप्त सफा छैन,” उनीहरूले भनेका छन् ।

सूर्यको प्रकाशसँगै सक्रिय

यसैले ईटिएच जुरिचका अनुसन्धानकर्ताहरूले कुहिरोबाट पानी सङ्कलन गर्ने र त्यसलाई शुद्ध पार्ने विधि सुर्यको प्रकाशबाट हुनेगरि विकास गरेका छन्।

यसले विशेष रूपमा चयन गरिएको पोलिमर र टाइटेनियम डाइअक्साइडको मिश्रणको साथै लेपित धातुको तारको क्लोज-मेस जाली अर्थात् झिल्ली जस्तो परेको वा जाली जस्तो परेको धातुको प्यानल प्रयोग गर्दछ।

पोलिमरहरूले गर्दा पानीका थोपाहरू जालमा कुशलतापूर्वक जम्मा हुन्छन् । त्यसपछि हावाले उडाउनु अघि कन्टेनरमा छिटो तल झर्ने निस्चित गरिएको हुन्छ । टाइटेनियम डाइअक्साइडले रासायनिक उत्प्रेरकको रूपमा कार्य गर्दछ, थोपाहरूमा निहित धेरै जैविक प्रदूषकहरूको अणुहरूलाई हानिरहित बनाउनको लागि काम गर्छ ।

एक पटक स्थापना भएपछि यो प्रविधिलाई बेला बेला केहि मर्मत आवश्यक पर्दछ। उत्प्रेरकलाई पुन: उत्पन्न गर्न अल्ट्राभायोलेट किरण (परावर्तन प्रकाश) को सानो तर नियमित खुराक बाहेक कुनै ऊर्जा आवश्यक पर्दैन। टाइटेनियम अक्साइडलाई थप २४ घण्टाको लागि पुनः सक्रिय गर्नको लागि आधा घन्टाको सूर्यको किरण पर्याप्त हुन्छ । त्यसलाई फोटोकाटालिटिक मेमोरी भनेर चिनिन्छ ।

अल्ट्राभायोलेट (युभी) प्रयोगबाट पुन: सक्रियता पछि, उत्प्रेरक (काटलिस्ट) पनि अँध्यारोमा लामो अवधिको लागि सक्रिय रहन्छ। कुहिरो लाग्ने क्षेत्रहरूमा प्रायः सूर्यको प्रकाश भएको अवधिकालागि यो एक धेरै उपयोगी गुण भएको शोधकर्ताहरूले लेखेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक