शनिबार, वैशाख १५, २०८१

आर्कटिक महासागरमा अर्को दशकबाटै बरफ समाप्त हुने चेतावनी

नेपालप्लस संवाददाता / फ्रान्स२०८० फागुन २४ गते १५:५५

आर्कटिक महासागरले अर्को दशकको सुरुमै बरफमुक्त गर्मीको अनुभव गर्न सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिक जर्नल नेचर रिभ्युस अर्थ एण्ड ईन्भाइरोमेन्टमा मार्च ५ मा प्रकाशित एक अध्ययन अनुसार यस क्षेत्र सेप्टेम्बर महिनानै बरफमुक्त हुन सक्छ । बढ्दो तापक्रमले गर्दा नियमित रूपमा “मध्य शताब्दी सम्म” वा २०३५ र २०६७ बीचमा बरफमुक्त हुन सक्ने रिपोर्टका लेखकहरूले उल्लेख गरेका छन् ।

‘यी अवस्थाहरू कुन वर्षबाट अवलोकन गर्न सकिन्छ भन्ने हाम्रो हरितगृह ग्यास उत्सर्जन परिदृश्यहरूमा निर्भर गर्दछ’, उनीहरूले औंल्याएका छन् ।

शताब्दीको अन्त्यमा, बढेको उत्सर्जनको परिदृश्यमा, यो एक करोड ४० लाख (१४ मिलियन) वर्ग किलोमिटर ध्रुवीय महासागर मे र जनवरीको बीचमा बरफमुक्त हुन सक्छ।

स्थायिरुपमा रहने गरि बनेको सामुद्रिक बरफ, विशेषगरी तटवर्ती क्षेत्रमा १० लाख वर्ग किलोमिटरभन्दा कम क्षेत्रफलमा मात्र फैलिनेछ । यो सेताम्मे क्षेत्र त्यसपछि वर्षको बहुमत समय पानी मात्रै रहेको नीलो हुनेछ । हरित ग्याँस कम उत्सर्जन भएको अवस्थामा यो अवधि “केवल” अगस्ट देखि अक्टोबर सम्म विस्तार हुनेछ ।

ध्रुवीय भालुको अस्तित्व संकटमा

यो परिवर्तनले ध्रुवीय भालुको अद्वितीय बासस्थानलाई गहिरो रूपमा असर गर्ने जोखिम बढ्ने छ ।

“यस्ता परिवर्तनहरू सम्भवतः कम्तिमा ८०, हजार वर्षदेखि आएका छैनन्, र यसले स्थानीय र विश्वव्यापी मौसमका साथै पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण प्रभाव पार्नेछ,” वैज्ञानिकहरूको टोलीले लेखेको छ ।

यस क्षेत्रमा बस्ने ध्रुवीय भालु, सिल र वालरसहरूको अस्तित्वलाई नाटकीय रूपमा असर गर्ने छ । बरफको अल्बेडो-अर्थात् यसको परावर्तक शक्ति, जसले सौर्य ऊर्जाको अंशलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्न अनुमति दिन्छ -धेरै कम हुनेछ । त्यसले गोलार्धको तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) लाई बढावा दिनेछ ।

त्यसले गर्दा समुद्रमा आउने छालको उचाइ पनि बढ्न सक्छ। त्यसले समुद्री क्षेत्र वरिपरि तटीय कटानलाई गति दिन सक्छ। बरफ मुक्त भएपछि त्यो क्षेत्र खानी र तेल निकाल्नकालागि समेत अधिक कमजोर हुनेछ।

तपाइँको प्रतिक्रिया