सोमबार, वैशाख २४, २०८१

गरिबीमा डुब्दै हजारौं सेवानिवृत्त स्विस नागरिक

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ माघ १२ गते २२:०१

सम्पन्न मुलुक स्विजरल्याण्डका हजारौं वरिष्ठ स्विस नागरिक बिल तिर्न नसकेर गरिबीमा डुबेका छन् ।

स्विजरल्याण्डको किस्टोन न्युजका अनुसार स्विट्जरल्याण्डमा सेवानिवृत्तहरू बीच ठूलो सम्पत्ति अन्तर छ । धेरैजसो ज्येष्ठ नागरिकले सहज रूपमा आफ्नो जीवनयापन गर्न सक्ने भए पनि पाँचमध्ये एक जना गरिबीको रेखामुनि वा त्यसको नजिक पुगेर कठिनले जीवन बिताइरहेका छन्। करिब ५० हजार निवृत्तिभरण ग्रहणकर्ताहरूसँग आफ्नो न्यून आम्दानी भएकाले बिल तिर्ने कुनै आर्थिक उपाय छैन।

हाल ७० को हाराहारीमा पुगेकाहरुसित आफ्नो ठूलो निवृत्तिभरण र कुनै बचत वा अतिरिक्त लाभ नहुनेले आफ्नो बिल तिर्न संघर्ष गरिरहेका छन् । तिनीहरूको आर्थिक अवस्थाले गर्दा तिनीहरू कुनै पनि अप्रत्याशित रुपमा आउने खर्च तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

स्विजरल्याण्डमा हरेक वर्ष वस्तुको मूल्य बढ्दो छ । दैनिक जिवनको भाउ बढ्दै गएको छ । तर अतिरिक्त कमाइको स्रोत नहुँदा तिनीहरू पैसाको बारेमा धेरै तनावमा छन्। हालैका वर्षहरूमा, तिनीहरूले स्वास्थ्य सेवा र धेरै आधारभूत वस्तुहरूको बढ्दो लागतलाई चिन्ताको साथ हेरेका छन्।

प्रो सेनेक्ट्युट नामको सामाजिक संस्थाले ज्येष्ठ नागरिकको अधिकार, मर्यादा र कल्याणको रक्षाका लागि काम गर्छ । यो संस्थाले आर्थिक समस्यामा परेकाहरूलाई सामाजिक परामर्श र सहयोग प्रदान गर्दछ।

स्विजरल्याण्डमा स्वास्थ्य विमा महँगो छ । कतिपय सस्ता बिमाले दाँत लगायतका केहि रोगको उपचारको खर्च ब्यहोर्दैन । दन्त हेरचाहको लागि भुक्तान नहुने बिलहरूका साथै टेबलमा खाना कसरी पुर्‍याउने भन्ने दुविधाको सामना गर्नु परेको छ केहिले ।

आधारभुत कुराहरु मात्रै खरिद गर्दाप्नि सेवा निब्रित्तहरुले एक एक पैसोको हिसाब गर्नुपर्छ ।

धेरै दम्पतीले धेरै गैर-अत्यावश्यक खर्चहरू हटाएका छन् । कतिपयले आफ्ना पती, पत्नी, नातिनातिनाका लागि कुनैपनि उपहार किन्न नसक्ने अवस्थामा पुगेको बताने गरेका छन् । घुम्न निस्किने खर्च घटनाएका छन् । साप्ताहिक कार्ड लिएर क्लबमा जाने र कहिलेकाहीँ कफी वा बियर बन्द गका छन् । शहर नजिक बस्नेहरु कतिपय शहरको मुख्य भागमा जाँदा सधैं पैदल जाने गरेका छन् । यसले गर्दा दम्पतीहरू बढ्दो रूपमा एक्लो महसुस गर्दै गएका छन् । वरपरका साथीहरूलाई निमन्त्रणा गर्नु धेरै महँगो भएको छ । तर उनीहरूले यसलाई सायद लाजको भावनाले हेर्छन् र सहजै बताउने गरेकापनि छैनन् ।

संघिय तथ्यांक विभागले सार्वजनिक गरेको सूचना अनुसार ६५ वर्षभन्दा माथिका करिब ९ प्रतिशतले उनीहरूलाई आफ्नो दैनिक आवस्यकता पूरा गर्न निकै कठिनाइ भएको बताएका छन्।

सेवानिवृत्तिले अनिश्चितता बढाउँछ

प्रोसेक्टुयाटद्वारा गरिएको एक भर्खरैको अध्ययनले दुई लाख भन्दा बढी सेवानिवृत्त व्यक्तिहरू (कार्यरत जनसंख्याको ६% को तुलनामा सेवानिवृत्तहरूको लगभग १४% बराबर) गरिबीको रेखा मुनिको आयमा बाँचिरहेको देखाएको छ । र थप एक लाख त्यसको नजिक पुगेका छन्। यस अनुसार पाँचमध्ये एक जना ज्येष्ठ नागरिकलाई गरिब वा गरिबीमा फस्ने जोखिममा रहेको मान्न सकिन्छ ।

महिला, शिक्षाको न्यून स्तर भएका व्यक्तिहरू र विदेशीहरू बाँकी जनसंख्याको तुलनामा बढी जोखिममा छन् । अर्थात्, कम आय भएको जागिर वा पटक पटक जागिर बदल्न बाध्य भएर पूर्ण भता पाउनकालागि कम वर्षको कोटेसन भएकाहरुलाई खर्च पुर्‍याउन कठिन भएको जुरिच युनिभर्सिटी अफ एप्लाइड साइन्सेजमा विविधता र सामाजिक एकीकरण संस्थानका अनुसन्धानकर्ता रेनर गेब्रियलले बताएका छन् ।

महिनामा चार हजार आठ सय स्विस फ्र्यांक बुझ्नेहरुले त्यहाँको स्तर अनुसारको जीवन जिउँदा बचत हुन्न । स्विजरल्याण्डमा हालको औसत तलब लगभग ६,७०० स्विस फ्र्यांक छ । त्यति रकमले ऋणमा डुबिन्न । राम्रोसित जिउन पर्याप्त हुन्छ । अलि कम खर्च गर्ने, कटौती गरेर बाँच्नेहरु पाँच हजारभन्दा अलि कममापनि दम्पत्तीहरुलाई पुग्ने गरेको छ । तर त्यहाँको स्तरिय जीवन अनुसार केहि क्रियाकलाप र खर्च कटौति गर्नुपर्छ ।

घरपरिवारको आम्दानीमा राज्यको निवृत्तिभरण र पति वा पत्नीको पेशागत पेन्सन समावेश हुन्छ। केहि नागरिकले लगातार काम नगरेकापनि हुन्छन्। खासगरि महिलाले आफ्नो छोरा छोरी हुर्काउन धेरै वर्षको विश्राम लिन्छन् । तिसित राज्यले दिने आंशिक पेन्सन मात्र हुन्छ। केहिले अतिरिक्त सेवा र सुबिधाबापतको रकमसमेत लिएर अलि छिटो पेन्सन लिन्छन् । तर सोचेको जस्तो हुन्न र पूर्ण पेन्सनले नपुग्ने बेलामा पस्चाताप गर्छन् ।

गरिबी बिरुद्द कार्यरत संस्था कारितासले ३०६० स्विस फ्र्यांकसम्म कमाउने एक दम्पतीलाई गरिबीको रेखा भन्दापनि निकै तल रहेको उल्लेख गरेको छ । स्विजरल्याण्डको वार्षिक न्युन तलब ३१ हजार तीन सय हो ।

स्विट्जरल्याण्डका अधिकांश वृद्ध नागरिकहरूको सामान्यतया राम्रो आर्थिक अवस्थाले केही पेनसनकर्ताहरूको अनिश्चित वास्तविकतालाई सजिलै ओझेलमा पार्छ। स्वीस पेन्सन प्रणाली प्रायः वृद्धावस्थामा गरिबी रोक्न प्रभावकारी मानिन्छ।

सेवानिवृत्त व्यक्तिहरूले आफ्नो कामकाजी जीवनभर बचत गर्ने र सम्पत्तिहरू बचत गरेकाले त्यसबाट पछि रकम प्राप्त गर्ने झुकाव राखेका हुन्छन्। त्यसैले सामान्यतया कम आम्दानी छ भने पनि फरक पर्दैन । किनकि तिनीहरूसँग घर जग्गा हुन्छ । बैंक बचत वा क्षतिपूर्ति गर्ने बचत हुन्छ । ६५ वर्ष माथिका आधा भन्दा बढीसित एक लाख स्विस फ्र्यांक भन्दा बढी बचत रकम हुन्छ । तर वास्तविकतका अर्कोपनि छ, ४० प्रतिशत पेन्सन बुझ्नेहरु गरिबीको रेखाबाटपनि मुन्तिर छन् ।

स्विस संघिय तथ्याङ्क कार्यालयका अनुसार ६५ वर्षभन्दा माथिका लगभग १६ प्रतिशत सँग पर्याप्त वित्तीय सञ्चिति छैन । र ११ प्रतिशतले दुई हजार स्विस फ्र्यांकको अप्रत्याशित खर्च बहन गर्न असमर्थ हुनेछन् । प्रो सेनेक्ट्युट अध्ययनले अनुमान गरेको छ, कम्तिमा ४६ हजार मानिसहरू कुनै पनि प्रकारको बचत वा सम्पत्ति बिना अत्यन्तै गरिबीमा छन्।

सामान्यतया ज्येष्ठ नागरिकहरूसँग अन्य सक्रिय जनसंख्याको तुलनामा खर्च, अन्य बिकल्पसित सामना गर्ने संयन्त्रहरू कम हुन्छन् । यही कारणले गर्दा बुढेसकालमा गरिबी झन् कठिन हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक