आइतबार, पुष ७, २०८१

नेपालमा गिद्धको उडानबाट ‘प्याराहकिङ’ खेल आविष्कार

नेपालप्लस संवाददाता२०७८ चैत २ गते १४:१६

Photo courtesy of Scott Mason. via blog.animalogic.ca

सन् २००१ मा नेपालमा स्कट मेसनले प्याराहकिंगको आविष्कार गरे । यो खेल, उडानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित, चुनौतिपूर्ण अवधारणा मानिन्छ अहिले । यसले फाल्कनरी (वाजका उडान) लाई प्याराग्लाइडिङसँग जोडेर एउटा महत्त्वपूर्ण संरक्षण सन्देश दिनुको साथै अद्वितीय साहसिक खेल प्रदान गर्दछ ।

सन् २००५ मा उनले एशियाका गिद्धहरूको दुर्दशाका बारेमा ध्यानाकर्षण गर्नको लागि फ्लाइट फर सर्वाइभल फिल्म बनाए । यो पुरस्कार-विजेता फिल्म बन्यो । गम्भीर रूपमा लोपोन्मुख चराहरू जुन इकोसिस्टमका लागि महत्त्वपूर्ण छन् तर तिनीहरूबारेमा नकारात्मक प्रचार गरिएको स्कटमे एनिमालोजिकमा उल्लेख गरेका छन् ।

स्कट नेपाल भ्रमणमा थिए । त्यो बेला गूँडबाट खसेका ब्ल्याक काईट (चील) का दुईवटा चल्ला उद्धार गरे । तिनीहरू केवल एक दुई दिनका थिए । हातलेनै हुर्काउन आवश्यक थियो । उनले प्याराग्लाइडिङ कम्पनी चलाउने साथीसँग मिलेर उनीहरूलाई प्याराग्लाइडरसँगै उडाएर उडानको तालिम दिने निर्णय गरे ।

एक साँझ स्थानीय बारमा बियर पिएर बसिरहेका बेला उनको दिमाखमा नयाँ नाम फुर्‍यो- पाराहाईकिङ । प्रारम्भमा उनको बिचार असहाय चराहरूलाई तालिम दिएर उड्न सिकाउने र फेरि प्रकृतीमै स्वतन्त्र छोडिदिने थियो । उत्कृष्ट हावाको वहावको तरिका, सिद्दान्त (थर्मल) हरूमा मार्गदर्शन गर्न र पाराहकिङलाई संवर्धन गर्ने, अभ्यास गराउन प्रयोग गर्ने उद्देश्य हाम्रो थियो।

स्कटका अनुसार पाराहकिङ प्रशिक्षित इजिप्टियन गिद्धसँग गरिने प्याराग्लाइडिङ सित संवन्धित छ । यो अनौठो अनुभवले मानिसलाई यसको प्राकृतिक वातावरणमा शिकारी चरासँग अन्तरक्रिया गर्ने मौका दिन्छ । यसले र्याप्टर (शिकारी समुदायका चरा) हरूको उडान व्यवहारको अध्ययन गर्ने अवसर प्रदान गर्दछ जुन पहिले कहिल्यै थिएन । इजिप्सियन भल्चर भनिने नेपालमा पाइने यो जातका गिद्दसित यस्तो खेल अन्य देशमा कतैपनि विकास भएकै थिएन ।

स्कटको अनुभव छ- आकाशमा तिनीहरूको संसारको हिस्सा बन्न पाइन्छ । उडानको क्रममा चराहरूले उत्कृष्ट थर्मलहरूमा लैजान्छन् र अर्को थर्मल खोज्नको लागि सुन्दरतापूर्वक उड्नु अघि मासुको सानो इनाम दिईन्छ ।

उनले ब्ल्याक काईट (चिल) को उडानबाट प्याराहकिंगमा लामो समयको भविष्य कहिल्यै देखेनन् । ब्ल्याक काईट (चिल) हरू अब प्याराग्लाइडरहरूसँग उड्दैनन् । किनभने तिनीहरूले खाना प्राप्त गर्ने सजिलो तरिकाहरू छन् भनेर सिकेका छन् । तर तिनीहरू अझै पनि शिकारको लागि पक्षी अनुभव र प्रदर्शनका कार्यक्रममा भने प्रयोग गरिन्छ ।

स्कटले एनिमालोजिक पत्रीकामा भनेका छन् “सुरुमा इजिप्शियन गिद्धहरू प्राप्त गर्ने हाम्रो कुनै मनसाय थिएन । तर त्यसपछि हामीले दुई वर्षको फरकमा दुईवटा इजिप्शियन गिद्धहरूलाई बचायौं । तिनको नाम हामीले केभिन र बब राख्यौं । तिनीहरू दुवै हामीकहाँ सानै उमेरमा आएका थिए । त्यसैले हातले हुर्काउनुपर्‍यो । साना भएकाले जंगलमा छोड्न सकिँदैनथ्यो । पाराहकिङका लागि उनीहरूलाई तालिम दियौं । उनीहरू कति अचम्मका लागे भने उनीहरू नेपालमा गिद्धहरूको राजदूत बन्न सक्छन् भन्ने कुरा मैले चाँडै बुझें ।”

एशिया र अफ्रिका दुवै देशमा गिद्धहरू सिनोका प्राथमिक उपभोक्ता हुन् । तिनीहरू प्रकृतिका सफाईकर्ता हुन् जसले घरेलु र जंगली जनावरहरूको शव खाएर इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेल्छन् । तिनीहरू बिना लाखौं टन जनावरको शव सड्न सक्छ जसले मानव स्वास्थ्य समस्याहरू निम्त्याउँछ ।

अब त घाईते गिद्दहरुलाई उपचार गरेर तिनलाई खेल सहयात्रि, पर्यटक आकर्षणको माध्यम र प्रक्रितिमा अन्य चरालाई संरक्षण गर्न उडानको तालिम दिने प्रशिक्षकसमेत बनाउन सकिने देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक