शुक्रबार, मंसिर ७, २०८१

नेपालमा बैज्ञानिक अनुसन्धान र सहकार्यको खाँचो

डा. प्रशान्त ध्वज अधिकारी२०७८ भदौ १८ गते १५:४३

अनुसन्धान आफैंमा एक चुनौती तर गर्न सके अवसर भएको क्षेत्र हो । आजको दिनसम्म आईपुग्दा धेरै नेपालीहरु स्वदेश तथा बिदेशमा अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा अनुसन्धानको यात्रा त्यती साह्रैहो लामो छैन । पहिलाको रोनास्ट तर हालको नास्टमा र नार्कमा सिमित भएको बैज्ञानिक अनुसन्धान हाल विस्वविद्यालयको केहि विभागहरु हुँदै प्राइभेट तहसम्म आइपुगेको छ । तर पनि हामीले सोचेजस्तो प्रतिफल पाउन सकेका छैनौं । मेडिकल तथा कृषि जस्ता क्षेत्रमा केहि उच्च कोटिका कामहरु भएपनि सरकारले लगानी गरेको नास्टबाट, केहि उपलब्धिहरू हासिल गर्नुबाहेक राम्रो प्रतिफल पाउन अझै मिहेनत तथा सहकार्यको खाँचो आवश्यक छ ।

यति हुँदाहुँदै पनि हाम्रा अनुसन्धानका गतिविधिहरू भैरहेका छन् र युवापिंढीहरु माझ आकर्षण पनि केहि हदसम्म बढ्दै गएको छ । यो हामीहरुको लागि सकरात्मक पाटो हो । कुनैपनि क्षेत्रमा अवसर पाउनको निम्ति कडा परिश्रम आबस्यक पर्छ नै । अझ हामीजस्ता सिमित स्रोतसाधन भएका देशका नागरिकलाई अनुसन्धानको ब्याहरिक सिकाईमा एक किसिमको दबाबको महशुस त छँदैछ । त्यहीमाथी साधनको कमीले गर्दा, काम गर्न, सक्न वा सिक्नमै पनि ठूलो चुनौती छ, (साधनलाई एस लेखमा हाईटेक मेसिनरी यन्त्रलाई चित्रित गरीएको छ) । तर विदेशको प्रयोगशालामा साधन हुँदाहुँदै पनि सानाभन्दा साना साधन सँग हामी अभ्यस्त हुन नसकेकोले हामीहरुले त्यता महसुश गर्ने हाम्रो कमि वा खिन्नता नै यसैको प्रयोग गर्दा आउने बेलाको समय हो ।

हुन् त हामीसँग सैद्दान्तिक ज्ञान भएकोले सिक्न समय त लाग्दैन । तैपनि कामको सिलसिलामा ‘तिमीले यो तिम्रो देशमा सिकेका थिएनौ’ भन्दा कता कता मनमा चसक्क पार्छ ।

अहिले अवस्था केहि हदसम्म भएपनि सुधार भएजस्तो लाग्छ हामीकहाँपनि । तर अझ पनि साधन हामीकहाँ पर्याप्त छैन । जुन अझै पनि चुनौतीको रुपमा रहिरहेको छ । जति चुनौतीलाई छिचोल्दै गयो उति नै अवसर सिर्जना हुने हो ।

एसियाका हाल उच्च दरमा आर्थिक विकाश गर्ने केहि रास्ट्रले नागरिकहरुलाई शुरुमा राज्यले नै लगानी गरी बिदेशमा अध्ययन अनुसन्धानमा पठाऊन शुरु गर्न थाले । तिनीहरुको सीपलाई राज्यले सदुपयोग गर्यो । त्यही भएर उनीहरुले विकाशको गति समाते ।

नेपालमा बैज्ञानिक अनुसन्धान र भएका गतिविधिहरू अझ चलायमन बनाउन स्रोत र साधनको सहि उपयोग तथा आयतन बढाउँदै लानुपर्ने देखिन्छ । हुन् त अनुसन्धान क्षेत्र एक महासागर नै हो । विश्वको मैं हुँ भन्ने विकशित रास्ट्रले पनि साधनको प्रयोग गर्दा सहकार्यलाई अपनाएको देखिन्छ । स्वयं यो पंक्तिकार पनि आफुले अनुसन्धान गर्ने ठाउँमा साधन नभएकोले घन्टौं रेलको यात्रा गरी आफ्नो नमूना परिक्षण (शेम्पल टेस्ट) गरी आएको अनुभब छ ।

कोभिडको समयमा सहकार्यको महत्व र यसको राम्रो अभ्यास गर्ने मौका हामीले पनि पायौं । शुरुका दिनमा हामीकहाँबाट नमूना परिक्षण (शेम्पल टेस्ट) गर्न बिदेशी ल्याबमा पठाउने चरणबाट टेकुअस्पताल हुँदै अहिले नेपालको धेरै भुभागमा परिक्षण गर्नसक्ने हैसियतमा हामी पनि पुगिसकेका छौं । साधनको सहि सदुपयोग नमूना परिक्षणको चापमा भर पर्छ । जुन अहिले नेपालमा पी.सी.आर. मेसिनको प्रयोगबाट अनुभब भएको हुनुपर्छ । तर जति यी मेसिन भित्रिएको छ, के तिनीहरुलाई टेस्टको चाप पुगेको छ ? वा अधिक्तम प्रयोग गर्न सकेका छौं त ? कुनैपनि हाईटेक साधनको उपयोगिता हामीले गर्न सक्ने टेस्ट र यसबाट पाएको डाटाको अध्ययन नै हो ।

हाम्रो देशमा करौडौंका हाईटेक साधनहरु होलान्, के तिनीहरुलाई टेस्टको चाप पुगेको छ होला त ? कुन संस्ठामा कुन साधन छ । त्यसको सहि जानकारी चाहे सरकारी निकायका हुन् वा प्राइभेट वा कम्पनीस्तरका हुन्, अनुसन्धानकर्ता माझ पुग्न सके र यसको पहुँचलाई सर्बसुलभ तरिकाबाट उपयोग गर्न दिए बैज्ञानिक अनुसन्धानको लागि सानो तिनो भएपनि राहत हुने थियो ।

हुन् त यस्ता साधनको स्तर हेरिकन प्रति टेस्ट अनुसार शुल्क लिनसक्ने बिधि पनि बसाल्न सकिन्छ । जसले गर्दा साधनको अधिकतम उपयोग अनि यसबाट केहि हदसम्म आम्दानी पनि सम्बन्धित निकायलाई हुन सक्ने वातावरण बन्न सक्छ ।

बैज्ञानिक अनुसन्धानमा परिक्षणको तयारी गर्ने बिधि केहि हदसम्म खर्चको हिसाबले थाम्न सकिने स्थिति भएपनि, यसको बिस्तृत अध्ययन तथा उपयोगिताको जानकारी लिन हाईटेक साधनहरु चाहिने भएकोले हाम्रा खोजलाई सहि मुल्यांकन गर्न नसक्ने अवस्था आउन सक्छ । हामीलाई मार पर्ने नै यहिंनिर हो । अब यस्ता साधनहरु हामीले एकै ठाउँमा जम्मा पार्छु भन्न सकिंदैन । जुन हामी जस्ता अल्पविकसित राष्ट्रले खर्चको हिसाबले धान्न सक्ने अवस्था नै छैन । त्यसैले महँगा साधन किन्दा हाम्रा ल्याबहरुमा उही प्रकृतिका नपरुन् । अनुसन्धानलाई अघि बढाउन सबै निकायले सहकार्य गर्न सके र आबद्व संस्थाले युवापिढीहरुलाई अगाडी बढाउने उत्वरदायित्व सम्झे, यसमा अझ अघि बढ्न सहज होला । तर यी सब संस्थाहरु बीच समन्वयको खाँचो छ । यी संस्थाहरुलाई राम्रोसँग जोड्न सके हाम्रा अनुसनधानलाई अघि बढाउन सानोतिनो भएपनि टेवा मिल्ने थियो । बस आवश्यक छ, निर्माण गर्न पुलको, जसले यी संस्थाहरुलाई जोडिदियोस।

हाम्रो देशमा करौडौंका हाईटेक साधनहरु होलान्, के तिनीहरुलाई टेस्टको चाप पुगेको छ होला त ? कुन संस्ठामा कुन साधन छ । त्यसको सहि जानकारी चाहे सरकारी निकायका हुन् वा प्राइभेट वा कम्पनीस्तरका हुन्, अनुसन्धानकर्ता माझ पुग्न सके र यसको पहुँचलाई सर्बसुलभ तरिकाबाट उपयोग गर्न दिए बैज्ञानिक अनुसन्धानको लागि सानो तिनो भएपनि राहत हुने थियो ।

हाम्रा निवर्तमान प्रधानसेनापतिले आफ्नो अवकाशपछिको जिबन कृषिमा बिताउने उद्घोष गर्नु भएको थियो । जहाँसम्म लाग्छ, अधिकांशले अवकाश पछि केहि समय यतातिर नै ध्यान दिनसके बाँझो जमिनको सदुपयोग हुनसक्छ । यसबाट कृषि उत्पादान बढाउन तथा खाद्यन्यमा आत्मनिर्भर हुनको लागि सानोतिनो भएपनि मद्वत अवस्य नै मिल्ने छ । लामो समय पेशामा रहेकाहरुसँग स्रोत तथा चिन्तन दुबै हुने भएकोले यी दुवै चिजलाई सदुपयोग गर्न सके वा उहाँहरु मध्ये केहि मात्रले पनि आफ्नो चिन्तन सफल गराउन सके ठूलो कृषि उत्पादन उद्योग स्थापना हुन् सक्ने अवस्था आउनसक्छ । जसबाट रोजगारीको ढोका पनि खुल्नसक्छ । त्यसैले यो पनि अवकाश पाप्त ब्यक्तिहरुको लागि एक किसिमको परिक्षा नै हो । किनकि यो पनि एक किसिमको ब्यहारीक बैज्ञानिक अनुसन्धान नै हो । अर्कोतिर उहाँहरुले यो बाटो समात्नु भनेको निरोगी हुने बाटोतिर जानु हो । जसले उपचारको नाममा हुने राज्यको करौडौं रुपैयाँ खर्च जोगाउन सक्छ । अर्कोतिर अवकाश पछि ओगटिएका राज्यका केहि स्थान भएपनि उर्जाशील युवाहरुको हातमा जाने मौका आउन सक्छ ।

एसियाका हाल उच्च दरमा आर्थिक विकाश गर्ने केहि रास्ट्रले नागरिकहरुलाई शुरुमा राज्यले नै लगानी गरी बिदेशमा अध्ययन अनुसन्धानमा पठाऊन शुरु गर्न थाले । तिनीहरुको सीपलाई राज्यले सदुपयोग गर्यो । त्यही भएर उनीहरुले विकाशको गति समाते । जुन काम अहिले आएर ति रास्ट्रहरुमा केहि कमी भएपनि निरन्तरता अझै पनि छ । अझ अर्को सब्दमा भन्नुपर्दा, आज तिनिहरुकोमा स्थिति त्यो छैन । बरु अरु रास्ट्रका नागरिकहरु अबको समयमा उनीहरुकोमा आउनुपर्ने अवस्था पनि बिस्तारै सृजना हुँदैछ ।

हामीकहाँ आफ्नै बलबुतामा बिदेश वा स्वदेशमा अध्ययन अनुसन्धानमा लागेका वा विदेशबाट काम गरी फर्केका, काम जुनसुकै क्षेत्रमा भएपनि, तिनीहरुले सिप लिएर आएका छन् । त्यो सिपलाई राज्यले कसरी सदुपयोग गर्छ । यो टेस्टलाई राज्यले सफल बनाउन सके फाईदा हुने राज्यलाई नै हो । यो पनि राज्यका लागि सामाजिक अनुसन्धान हो । हुन त सबल चिजमा राज्य जहिले पनि दाहिना हुनुपर्छ । त्यो भए राज्यका संस्थाहरु राम्रा हुन् सक्छन् । संस्थाहरु बलिया र राम्रा भए समाज राम्रोसँग निर्माण हुने बाटोमा जान्छ । समाज बने देश त्यसै बन्छ । देश बने हामीहरु पनि त्यसै बनिहाल्छौं ।

तपाइँको प्रतिक्रिया