बुधबार, असोज ३०, २०८१

हिमनदी पग्लिएकाले स्विजरल्याण्ड र ईटाली नयाँ सिमा कोर्दै

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०८१ असोज १४ गते २३:५२

यी तस्बिरहरू बीच पन्ध्र वर्ष पुग्न एक दिन अकम छ । स्विट्जरल्याण्डको रोन हिमनदीमा लिइएको तस्विर छ । Photo source-Duncan Porter, @misterduncan

स्विट्जरल्याण्ड र इटालीले सिमानालाई पुन: कोरेका छन् ।

हिमनदीहरू पग्लिएर सीमा सरेकाले स्विजरल्याण्ड र ईटाली दुई देशको सिमारेखा पुन कोरेका हुन् ।

जलवायु परिवर्तनले हिमनदीहरू पग्लिरहेकोले देशका सिमाहरुपनि सरेका छन् । हिमनदीको बहाव बदलिएपछि ऐतिहासिक रूपमा दुई देशहरू बीचको सीमा चिन्ह सर्ने वा मेटिने गरेपछि उनीहरुले नयाँ सिमा कोरेका हुन् ।

स्विजरल्याण्डको प्रख्यात म्याटरहोर्न पहाड मुनि रहेको थियोडुल हिमनदीले सन् १९७३ र २०१० को बीचमा आफ्नो झण्डै एक चौथाइ क्षेत्र गुमायो। यसले बरफको मुनिको चट्टानलाई तोडिदियो । पानी बग्ने भाग पनि परिवर्तन भयो र दुई छिमेकी स्विजरल्याण्ड र ईटालीलाई उनीहरूको सीमानाको लगभग १०० मिटर लामो रेखा पुन: कोर्न बाध्य पार्यो।

“सिमानाको महत्त्वपूर्ण भागहरू जलक्षेत्र वा हिमनदीको किनाराका लाइनहरू, उठेको भाग वा स्थायी हिउँद्वारा परिभाषित गरिएको छ,” स्विस सरकारले गत हप्ता विज्ञप्ति जारि गर्दै भनेको छ “हिमनदी पग्लिने कारणले गर्दा यी संरचनाहरू परिवर्तन हुँदैछन्।”

स्विजरल्याण्डले शुक्रबार आधिकारिक रूपमा परिवर्तनलाई अनुमोदन गरेको छ। इटालीले भने अनुमोदन गर्न बाँकी छ तर यो सानो सीमा सुधार भएकोले स्विट्जरल्याण्डले द्विपक्षिय सहमतिको अनुमोदन गरे पुग्छ ।

उनीहरुले कोरेको सीमा परिवर्तन कार्यान्वयन हुनेछ र दुवै देशले हस्ताक्षर गरेपछि सम्झौता प्रकाशित हुनेछ।

पहाडी क्षेत्रमा बस्ने तिर्थालु, यात्री वा पदयात्रीको शरणस्थल कुन देशको हो भन्ने निश्चित नभएपछि सन् २०२२ देखि सीमा सर्नु पर्ने सम्भावना देखिएको हो ।

स्विट्जरल्याण्डको राष्ट्रिय नक्साङ्कन एजेन्सी स्विसस्टोपोले अस्ट्रिया, फ्रान्स, जर्मनी, इटाली र लिचेस्इनसँगको भूपरिवेष्ठित स्विट्जरल्याण्डको १,९३५ किलोमिटर सीमानामा ७,००० सीमा मार्करहरूको जिम्मेवारी लिने गर्छ ।

सीमा समायोजन बारम्बार र सामान्यतया सीमावर्ती देशका सर्भेयरहरू द्वारा बुझेर, तुलना गरेर, राजनीतिज्ञहरू संलग्न नगरी बनाईन्छ यि देशहरुमा ।

स्वीस ग्लेशियरहरू पहिले भन्दा छिटो पग्लिरहेका छन्

युरोप पृथ्वीमा सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश हो । उच्च तापक्रमले महादेशका हिमनदीहरू डरलाग्दो दरमा पग्लन थालेका छन् ।

‘झूट बोल्ने छैन, यसले मलाई रोवायो’ स्विट्जरल्याण्डको रोन हिमनदीमा तस्विर लिँदै डुनकन पोर्टेयर दम्पत्तीले आफ्नो ट्विटरमा भनेका छन् ।

२०२१ र २०२३ को बीचमा, स्विट्जरल्याण्डले आफ्नो १० प्रतिशत हिमनदीहरू गुमाएको छ जुन देशको पूर्व र दक्षिणमा रहेको छ । त्यो म्याटरहर्न अवस्थित क्षेत्र हो जुन् विशेष गरी नराम्ररी प्रभावित छ ।

“स्विस ग्लेशियरहरू छिटो भन्दा छिटो पग्लिरहेका छन्,” स्विस एकेडेमी अफ साइन्सेसले क्षतिको घोषणा गर्दा भनेको छ ।

“बढ्ने क्रम नाटकीय छ: हामीले दुई वर्षमा १९६० र १९९० को बीचमा जतिनै बरफ गुमायौं।”

सन् २०२३ को ग्रीष्म विश्वको सबैभन्दा तातो थियो जबकी रेकर्डहरू जीवाश्म ईन्धनको कारणले गर्दा विश्वको तापक्रम बढ्ने क्रम सुरु भयो ।

इटालीको सबैभन्दा प्रसिद्ध हिमनदीहरू मध्ये एक, इटालियन आल्प्समा डोस्डेले गत वर्ष सात मिटर गुमायो । किनकि हिउँ पग्लनबाट जोगाउन हिमनदीलाई छोप्ने पर्याप्त हिउँनै थिएन।

तपाइँको प्रतिक्रिया