मंगलबार, वैशाख १८, २०८१

किन खाए फ्रान्सेली राष्ट्रपतीले थप्पड ?

नेपालप्लस संवाददाता२०७८ जेठ २६ गते १५:०३

Photo-france24.com screen shot

दोस्रो चरणको राष्ट्रपतिय उमेदवारीको प्रचारप्रसार गर्न आफ्नै क्षेत्र पुगेका फ्रान्सेली राष्ट्रपतीले आफ्नै क्षेत्रका एक युवाको थप्पड खाएको घटना विश्वभरि चर्चामा छ । दक्षिणी फ्रान्सको ड्रोम भन्ने ठाउँमा मंगलवार प्रचारप्रसारकालागि पुगेका उनलाई बाटोमा हिँड्दै गर्दा एक युवाले एक्कासि थप्पड हानेपछि यो घटनाले अनेक प्रश्न उब्जाएको छ ।

फ्रान्स यस्तो देश हो जहाँ बेरोजगारहरुले बेरोजगारी भत्ता पाउँछन् । आजिवन बेरोजगार बस्नेलाईपनि सामाजिक भत्ताका नाममा बाँच्न पुग्ने भत्ता दिईन्छ । स्वास्थ्य, शिक्षा र बासको सुनिस्चित गरिएको छ । कोरोना कालमा सरकारले ब्यापारीहरुलाई भाडा तिरिदिने, बेरोजगारलाई विशेष भत्तादिने, नगरपालिकाहरुबाट अनेक सहयोग र खानाको विशेष ब्यवस्था गरिदिएको थियो, अझै छ । यति सुविधा पाउँदापनि राष्ट्रपतीमाथि किन यस्तो बितृष्णा जाग्यो होला ? किन थप्पड हाने ?

“आफ्नो क्षेत्रमा फ्रान्सको भ्रमण” भन्ने नारा दिएर ड्रोम पुगेका राष्ट्रपतीमाथि ड्रोम क्षेत्रको ताँ लेर्मिताज भन्ने गाउँमा पुगेको बेला थप्पड हानेको ड्रोम क्षेत्रका अधिकारीहरुले सार्वजनिक गरेका हुन् । थप्पड खाँदै गरेका बेला राष्ट्रपती होटेल ब्यवशायीलाई लकडाउनका बेला परेको आर्थिक संकटमा केकसरि र कस्तो सहयोग गर्न सक्छ राज्यले भनेर छलफल गर्दै थिए ।

उनलाई थप्पड लगाउँदा ति ब्यक्तिले ‘मो ज्वा सँदेनी, डाउन विथ माख्रोंनी’ भन्दै चिच्याएका थिए । यो नारा १९ शताब्दीदेखि प्रचलनमा रहेको छ । यो नारा अति दक्षिणपन्थी वा अतिवादीले गालीको रुपमा प्रयोग गर्दै आएका छन् । ‘राजालाई बचाउने सँदनी पादरी वा रक्षक तँ माँख्रों मुर्दाबाद’ भन्न खोजिएको हो ।

ट्वीटरमा पोष्ट गरिएको एक अंशमा एमानुएल माख्रों बार पछाडि उभिएका मान्छेहरूको समूहको नजिक आइरहेको देखिन्छ । त्यसपछि एक व्यक्तिसँग छोटो कुराकानी गर्दै देखिन्छन् । राष्ट्रपतिको पाखुरामाथिको भाग समातेर उक्त व्यक्तिले उनलाई गालामा हिर्काएको जस्तो देखिन्छ । त्यसपछि एमानुएल माख्रोंका रक्षकले त्यस ब्यक्तिलाई थप्पड रोक्ने प्रयास गरेको देखिन्छ । यस घटनापछिपनि राष्ट्रपतिले आफ्नो भ्रमण जारी राखेको राष्ट्रपतीको कार्यालय एलिजे प्यालेसले उल्लेख गरेको छ ।

त्यहि भिडियोमा थप्पड हान्नुभन्दा अघि शाहीवादी युद्धको चिच्याई “मों ज्वा सँ-डेनि !” र “डाउन विथ म्याख्रोनी” भन्दै चिच्याइएको छ ।

केही घण्टा पछि फ्रान्सेली राज्य प्रमुखले यस्ता घटनाहरुको निन्दा गर्दै घटनालाई पुनः सम्बोधन गर्न खोजे “अतिवादी व्यक्तिहरूद्वारा यस्ता क्रियाकलाप गर्न प्रतिबनध छ जसले सार्वजनिक बहसलाई आफ्नो कब्जामा लिन खोज्छन् ।”

“म सबैथोक मै हुँ भन्ने महसुस गरेका व्यक्तिहरु रुचाउन्न वा चरम सीमा नाघेर जाने मानिसहरुलाई वास्ता गर्दिन र एक किसिमले बाँकी कामलाई बिर्सन चाहन्न” उनले क्षेत्रीय दैनिक अखबार ल डोफिनसितको अन्तर्वार्तामा भनेका छन् “यस प्रकारको आक्रामकताले हाम्रो अभियान रोकिन्न । ”

राष्ट्रपतीलाई थप्पड हानेलगत्तै दुई ब्यक्तिलाई ड्रोमको नगरप्रहरीले पक्राउ गरेको थियो ।

“पक्राउ परेका दुई मध्ये एक व्यक्ति २८ वर्षका र दोस्रोको उमेर तोकिएको छैन । दुबै जना ड्रमोनिवाशी हुन् जसलाई अदालतले अज्ञात बनाएको छ” भ्यालेन्सका सरकारी वकिल एलेक्स पेरिनले बताएका छन् “हिरासतको यस चरणमा उनीहरूले के कारणले आक्रमण गरे भन्ने थाहा छैन ।” अदालत र प्रहरीले संदिग्ध व्यक्तिको परिचय खुलाएका छैनन् ।

प्रहरी स्रोतका अनुसार घटना दिउँसो १: १५ मा भएको थियो । एमानुएल माख्रोंले त्राँ-लेर्मिटेजस्थित होटेल ब्यवस्थापन अध्ययन गराउने स्कूलको भ्रमण गरेपछि उनले रेस्टुरेन्ट व्यवसायीहरूसँग कोरोना महामारीका बेला ब्यवशायीलाई कसरि समर्थन गर्न सकिन्छ भन्ने बारेमा गम्भीर छलफल गरिरहेका थिए ।

माख्रों राष्ट्रपती बनेदेखि यस अघि सन् २०१८ मा पुइ अँ भाल भन्ने ठाउँमा पहेंलो वस्त्रधारी (येलो भेस्टेड) आन्दोलकारीहरुले अपाच्य बोलेर अपमान गरिएपनि शारिरिक आक्रमण भने गरिएको थिएन ।

प्रतिपक्षी नेताहरु जँ लुक मेलँसों, एरिक कोकेरल, दक्षिणपन्थी पार्टीकि नेत्रि मारिन ल पेन लगायतका नेताहरुले यो आक्रमणको निन्दा गरेका छन् । “राजनितिक बिचार र असहमति भएपनि शारिरिक हमला क्षम्य हुन सक्दैन । राष्ट्रपतीमाथिको आक्रमण हाम्रो गणतन्त्र माथिको आक्रमण हो” ति नेताहरुले भनेका छन् ।

 

आक्रमणको संभावित कारण

खासमा आक्रमणको कारण प्रहरी र स्थानिय अदालत दुबैले उल्लेख गरेका छैनन् । आक्रमणकारि हिरासतमा रहेकाले बयानको क्रममै छन् । त्यसले गर्दापनि कारण खुल्न नसकेको हो ।

तर एमानुल माखो राष्ट्रपती बनेलगत्तै केहि सामाजिक सेवाहरु कटौति गर्न खोजेका थिए । कामदारलाई बिना अक्षम्य दोष वा ठूलो गल्तिबिना कामबाट निकाल्न नसकिने वर्तमान श्रम कानुनलाई हटाउने प्रयासमा थिए । यो कानुन हटाएर ‘हायर एण्ड फायर’ अर्थात् मन नपर्नासाथ रोजगारदाताले कामदारलाई कामबाट हटाउन सक्ने कानुन ल्याउन खोजेपछि माख्रों बिरुद्द मजदुर संघ संगठन र पहेंलो वस्त्रधारीले आन्दोलन् गर्दै आएका थिए । त्यो आन्दोलन अझै रोकिएको छैन । उनीदेखि धेरै मजदूर, श्रमिक रुस्ट थिए ।

अर्को मुख्य कारण माख्रोंले यहाँको समाजवादी पार्टी र दक्षिणपन्थी पार्टी युएमपीलाई तहसनहसनै पारिदिएको आरोप लाग्दै आएको छ । युएमपी र सोसलिस्ट पार्टीलाई छिन्नभिन्न पारेर उनको पार्टी ‘ला रेपुब्लिक अँ माश’ लाई धेरै स्थापित गराए । यहि कारणले पनि वर्षौंसम्म आलोपालो निर्वाचन जित्दै सरकार बनाउँदै आएका पार्टीका नेता र कार्यकर्ता राष्ट्रपती माख्रोंसित रुस्ट छन् ।

त्यस्तै, फ्रान्सको स्वास्थ्य सुरक्षा विमा हटाएर अमेरिकाको जस्तो स्वास्थ्य पद्दती (हाल जस्तो स्वास्थ्यको सय प्रतिशत राज्यले जिम्मेवारी लिने सेवा हटाएर) ल्याउन खोजेको आरोप माख्रोंमाथि लाग्दै आएको छ । यसले धेरैलाई क्रुद्द पारेको छ ।

फ्रान्सको यातायात सेवा विश्वमै उदाहरणिय मानिन्छ । यो सेवा हाल राज्यद्वारा ब्यवस्थित छ र यसले वर्षेनी ठूलो आर्थिक घाटा ब्यहोर्दै आएको छ । माख्रोले राज्यद्वारा ब्यवस्थित र समर्थित यातायात सेवाको केहि भागलाई निजिकरण गरेर फाइदामा लाने, शैक्षिक क्षेत्रलाईपनि केहि हदसम्मा निजिकरण गर्ने लगायतका योजना ल्याएका थिए । त्यसबिरुद्द अनेक चरणमा फ्रान्समा आन्दोलन हुँदै आएको थियो । वर्षौंदेखिको सामाजिक सेवा र सुविधा छिन्नभिन्न पार्न खोजेको भन्दै धेरै नागरिक उनीसित रुस्ट बनेका छन् ।

त्यसो त, राष्ट्रपती, सरकारप्रमुख वा नेतामाथि यस्ता आक्रमण अन्य देश र नेपालका नेतामाथिपनि नभएको होइन । सुशिल कोइराला, झलनाथ खनाल, प्रचण्डमाथिपनि नागरिकले आक्रमण गरेका थिए । उसो त, अमेरिकी राष्ट्रपती जर्ज डब्ल्यु बुसमाथिपनि मध्यपूर्वमा एक पत्रकारले जुत्ताले हानेका थिए । यस्ता घटना विश्वका अन्य मुलुकमपनि नभएका होइनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक