मंगलबार, वैशाख १८, २०८१

सरकारबाट बाहिरिने समर्थन चाहिँ गर्ने स्वतन्त्र पार्टीको भित्रि स्वार्थ के ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ माघ २२ गते १६:१४

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तत : सरकारबाट बाहिरिने निर्णय गरेको छ। तर सरकारलाई समर्थन भने जारि राख्ने भएको छ । झट्ट सुन्दा यो अचम्म लाग्दैन ? सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने वा सरकारलाई समर्थन जारि राख्ने ।

कुनैपनि राजनितिक पार्टी मुलत आफ्ना निति, पार्टीका सिद्दान्तहरु नमिलेसम्म सरकारमा जाँदैन । किनकि पार्टी चल्ने उसको निति र सिद्दान्तलेनै हो । जब सरकारमा जान्छ तब उसले आफ्ना निति र सिद्दान्त अनुसार काम गर्छ । उसका निति र सिद्दान्त स्थापित गराउन खोज्छ । आफ्नो बहुमत नहुँदा पनि सरकारमा साझेदार दलसित त्यहि शर्त राख्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी राजनितिको यहि मुल मर्म र निति बिरुद्द निर्णय् गर्दै ‘सरकारबाट बाहिरिने’ निर्णय गरेको छ ।

अब प्रश्न उठ्छ, यदि आफ्नो दललाई मन परेन सरकारको काम, सरकारमा सम्मिलित दलहरु, आफ्नो निति र सिद्दान्त बिरुद्द छ भने सरकारलाई समर्थन किन ? यदि पार्टीको निति र आदर्शसित मेल खाछ भने किन सरकारबाट बाहिरिने ? आफैंले समर्थन गरेको सरकारबाट बाहिरिन मिल्छ ? वा आफ्नो पार्टी बाहिरिएको सरकारलाई समर्थन ? पार्टीको सभापतीले गृह मन्त्रीबाट बाहिरिन पर्नासाथ सरकारबाट बाहिरिने ? पार्टीका अन्य कोहि ब्यक्ति आफूले समर्थन गरिरहेकै सकारमा जान नमिल्ने ?

एउटा राजनितिक पार्टी जो सरकारमा गएर देश बनाउन चाहन्छ त्यस्तो पार्टी जसले सारा नेता र पार्टीहरुलाई देश बिगार्ने, भत्काउने, अत्याचार, असुरक्षा र आर्थिक बिपन्नताको मुल जड हालका पार्टीहरुनै हुन् भन्ने मुल नारा अघि सारेको थियो । तर जसलाई मुलुक नबन्नुका प्रमुख दोषी भनिँदै आएको थियो त्यहि दलका, तिनै नेताका पछ्यौरी समातेर पार्टी अध्यक्ष रवी लामिछाने सरकारमा गए । प्रधानमन्त्री पछिको दोस्रो शक्तिशाली गृह मन्त्रालय लिए ।

तर नागरिकता काण्डसँगै उनी बाहिरिनुपर्‍यो । तर अब के उनी बाहिरिएसँगै सम्पूर्ण पार्टीनै मर्‍यो ? लामिछाने बाहेक अन्य कोहि ब्यक्तिनै छैन त्यो पार्टीमा ? देश हाँक्ने पार्टीको नेत्रित्व भन्नुनै के एक जना ब्यक्ति मात्रै हो ? स्वतन्त्र ब्यक्तिका रुपमा होइन कि पार्टीका तर्फबाट उम्मेदवार बनेको ब्यक्ति बाहिरिँदैमा पार्टीनै बाहिरिनुपर्ने किन ?

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र राष्ट्रिय पार्टीको निर्णयले मुलत के संकेत गर्छ ? पहिलो त के भने यो पार्टीमा सर्वेसर्वा अर्थात् पार्टी हाँक्न सक्ने ब्यक्ति लामिछाने बाहेक अर्को कोहि छैन । त्यसैले यो पार्टीमा जे निर्णय हुन्छ त्यो ब्यक्ति हेरेर अर्थात् ब्यक्ति केन्द्रित हुन्छ । पार्टीमा रवी लामिछाने र उनका समर्थक यति शक्तिशाली छन् कि यो पार्टीमा पार्टी भनेको रवी लामीछाने, रवी लामिछाने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो भन्ने भन्ने स्थापित गर्न खोजिएको छ ।

आफूले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर बाहिरिने किन ? रवी लामिछानेले गृह मन्त्री नपाउँदा सरकारबाटै बाहिरिने किन ? पार्टीका अन्य कोहि नेता अर्को कुनै मन्त्रालय लिएर सरकारमा जान सकिन्न ? अर्को कुनै मन्त्रालयबाट जनताका पक्षमा राम्रो काम गरेर लोकप्रियता हाँसिल गर्न सकिन्न ?

राष्ट्रिय स्वतन्त्र पार्टीको यो निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीमा राजनितिक भविष्य खोज्नेहरुकालागि झनै डरलाग्दो छ । किनभने यदि रवी लामिछाने गृह मन्त्री हुन पाउँदैनन् भने अरु कोहि मन्त्री हुन पाउँदैन । अर्थात् मन्त्री हुनु भनेको त्यो ब्यक्ति थप बलियो, सरकार चलाउन परिपक्क, अनुभवी बन्नु हो । सरकारमा केहि राम्रा काम गरेर जनतामा स्थापित हुनसक्ने संभावना बोक्नुपनि हो । सरकारमा बसेर राम्रो काम गर्ने ब्यक्तिलेनै भोलि पार्टीमा थप बलियो भएर नेतृत्व लिन सक्छ । त्यसैले आफैं बिरुद्दको यस्तो जोखिम लामिछाने र उनका पक्षधरले अन्य ब्यक्तिलाई दिन चाहँदैनन् । उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी लामिछाने र उनैका भित्रियाको चंगुलमै राखिरहन चाहन्छन् ।

यसरि सरकारबाट बाहिरिने तर समर्थन फिर्ता नलिनुको अर्को कारण के भने सरकारमा जान सक्ने संभावनाको ढोका पूर्णरुपमा बन्द चाहिँ नगर्ने । अर्थात्, झ्यालको चरबाट सरकारमा जाने बाटो खुलै छोड्ने । आफूले समर्थन फिर्ता लिएको खण्डमा बर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनको ठाउँमा अन्य कुनै दलको समर्थन लिएर अगाडि बढ्न सक्छ । वा आफूले समर्थन लिएमा अन्य कुनै दलले केहि मन्त्री पद लिएर सरकारलाईस् समर्थन गर्न सक्छ । आफूले गृह मन्त्रालय नपाएपछि अरु कुनैपनि दलका अन्य नेतालाई मन्त्री हुन नदिने निति लामिछाने र उनका पक्षधरको देखिन्छ ।

लामिछाने पक्षधरले यदि सरकारमा समर्थन फिर्ता लिएमा फेरि सरकार अस्थिर हुनसक्छ र त्यसको दोषी जनताले आफ्नो पार्टीलाई बनाउनसक्छन् भन्ने सोचेकोसमेत देखिन्छ । सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि भित्र भित्रै सरकारसित बार्गेनिङ जारि राख्ने र लामिछानेको अदालती मुद्दाको सम्पूर्ण किनारा लागिसकेपछि फेरि बार्गेनिङ गरेर सरकारमा जाने निति लामिछाने र उनका पक्षधरको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक