कोरोना बिरुद्दको खोपकालागि विश्वभरि होडबाजी
सन् २०२० जनावरी देखि विश्वले कोविड १९ महामारीको सामना गर्नु परेको छ । यूरोपियन युनियनले खोपका लागि अनुसन्धानलाई समर्थन गरिरहेको छ । यसको रणनीति के हो ? यसले वैज्ञानिक प्रगतिलाई के कसरि अगाडि बढाइरहेको छ ? यसबारेमा धेरैलाई प्रस्ट जानकारि भएको देखिन्न । यथार्थता के हो भने युरोपियन आयोगले खोपको खोजीका लागि उपलब्ध गराएको वित्तीय स्रोत जनवरीमा १० करोड यूरोबाट जूनको मध्यमा दुई अरव ७० करोड युरो पुगेको छ । यसको उद्देश्य सबभन्दा उन्नत निजी प्रयोगशालाहरूको वित्त पोषण गर्नु र सदस्य देशहरुबिच साझा गरिने प्रि-अर्डर डोजहरू बाँडेर लिनु ।
युरोपेली आयोगले एक अरब ३१ करोड ५० लाख डोज अर्डर गर्न पाँच प्रयोगशालाहरूसँगको छलफलपछि अहिले एक उन्नत चरणमा पुगेको छ । यसको प्राथमिकता समग्र यूरोपियन नागरिकहरूको स्वास्थ्यकालागि हो । तर यसले खोपमा विश्वव्यापी पहुँचको निस्चिततापनि गर्न चाहन्छ ।
सन् २०२० को सुरूदेखि नै कोरोनाभाइरसबाट दुई लाख भन्दा बढिको मृत्यु भएपछि युरोपले महामारीको लागि ठूलो मूल्य तिरेको छ जसले सम्पूर्ण संसारलाईनै असर गर्छ । संकटको सामना गर्दै यूरोपीयन संघले स्वास्थ्य योजनाहरुमा पहिले (चिकित्सा उपकरणको समन्वय इत्यादि), त्यसपछि आर्थिक (घाटा नियमहरुमा छूट आदि) र सामाजिक योजनामा सहयोग पुर्याएको छ । त्यसपछि आंशिक बेरोजगारीलाई ध्यान दिएको हो ।
तर यी उपायहरू मध्ये एक खोपको खोजिले आज महत्त्वपूर्ण स्थान र आर्थिक पाटो ओगटेको छ । किनकि खोपबिना दिर्घकालिन समाधान हुने देखिँदैन ।
यो रणनीतिले हाल अलि अलि आकार लिएको हो । यो सबै जनवरी ३१ मा शुरू भयो जब युरोपियन आयोगले अनुसन्धानका लागि समर्पित “होराइजोन २०२०” लाई “यस रोगलाई अझ राम्ररी बुझाउनुपर्ने” भन्ने कार्यक्रमबाट १० करोड युरो परिचालन गरिरहेको घोषणा गरेको थियो । यसका लागि अनुसन्धान तथा खोजको आयुक्तमा मारिया गब्रिएलले थिईन् । पहिलो प्रतिबद्धता पहिले नै एउटा खोपको विकास गरिहाल्ने थियो । त्यसको लागि अनुसन्धानमा खर्च गर्ने उद्देश्यले थियो । तर नयाँ उपचार, परिक्षण वा अन्य मेडिकल आविष्कारहरू पत्ता लगाउनपनि उत्तिकै जोड दिईयो जसले भाइरसको प्रसारलाई रोक्न सक्छ ।
महाद्वीपमा महामारीको गति बढ्ने बित्तिकै युरोपेली संघले जनवरीमा लिएको पहिलो कदम पछि अन्य पहलहरू पनि थिए । जस्तो: मार्च ६, २०२० मा युरोपियन आयोगले खोपको खोजीका लागि थप ३७ करोड ५० लाख यूरो परिचालन गर्यो । होराइजोन २०२० अनुसन्धान र खोज कार्यक्रमलाई विनियोजन गरिएको रकमबाट अझै रकम प्राप्त गरिएको छ जसले १७ वटा वैज्ञानिक परियोजनाहरु सन्चालन गरेको छ । यो वैज्ञानिक टोलीमा १३७ अन्वेषकहरु संलग्न छन् । यो टोलीलाई युरोपेली आयोगले आर्थिक सहयोग दिएको छ । खोपको खोजी गर्ने योजना मात्रै खर्च गरिने क्षेत्र होइन । युरोपियन आयोगले यसको प्राथमिकतामा जोड दिएको छ । नयाँ औषधिहरूको लागि एक पहल गरेको छ जसको कारण ब्रसेल्सले कोरोना भाइरसको बिरूद्ध अनुसन्धानमा जम्मा १४ करोड यूरो जम्मा गर्न सक्षम भएको दाबी गरेको छ । युरोपेली आयोगले सन् २०१४ देखि सन् २०२० सम्मकालागि ४५ करोड युरो लगानी गरेको छ ।
तीन महिना पछि जुन १६ मा यूरोपियन आयोगले अझ ब्यापक खाले खोप अनुसन्धान रणनीति प्रस्तुत गर्यो । यहाँ फेरि महत्वपूर्ण काम भएको छ । आयोगले यस युरोपेली आपातकालीन सहायता उपकरणको माध्यमबाट यस परियोजनालाई दुई अरब ७० करोड युरो दिने दाबी गरेको छ । यसमा उच्च वैज्ञानिक महत्वाकांक्षा त छँदै छ यसले महत्वाकांक्षी योजना बनाएको छ । किनभने यसले १२ देखि १८ महिना भित्रैमा खोप निकाल्ने योजना बनाएको छ । यो किन महत्वाकांक्षी हो भने यस प्रकारको खोपको अनुसन्धान गर्न सामान्यतया १० वर्ष लाग्छ ।
युरोपेली र बाँकि विश्वकालागिपनि खोप प्राथमिकता
यूरोपेली आयोगले कोरोना भाइरस बिरुद्द लगाउने खोपको खोजीमा लगानी गरिरहेको छ । यो प्राप्त गर्न यसको रणनीति दुई मुख्य सिद्धान्तमा आधारित छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला फोनडेर लेनले बारम्बार दोहोर्याएको कुरा स्मरणिय छ : “युरोपेली संघ त्यो बेला मात्र सुरक्षित हुनेछ यदि बाँकी विश्व सुरक्षित भयो भने ।” स्पष्टतया, खोपका लागि खोजीमा संलग्न अन्य ठूला शक्तिको विपरीत पूर्व दक्ष अनुसन्धानकर्मी चिकित्सकहरुले बहुपक्षीय र सहकारी दृष्टिकोणलाई समर्थन गर्छन् । एउटा दृष्टिकोण जसको आधारमा अनुसन्धान र नयाँ खोजका क्षेत्रमा धनी र सबभन्दा उन्नत देशहरूले उनीहरूको जनसंख्याको रक्षा गर्नका लागि मात्र नभई कम विकसित देशका नागरिकहरूलाई अन्ततः लाभान्वित बन्न सक्षम पार्ने जिम्मेवारी पनि छ ।
त्यसैले युरोपेली आयोगले विश्वव्यापी तहमा दाता सम्मेलन आयोजना गर्यो । यो पहल, कहिलेकाहीँ कोविडथन उपनामले चिनिन्छ । यसमा राज्य र यस ग्रहको ठूलो भाग्यबाट एक अरब ५० करोड भन्दा बढि जम्मा गरेको छ । यो पैसा खोपको लागि विश्वव्यापी पहुँचको ग्यारेन्टी गर्न प्रयोग हुनेछ । र विशेष गरी अफ्रिकी महादेशमा सहयोग गरिने छ । यस सन्दर्भमा युरोपेली आयोगले गाभीलाई ६ करोड यूरो दिने वाचा गरेको छ । यो विश्वव्यापी सार्वजनिक-निजी साझेदारी हो जसले विश्वमा खोपको लागि समान पहुँच दिन काम गर्दछ ।
आफ्नो तर्फबाट चीन र रसिया सार्वजनिक अनुसन्धान प्रयोग गर्न बढि इच्छुक छन् । पहिलोले आफ्नै कार्यक्रम विकास गरिरहेको छ र आफ्नो सेनाको क्षेत्रमा प्रयोगात्मक भ्याक्सिन प्रयोग गर्ने अधिकार प्रदान गरेको छ । रूसले आफ्नो पक्षका लागि अगस्टको शुरुमा एक राज्य प्रयोगशाला र अन्य प्रयोगशालाले रक्षा मन्त्रालयको साझेदारीमा विकसित गरेको दुई खोप औद्योगिक स्तरमा उत्पादन सुरु गर्ने घोषणा गरिसक्यो । रसियाका राष्ट्रपति भ्लादिमीर पुटीन आफैंले घोषणा गरे कि उनका दुई छोरीमध्ये एक जनालाई खोप लगाइसकिएको छ त्यो उत्पादनले “स्थायी प्रतिरक्षा” दिएको छ । तर वैज्ञानिक समूदायबाट यसको व्यापक रूपमा विवाद नगरिएको भने होइन ।
युरोपियन अनुसन्धान कहाँ छ ?
युरोपेली रणनीतिको अन्य विशेषता भनेको निजी अनुसन्धानकालागि अनुदान हो । युनियन निजी प्रयोगशालाहरू द्वारा आरम्भ गरिएको प्रोजेक्टहरूको प्रायोजक र फाइनान्सर हो । एक सरल सिद्धान्तमा आधारित रणनीति, खोप पूर्ण निर्माण नहुँदै पूर्व खरीद गर्नु । प्रयोगशालाहरूको लागि रकम पहिलेनै उपलब्ध गरिएको छ जसको अनुसन्धान कार्यक्रमहरू विश्वासयोग्य मानिन्छ र उनीहरूलाई आर्थिक प्रतिबद्ध गर्न पर्याप्त आधार विश्वसनिय देखिन्छ । यस लगानीको बदलामा युनियनलाई के फाईदा ? सहज छ, पहिलेनै आर्थिक सहयोग लिएपछि प्रयोगशालाहरूले आफ्नो हिस्साका लागि यूरोपियन देशहरूमा उत्पादित खोपको मात्रा प्राथमिकताका रूपमा उपलब्ध गराउने काम गर्नुपर्छ ।
यूरोपियन आयोगले यसकारण १७ जुलाईमा सानोफी र जिएसके प्रयोगशालाहरु सँग सम्झौता गरिसकेको छ । त्यसमा ३० करोड मिलियन मात्रा अग्रिम माग गरेर सम्झौता गरेको छ । यो खोप सेप्टेम्बरमा क्लिनिकल परीक्षणको विषयको रूपमा आउन अझै बाँकी छ । यदि वैधता प्रमाणित गरियो भने २०२१ को पहिलो आधा आधिमै बजारमा बिक्री गर्न सकिन्छ । युरोपियन युनियनले यी दुई प्रयोगशालाहरूको प्रयोग गरेको संयोग मात्र हो । एउटा फ्रान्सेली हो र अर्को बेलायती । सनोफीले यो सुनिश्चित गरेको छ कि खोपको उत्पादन यूरोपियन भूमिमा हुने छ ।
यो ईयू रणनीतिको ढाँचा भित्र पर्दछ । फार्मास्यूटिकल उत्पादन श्रृंखलामा एक निश्चित स्वायत्तता युरोपलेनै पुनः प्राप्त गर्ने । कोरोनाको संकटले वास्तवमा ईयूको चीनमा रहेको प्रयोगशालाहरूमा ठूलो निर्भरतालाई रेखांकित गरेको छ । सन् १९९० मा युरोपले आफूलाई चहैने ड्रगको ८० प्रतिशत ड्रग्स आफ्नै भूमीआ उत्पादन गर्थ्यो । आज, युरोपले खपत गर्ने औषधीको ८० प्रतिशत चीनले उत्पादन गर्दछ ।
यद्दपि, एउटा प्रश्न अनुत्तरित छ : सानोफीले संयुक्त राज्य अमेरिका र युरोपियन युनियनबाट प्राथमिकता प्राप्त गरिसकेपछि यस स्कूपबाट वास्तवमा कसले फाइदा पाउने हो ? सन् २०२० को मध्यतिर यसको बारेमा सोध्दा, फ्रान्सेली उध्योग मन्त्री आन्यिँयँ पानिय रुनासियले यस प्रश्नको पूर्ण उत्तर नदिइकनै आस्वस्त पार्ने कोसिस गरेका थिए “सनोफी फ्रान्सका हाकिमले मलाई यो खोप सबै देशहरूमा सुलभ हुनेछ भनेर आस्वस्त पारेका छन् । स्पष्ट रूपमा यो फ्रान्सेलीमा पहुँच योग्य हुनेछ, विशेष गरि यसको उत्पादन गर्ने क्षमता फ्रान्समा भएकोले ।”
यस बारेको चासो र गतिशीलता त्यसपछिका हप्ताहरूमा द्रुत भयो । बिहीबार १३ अगस्टमा यूरोपीयन आयोगले अमेरिकी प्रयोगशाला जोनसन एण्ड जोनसनको बेल्जियमको सहायक कम्पनी जानसेन फार्मास्युटिकलसँग दोस्रो सम्झौतामा हस्ताक्षर गर्यो । यो सम्झौताले समूहलाई यसको सम्भावित खोपको २० करोड डोज आरक्षित गर्न प्रदान गर्दछ । २० करोड थप डोज सम्भावित दोस्रो वितरणको लागि भनेरपनि सम्झौतामा तोकियो । अर्को दिन, उनले ३० करोड डोजका लागि एङ्लो-स्विडेनी एस्ट्राजेनेकासँग पनि यस्तै गरिन् । फेरि २३ करोड ५० लाख डोजकालागि अगस्ट २० मा जर्मन प्रयोगशाला क्युरेभ्याकसँग प्रारम्भिक छलफल गरिन् । अन्तमा, उनले अगस्ट २४ मा अमेरिकी मोडर्नासँग यसै गरेर आठ करोड थप दोजको लागि संझौता गरिन् ।
समानान्तर युरोपेली अन्तर सरकारी पहल
३ जुनमा जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सले कोभिड १९ खोपको लागि युरोपियन गठबन्धनको आरम्भ गरे । एक परियोजना ‘यूरोपीयन आयोगको संयोजन’मा सम्पन्न भयो । र युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूका लागि खुला गरे त्यस परियोजना । यो पहल युरोपियन आयोगमा प्रतिस्पर्धा गर्नको लागि पुरक बन्नका निम्ति हो ।
वास्तवमा यो गठबन्धनले एस्ट्राजेनेका प्रयोगशालामा सम्भावित खोपको ४० करोड डोज आरक्षित गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । “यस्तो सम्झौता कडा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा बिरामीको लागि पहिलो बिमाको रूपमा सम्भावित खोपको पहुँच सुनिश्चित गर्न सम्भव बनाउँदछ” भन्दै फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभिय भेराँले स्वागत गरेका छन् ।