शनिबार, साउन १२, २०८१

ओहो! बाल्यकालका ती क्षण !

निल थापा / कोपेनहेगन, डेनमार्क२०८० जेठ ३० गते २२:०७

लेखक नील थापा

बाल्यकाल भन्ने बित्तिकै अबुझ,अज्ञानता,चन्चलता, सत्यता, लज्जापन, अलिकति बदमासी जस्ता बाल्यकालका स्वाभाविक गुणहरुको स्मरण भैहाल्छ । किनकि ति सबैमा हुन्छन् । मेरा पनि बाल्यकाल भित्र यस्तै स्वाभाविक गुणहरु पक्कै थिए।

सबैको बाल्यकालमा केहि न केहि राम्रो नराम्रो स्मरणयोग्य क्षण हुन्छन। त्यसबाट म पनि त अछुतो छैन ।

बाल्यकाललाई फर्केर हेर्दा मेरा पनि ती दिनमा केही राम्रा नराम्रा भएका घटना परिघटना सम्झन्छु। ती मध्ये केही रमाईला र मेरो स्मरणमा आएका कुरा सम्झदा आजपनि म बाल्यकालमा फर्कन्छु।

बाल्यकाललाई फर्केर हेर्दा मैले सम्झेका कुराले अहिले पनि आफुलाई त्यही स्थानमा पुर्याउँछ जहाँबाट म हुर्केको थिएँ ।

एक दिन भदौ महिनाको चर्को घाममा मेरी आमा र छिमेकि ठुली आमा बारीका मकै भाँचेर थाकेको हुँदा एकछिन थकाई मारेर घरबाहिर पेटीमा बस्नुभएको थियो। थकाई मार्दा तिर्खा मेटाउन चुक अमिलो, थोर‌ै मरिचको धुलो, चिनी वा सख्खर हालेर माटोको गाग्रिमा राखेको चिसो पानी घोलेर सर्वत पिउने चलन थियो त्यति बेला। आमाहरु पनि सर्वत बनाएर खान लाग्नु भएको थियो।

मलाई पनि सर्वत असाध्यै मन पर्थ्यो, जसरी आजकलका केटाकेटीलाई कोकाकोला,पेप्सी मन पर्छ।

मेरी आमा र ठुली आमा सर्वत पिउँदै गाऊँकै कुनै नातेदारको छोराको बिवाह बारेमा कुरा गर्दै हुनुहुन्थ्यो ।

म हातमा झप्री केरा लिएर खाँदै थिएँ। म भित्तामा अडेस लागेर काठको पिर्कामाथि बसेको थिएँ त्यतिखेर । उमेर छ सात वर्षको हुँदो हुँ ।

बिहेको कुरा गर्दागर्दै मेरी ठुलीआमाले विचमा कुरा रोक्दै मलाई सोधिहाल्नु भयो ‘हाम्रो कान्छाले बिहे गर्छ कि गर्दैन ?’

मैले लजाउँदै उत्तर दिएँ ‘गर्छु। धेरै गर्छु।’

ठुली आमाले फेरि सोध्नुभयो ‘कतिवटा बिहे गर्छस् त ? धेरै भनिस त?’

‘दुईटा’ ।

मैले परैबाट कराएँ ‘काँचो आँप त होनी बजै, खाँदा के हुन्छ र ‘ मेरो ओठे जवाफले बजैलाई बेस्सरी रिस उठेछ। ‘यी यहाँ छ पाक्या खान्छस् मु……’ भन्दै बजैले आफूले लाको फरिया उचालेर कम्मर माथि पुर्याईन्।

ठुली आमा हाँस्नुभयो ।

फेरि सोध्नुभयो ‘के खुवाएर पाल्छस् नि दुईटा स्वास्नी?’

‘केरा अनि चिनी।’

म बालक थिँए। बालककालमा मलाई केरा र चिनी असाध्यै मन पर्थ्यो।

मेरो उत्तरले ठुली आमा र मेरी आमा बेस्सरी हाँस्नुभयो। म जिल्ल परें।

ठुली आमाले हाँस्दै म बसेको ठाउँमै अगाडि भागमा हात देखाएर भन्नुभयो ‘कुन केरा खुवाउँछस् त ?’

बालक न परें कुरा बुझिन । निहुरिएर आफू बसेको ठाउँबाटै तलतिर निहुरिएर हेरेँ जहाँ ठुली आमाले हातले देखाउनुभएको थियो ।

म त झसङ्ग भएँ । अनि लजाएँ । आफुले लगाएको कट्टु त अगाडिको भागमा च्यातिया पो रहेछ। म अकबक परेँ।

आमा र ठुली आमाको हाँसोले मलाई खुसि बनाउनुपर्नेमा दुखि बनायो। म त रुन थालें।

म रोएको देखेर आमाले सम्झाउँदै भनिल्नुभयो ‘हामीले तलाई जिस्काएको पो हो त।नरो छोरा । म मेरो छोरालाई अहिले घिउ,चिनी र चिउरा दिन्छु।’

आमाको घिउ चिनी र चिउरा दिने कुराले म लोभिएर चुप लागेंँ । घिउ चिनी र चिउरा मिसाएर खाँदा सार्है खुसि हुन्थें म।

अहिले पनि भेटमा कहिलेकाहीँ मलाई जिस्काउँदै मेरी आमा र ठुली आमा त्यो दिनको कुरा सुनाउनु हुन्छ । म अझै लजाउँछु।

त्यो दिनको घटनाले मलाई लज्जा वा लाज के रहेछ भन्ने बुझ्ने बनायो। म लाउदा, हिँड्दा बस्दा अलि सचेत रहन थालेँ त्यसदिन पछि ।

तीन चार वर्ष पछि एकदिन कक्षामा पढ्ने क्रममा यस्तै घटना भयो। गाउँका दाइ पर्ने स्कुलका शिक्षक थिए। उनलाई गाउँमा हामी दाइ र स्कुलमा सर भन्थ्यौं। अंग्रेजी बिषय पढाउँथे।

तिम्रो छोरालाई जाँचेको मैले । तीन सय नै हो साट्नुपर्ने । तर मैले तीनवटा सद्दे पाँचका नोट पनि हालिदेको थिएँ बिचमा। च्यातिया मात्र छ भनेको थिएँ। त्यसले निकाल्छ कि के गर्छ भनेर जाँचेको छोरा असल रहेछ भाइ तिम्रो । बालाई गर्व महसुस भएछ।

उनले पढाउने क्रममा म अगाडि बसेर सुनिरहेको थिएँ । अचानक मेरो ध्यान दाईले पढाएको बोलीमा भन्दा आँखा दाईको पाईन्टको अगाडि भागमा पर्यो। दाईको खैरो पाईन्टको अगाडिबाट भित्र लगाएको बस्त्र पो देखियो। पाईन्टको चेन बिग्रिया थियो होला सायद।

मैले सोचें, जसरी मेरी आमा र ठुली आमाले मेरो लज्जा देखेर हाँस्नु भएको थियो । अब यहाँ पनि विध्यार्थी हाँस्नेछन् यदि उनिहरुले दाईको भित्री वस्त्र देखे भने। मैले दाईको इज्जत ढाक्ने निर्णय गरेँ।

बालक सोच न हो, यसो हात अगाडि बढाउँदै उनको पाईन्टको चेन मास्तिर तान्न मात्र के लाग्या थिएँ, दाइ तर्सेर उफ्रिए। उनि यस्तरी उफ्रिए कि मानौं गोमन सर्प उनलाई डस्न ठिक पर्दै छ र उनि ज्यान जोगाउन उफँदै छन्। उनी उफ्रेको देखेर सबै विध्यार्थी गलललल हाँसे ।

विध्यार्थीहरु हाँसेको देखेर दाइ रिसले रातो भए । उनले पढाउन छाडेर नजिकै रहेको ताप्रेको सानो हरियो लठ्ठी मेरो ढाडमा बजारे । सास नफेरी उनले छ सात पटक हाने। लठ्ठी भाँचियो। तर उनको रिस भाँचिएन। मेरो कन्सिरीका रौं तान्दै समातेर कक्षा बाहिर निकाले उनले ।

मैले उनको सजाय सहन सकिन। र्याल, सिँगान काट्दै रुन थालेँ। मैले दाईको इज्जत जोगाउने चेष्टा गरेँ। उल्टै उनले मलाई नै कक्षाबाट निकाले। उनि मात्र हैन त्यसदिन पछि स्कुलमा मलाई अंग्रेजी पढाउने सरहरु प्रतिपनि घृणा जाग्यो। त्यहि कारण मलाई अंग्रेजी विषय मन परेन । आजपनि अंग्रेजीमा कमजोर छु।

त्यसबेला उनले जे गरेपनि पछि सम्म उनले त्यो कुरा भुलेका रहेनछन्। म कलेज पढ्ने भए पछि एकदिनको भेटमा मसँग ती दाईले मुखै खोलेर भने ‘तँ बालक थिईस तैले जे सत्य देखिस त्यो गरिस। म शिक्षक थिएँ । मैले बुझ्नुपर्थ्यो । तेरो सत्यलाई स्विकार्नु भन्दा आफ्नो अपमान भएको महसुस गरेँ। मैले तलाई त्यसरी पिट्नु नहुने थियो। तलाई मैले कक्षाबाट निकाल्न नहुने थियो। मनमा नलिई है कान्छा ! असल मान्छे बनेस्।’

मैले हाँस्दै जवाफ दिएँ ‘अहिले त त्यसरी पढाउन जानू हुन्न नि दाइ।’  उनी झसङ्ग भए झैँ निहुरिएर तलतिर हेरे। हामी दुवैजना हाँस्यौँ।

मैले एस एल सि दिनेबेला पनि तिनै दाइसँगको एउटा रमाईलो घटना याद छ मलाई। उनी घरमा चुरोट पिउँथे। स्कुलमा पिएको देखिएन। गाउँकै दाइ हुनाले ट्युसन पढ्न जान्थ्यौं हामी। गाउँका अरु धेरै विधार्थीहरु पनि आउँथे साँझपख। प्राय उनी ‘टेन्स पढ केटाकेटी हो, टेन्स । टेन्स नपढि अंग्रेजी आउँदैन’ भन्थे। उनलाई पछि सम्म हामी ‘टेनसन सर’ भन्दै जिस्क्याउँथ्यौ।

एकदिन पढ्ने क्रममा उनले चुरोट पिउन खोजे । सलाई भेटेनन्। हामी पढ्न ब्यस्त थियौं। मेरो माईलो दाई पनि सँगै थियो। म भन्दा ठूलो भएपनि सँगै एउटै कक्षामा पढ्थ्यो। पढ्न अल्छी थियो। हामी दाजुभाई साथिजस्तै तँ तँ भन्थ्यौं एक अर्कामा ।

अलि ठूलो देखेर होला उनले मेरो माईलो दाईलाई भने ‘ए केटा जा त उता भान्सामा गएर आगो लिएर आईज। चुरोट सल्काउनु पर्यो।’

मेरो माईलो दाइ अलि हाउडे र बोलक्कड थियो। उसले फुत्त जवाफ दियो ‘खै ल्याउनुस चुरोट म सल्काएर ल्याईदिन्छु’।

उनले जवाफ दिए ‘हे केटा चुरोट पिउनु हुन्न।’

मेरो दाईले जवाफ फर्काई हाल्यो ‘तपाईंले किन पिएको त?’ उनी एकछिन जिल्ल परे।  फेरि सोचे झैं गरि जवाफ दिए ‘हेर केटा, मास्टरले जे भन्छ त्यो गर्ने हो । मास्टरले जे गर्छ त्यो गर्ने होईन ।’

‘बाठो नहो। जा उता भान्सामा गएर भाउजूसँग आगो मागेर ले।’

मेरो दाइ आगो लिन गयो।

आमाले बाँसको ढुङ्ग्रिले टाउकोमा हान्नु भयो। ढुङ्री फुट्यो तर मेरो बोली फुटेन। म नबोलेको देखेर आमाले ठूलो स्वरमा भन्नुभयो ‘बोल्छस् कि तेरो मुखमा झोसम आगो ?’

भाउजूले भित्रबाटै दाईको झ्याँको झारिन् ‘केटाकेटी पढाइरहेको बेला तिम्लाई चुुरोट खानुपर्ने। यहि हो तिम्रो मास्टरीको गतिलो ताल। कालो मोसो दल्लान नि स्कुलमा। होस् गर हुँदाहुंदै गाउकै भाईभतिजा लाई आगो ले भन्ने। लाज लाग्दैन ?’

चुरोट झोस्न आगो खोजेका (सर) दाई नराम्रो सँग आफै झोसिए त्यो दिन भाउजुका कुराले । त्यो दिन दाईले चुरोट तानेनन् हाम्रो अगाडि।

पछि त मेरो माईलो दाइ पनि ठूलो भएपछि ती दाईले र मेरो माईलो दाईले सँगै चुरोट तानेको धेरै देखें मैले। पछि ती दाइ छातीको क्यान्सरले मरे। उनी बिरामी हुँदा म पनि भेट्न पुग्या थिएँ।

मलाई देखेर बिस्तारै मधुर बोलिमाआशिर्वाद दिए दाईले ‘असल मान्छे हुनु है कान्छा।’ मैले पनि ‘शिघ्र स्वास्थ्य लाभको कामना दाइ’ भनें । दुखको कुरा, मेरो त्यो बोली खेर गयो। दाइ ठिक भएनन्। केहीवर्षपछि बिते।

आठ कक्षा पढ्दाको एउटा घट्ना याद छ। स्कुल नजिकै गहिरो दह भएको खोला थियो। एकदिन दिउँसो पढाइ सकेर घर फर्किने क्रममा हामी पाँच छ जना साथीभाई पौडि खेल्ने सल्लाह भयो। पौडि खेल्दा सधैं द्विविधा हुन्थ्यो। पौडि खेल्दा कट्टु लाएर खेले फेर्ने कट्टु नहुने । त्यही भिजेको कट्टु लाए हाफ पाईन्ट वा पाईन्ट भिज्ने । पाईन्ट भिजे घरमा थाहा पाउँथे अनि पिटाई खाईन्थ्यो।

सबैको सल्लाहले नाङ्गै पौडि खेल्ने सहमति भयो।

पौडि खेल्दै जाँदा समय बितेको पत्तो भएन। लामो समय पौडि खेलिएछ। हामी पौडि खेल्दा पानीको छालले दह नजिकैको खेतको ढिस्को बिस्तारै बिस्तारै खस्थ्यो जुन पानीले बगाएर लान्थ्यो।

हामी नाँगै पौडी खेलेको खेतधनी आमैले देखिछन्। हामीले थाहा नपाउने गरि हाम्रो सबै लुगा र किताब डोकामा हालेर हिँडिछन् । कसैले देखेर करायो । हामीलाई त के गर्ने कसो गर्ने भयो। बाहिर निकौँ सबै नाङ्गै छौं, ननिस्कौँ लुगा र किताब छैन । कसरी घर जाने।

बल्ल बल्ल अर्कि एक बजैले सम्झाएर ‘अब देखि कहिल्यै यहाँ पौडि खेल्दैनौं’ भनेर कसम खान लगाईन् । हामीले कसम खाएपछि लुगा किताब फिर्ता गरिदिईन्।

घरपुग्दा ढिला भयो। चारबजे घरपुग्नु पर्ने। झन्डै छ बजेछ। म घरपुग्दा आमा चुलोमा आगो फुक्दै थिईन्। मलाई देख्ने बितिक्कै आमाले किन ढिला आईस ? कहाँ गको थिईस ? भन्दै गाली गर्नुभयो।मैले जवाफ दिन सकिन।

आमाले बाँसको ढुङ्ग्रिले टाउकोमा हान्नु भयो। ढुङ्री फुट्यो तर मेरो बोली फुटेन। म नबोलेको देखेर आमाले ठूलो स्वरमा भन्नुभयो ‘बोल्छस् कि तेरो मुखमा झोसम आगो ?’ बल्दै गरेको अगुल्टो उठाउनु भयो।

म डराएँ । र रुदै भनेँ ‘पौडि खेल्दा ढिला भयो।’ बजैले लुगा लगेको सबै कहानी सुनाएँ।

‘ठिक्क परेछ’ आमा त उल्टै हाँस्नु भयो।

‘पख भरे बालाई भनिदिन्छु’ आमाले झन डर देखाउनु भयो। बाको कुराले झन डराए म । बासँग हामी घरका सबै डराउँथ्यौ।

आमालाई भनेँ ‘आम अब देखि कहिल्यै पौडि खेल्दिन।’

आमाले भन्नुभयो ‘ल ठिक छ त्यसो भए । आज बचिस।’ त्यो दिन देखि त्यो ठाउँमा मैले कहिल्यै पौडि खेलिन।

दस कक्षा पढ्दाको एउटा घटना सम्झन्छु । मेरो गाऊँ र स्कुलबिच २० मिनेट हिँडेर पुगिने दूरी थियो । स्कुल र घरको बिचमा एउटा बजार थिय‍ो। त्यही बजारमा बाले हामीलाई कपि कलम साथै घरका सामान उधारो ल्याउने एक पसलमा खाता खोलिदिनु भएको थियो। त्यहाँबाट हामी घरको लागि सामान ल्याउथ्यौं उधारो ।

एकदिन स्कूलबाट फर्कने क्रममा मेरो चप्पल चुँडियो। मलाई चप्पल गास्न आगो सलाई वा लाईटर चाहिने भयो। चुँडिएको चप्पल हामी आफैँ गास्थ्यौँ त्यतिबेला। चुँडिया चप्पल हातमा लिएर म उधारो सामान लिने पसल गएँ। पसल का साहु जी असाध्यै असल थिए। नारायण शाहु भन्थे सबैले। जिल्लामै चिनिने नाम थियो उनको नारायण श्रेष्ठ । म भने नारायण ठुला बा भन्थेँ । किनभने उनको उमेर मेरो बाको भन्दा बढि थियो। मेरा बाले उनलाई दाइ भन्नु हुन्थ्यो। मेरा बा र उनको मित्रता राम्रो थियो। मेरा बा र उनी भेट्दा चिया चुरोट मज्जाले पिउने गर्थे। लगातार दुई तिन कप चिया र दुई तीन वटा चुरोट पिएको देख्या छु मैले धेरै पटक।

म चुँडिएको चप्पल लिएर पसल गएँ। साहु बा मैनबत्ती बालेर दालमोठलाई सानो सानो पोका पार्दै बसेका रहेछन् । मैले अलि डराए झैं गरि भनें ‘ठुला बा !मेरो चप्पल चुँडियो, म लोता गाँस्छु नि है ? एकछिन मैनवत्ती दिनुस न।’

उनले सजिलै दिए। मैले चुँडिया चप्पलको लोता जोड्न खोजें । लोताको टुप्पो नि खिईसकेको रहेछ। जोडदा आगोले धेरै पोलेछ। लोता गाँसेँ। तर छोटो भएछ।

खुट्टा घुसारेर हेरेको चप्पल भित्र खुट्टा छिरेन। चप्पल भने त्यति पुरानो थिएन। साहु बाले नै भन्नुभयो ‘तैले लोता धेरै डडाएर छोटो पारिछस्। खुट्टा नै नछिर्ने बनाईछस्। लु यो नयाँ लोता फेर’ भन्दै अर्को नयाँ लोता दिनु भयो। मैले लोता फेरें। उनले भने मैले खातामा लेखिदिएको छु ।

‘बा लाई नि घरमा गएर भन्नू नी ।’

‘हुन्छ ठूला बा’ भन्दै पसलबाट निस्किएँ ।

बाहिर निस्किको मात्रै के थिएँ तिनै साहुजीले बोलाईहाले । ‘ए कान्छा यता आईज त।’ म फेरि पसल छिरें।

उनले एउटा सानो रबरले बानेको मुठा पैसा दिँदै भने ‘तेरो बालाई लगेर दे है, यो नोटहरु साटेर ल्याईदिनु भनेर ।’ पैसा हेर्दा सबै च्यातिएका झुत्रा (पुराना) नोट थिए।

मेरा बा सरकारी बैकंको क्यासियर हुनुहुन्थ्यो त्यतिबेला । गाउँतिर प्राय पुरानो झुत्रा नोट त्यसरी नै अरुले ल्याएर दिएको देखेको थिएँ मैले। नारायण साहुले दिएको पनि देखेको थिएँ धेरै पटक। पछि बाले साटेर नयाँ नोट दिनु हुन्थ्यो सबैलाई ।

मैले ‘हुन्छ ठुला बा’ भन्दै नोटको मुठा लिएँ। नोटहरु एक, दुई, पाँच अनि दशका थिए।  उनले भनिहाले ‘तीन सय छ है कान्छा ।’

मैले ‘हुन्छ’ भनें । उनले दालमोटको एकपोका उठाएर दिँदै भने ‘ला खा ।’

मैले केही समय अघि उनले दालमोट पोका पारेको लोभि मनले हेरेको थिएँ । त्यो साहु बाले याद गर्नु भएको रैछ। म पैसा र दालमोटको पोको लिएर हिँडेँ त्यहाँबाट।

बाटोमा साहु बाले दिएको दालमोठ खाँदै हिँडेको छु । घरपुग्ने बेला मलाई पैसा गन्न मन लाग्यो। म पहिला पनि कसैले बालाई दे है भनेको पैसा बाटोमै गन्थें।

घरतल बाँसको झ्याङ थियो। अरुले नदेखुन भनेर झ्याङभित्र छिरें र पैसा गनें।  साहुजीले ‘तीन सय छ है’ भनेका थिए । पैसा चैं तीन सय पन्ध्र छ। तीन चार पटक गनें, तीन सय पन्ध्र नै छ। मैले पैसा गोजीमा हालेर घर हिँडें।

बेलुका बालाई पैसा दिँदै भनें ‘नारायण साहुले देका तीन सय छ रे। साटेर लग्दिनु रे । अनि कुरा थपें ‘बा मेरो चप्पलको लोता चुडिया थियो । साहुकै अगाडि नयाँ लोता फेरेर आएको छु । खातामा लेखिदिनु भा छरे।’

मेरो कुरा सकिनै बितिकै बा बोल्नु भयो ‘अस्थि भर्खर किन्या चप्पल हैन कति चाँडो चुडाईस् । आँखा कता हेरेर हिँड्छस् ?’ बाले अलि ठूलो स्वर गर्नु भयो ।

एकपटक मनबाट जवाफ दिऊँ कि जस्तो लाग्यो । बा मैले राम्रो आँखा हेरे पनि यो चप्पलले तपाईंको गोजी हेर्दैन।

अनि रेडियोमा सुनेको चप्पलको बिज्ञापन सम्झें ‘हाती र हात्तीछाप चप्पल भन्थ्यो साला लोता भने लुते परेछ।’ मनमनै रेडियोलाई गाली गरें।

तीन चार दिन पछि बाले पैसा साटेर साहुलाई दिँदै भन्नुभएछ ‘तीन सय छ भन्नू हुन्थ्यो रे दाइ पैसा। कान्छाले नि ठुलाबाले तीन सय पठाका छन् भन्थ्यो । तर पैसा त तीन सय पन्ध्र छ त। अनि तिन वटा पाँचका नोट त नयाँ नै छ त।

बाको कुराले साहुजी हाँसेछन् ।

भनिहालेछन् ‘तिम्रो छोरालाई जाँचेको मैले । तीन सय नै हो साट्नुपर्ने । तर मैले तीनवटा सद्दे पाँचका नोट पनि हालिदेको थिएँ बिचमा। च्यातिया मात्र छ भनेको थिएँ। त्यसले निकाल्छ कि के गर्छ भनेर जाँचेको छोरा असल रहेछ भाइ तिम्रो । बालाई गर्व महसुस भएछ।

अलिपछि यो कुरा मलाई बाले घरमा गर्वसाथ सुनाउनु भयो। केही समय पछि नारायण साहुले पनि उनकै पसलमा बोलाएर सुनाएका थिए।

दुबैजनाबाट स्याबासी पाएको थिएँ त्यो कुरामा । दुबैजनाको कुराले म खुसि भएँ। बा र साहु दुबैको एउटै सन्देस थियो – असल मान्छे हुनु है कान्छा।

टेष्ट परीक्षा पास गरेपछि तीनै नारायण साहुले बोलाएर ‘राम्रोसँग एसएलसिको जाँचदिनु है कान्छा’ भन्दै एउटा चाईनिज पेन सर्टको गोजिमा राखिदिनु भयो । मेरो सुकेको छाति फराकिलो भयो।

जनयुद्ध ताका नारायण साहुजीलाई पसलमै गोलीहानी मारे। त्यतिबेला म काठमाडौंं मा पढ्न बसेको थिएँ। उनको मृत्युको खबरमा म रातभरि निदाउन सकिन त्यतिबेला। जसले जे कारणले मारेपनि मेरो नजरमा उनी असल मान्छे थिए।

हेर केटा, मास्टरले जे भन्छ त्यो गर्ने हो । मास्टरले जे गर्छ त्यो गर्ने होईन ।’

उनले दिएको कलम त छैन मसँग अहिले। यद्दपि कलमलाई सारथि बनाउदै केही न केही लेख्ने प्रयास गर्दैछु।

म गाऊँ जाँदा सधैं त्यही बाटो हिँड्छु। नारायण साहुको पसल अझै छ । साहु छैनन् । म सधैं खाली खुट्टामा हिँडेको ठाऊँ ।चुडिएको चप्पल हातमा बोकेर दौडिएको ठाऊँ । अहिले अलकत्रा दलेर चिल्लो बनाएका छन्। त्यो ठाऊँ पुगेपछि बुट बजारेर हिँड्छु म अहिले । कतै नारायण साहु मेरो बुटको आवाज सुनेर भित्र पसलबाट आईहाल्छन कि जस्तो लाग्छ ।

तर उनी धुवाँ बनेर गईसके जसरी मेरा बा र उनले फालेको चुरोटको धुवाँ हावामा एकछिनमा विलाएर जसरि जान्थ्यो त्यसैगरी उनको शरीर विलाईसक्यो। मेरो बा पनि बिलाईसक्नु भयो। अहिले सोच्छु ‘मेरा बा र उनी सायद स्वर्गमा भेटेर गफ गर्दै होलान् । हाम्रो कान्छो असल भयो कि खराब।’

कोई मान्छे स्वर्ग जान्छु भनेर आए भने खबर पठाउने थिएँ- बा अनि ठूला बा म असल मान्छे हुने कोसिस गर्दे छु है !

समयक्रम सँगै मेरो स्कुले जिवन सकियो। एस एल सि पास भएँ । म कलेज पढ्न काठमाडौं जाने भएँ । भदौ महिनामा काठमाडौं जाँदै थिएँ म । काठमाडौं जानु भन्दा अगाडि म र मेरो गाउँकै साथी एकदिन सिनेमा हेर्न गएका थियौं। साउनको महिना थियो। तीन बजेको सिनेमा हेर्थ्यो त्यो बेला हामी। सिनेमा हेरी सकेर फर्कदा बाटोमा एकजना बाहुनी बजैको आँपघारी थियो। त्यो दिन साथी र मैले बजैको आँपघारीमा पसेर आँप खाने निर्णय गर्यौं।

साँझमा कसैले देख्दैन भन्दै हामी आँपघारी छिर्यौं । हुनत त्यतिखेर मे र मेरो साथीको घरमा समेत आँपको बोट थियो । आफ्नै घरका बगैंचामा पनि प्रशस्त आँप थिए। त्यतिखेरको त्यो उमेर नै त्यस्तो होला सायद । उट्पटयाङ र बदमासी गर्न मन लाग्ने।

हामीले आँपको बोटमा एक जना चढ्ने र एक जना कोहि मान्छे आउँछ कि तलबाट हेर्ने निर्णय गर्यौं। मैले आँपको बोट चढ्ने निर्णय गरें। साथी तल आँप टिप्ने र कोहि मान्छे आए हेर्ने भनेर तल बस्यो। मैले आँपको बोट चढेर बेसस्सरी एउटा हाँगा समातेर हल्लाएँ।

ठूलो सर्याक सुरुक्क पात बजेको आवाज सहित बररर आँप खसे भुईमा । साथी भुईबाट आँप टिप्दै थियो। परैबाट बाहुनी बजै बाँसको लाठो लिएर आईन् । ठूलो स्वरले कराउँदै भनिन ‘को हो हँ यो साँझ आँप चोर्ने ?’

बालक सोच न हो, यसो हात अगाडि बढाउँदै उनको पाईन्टको चेन मास्तिर तान्न मात्र के लाग्या थिएँ, दाइ तर्सेर उफ्रिए। उनि यस्तरी उफ्रिए कि मानौं गोमन सर्प उनलाई डस्न ठिक पर्दै छ र उनि ज्यान जोगाउन उफँदै छन्। उनी उफ्रेको देखेर सबै विध्यार्थी गलललल हाँसे ।

बजैलाई देखेर म बोटबाटै हाम फालेर बुर्कुसि मारें। बजै साथीतिर दौडिईन् । ऊ आँप छाडेर भाग्दा कान्लाबाट पछारियो । तल अर्को बारीको पाटामा पुग्यो। मेरो साथी भागेको देखेर बजैले ‘तेरीमा आँप चोर छौंडाहरु’ भन्दै गाली गरिन्। म स्याँस्याँ गर्दै अलि पर भागें।  साथी लडेछ र उसको पाईन्ट च्यातिएछ।

मलाई देख्ने बितिक्कै भनी हाल्यो झन्डै मर्या मु….. म बेस्सरी हाँसें।

म हाँसेको देखेर बजै कराईन ‘तेरीमा अझै हाँस्छस् मु…..आँपचोरहरु।’

मैले परैबाट कराएँ ‘काँचो आँप त होनी बजै, खाँदा के हुन्छ र ?

मेरो ओठे जवाफले बजैलाई बेस्सरी रिस उठेछ। ‘यी यहाँ छ पाक्या खान्छस् मु……’ भन्दै बजैले आफूले लाको फरिया उचालेर कम्मर माथि पुर्याईन्।

कान्लामुनि बसेका हामी तिरिमिरि भयौं । ‘आम्मा हो’ भन्दै मेरो साथी कुलेलाम ठोक्यो त्यहाँबाट । म पनि उसको पछि पछि दौडिएँ।

हामी हाँस्दै घरजाने बाटोतिर लाग्यौं । अलि परसम्म पनि बजैको गालीको मधुरो आवाज सुनिँदै थियो-यस्ता आँप चोरहरुलाई हरियो बाँसमा टुँटुँ पारेर लानु नी । मर्न नसकेका छेरपटिका सन्तानहरु। त्यसदिन देखि यस्ता उटपट्याङ काम नै छाडें मैले।

भदौ महिना लाग्यो मैले गाऊँपनि छाडें । साथीसँग भेटदा धेरै पटक सोध्थें ‘कस्तो लाग्यो त बजैको पाकेको आँप ?’

ऊ पनि जिस्किँदै भन्थ्यो ‘साँझ पर्या थियो मु…..काँचो-पाक्या राम्रोसँग छुट्याउनै सकिन ।’

पछि ती बजै बितिन् भन्ने सुनें । मैले उनलाई अन्तिम काजक्रियाका लागि लगेको त देखिन । तर मनमा धेरै दुख लाग्यो। कामना गरें ‘बजैको स्वर्गवास होस्। म पनि हरियो बाँसमा गएको दिन बजैसँग स्वर्गमा अवश्य भेट होला।’

ठुलीआमाले विचमा कुरा रोक्दै मलाई सोधिहाल्नु भयो ‘हाम्रो कान्छाले बिहे गर्छ कि गर्दैन ?’ मैले लजाउँदै उत्तर दिएँ ‘गर्छु। धेरै गर्छु।’ ठुली आमाले फेरि सोध्नुभयो ‘कतिवटा बिहे गर्छस् त ? धेरै भनिस त?’ ‘दुईटा’ ।

समयसँगै साथीले नि घर व्यवहार बसायो। मेरो नि घर व्यवहार भयो। म विदेशमा छु । तर पनि यी घटना सम्झँदा आफ्नै गाउँमा छु जस्तो लाग्छ।

गाऊँ जाँदा धेरै पछि साथीसँग भेट भयो। उसले त्यो पुरानो दिनको घटना सम्झँदै भन्यो ‘बजै मरेर गईन थाहा पाईस नि।’ मैले उत्तर दिए ‘थाहा पाएँ।

साथीले कुरा थप्यो ‘बजैले जे भने पनि पाँकेको आँपको स्वाद नै फरक है केटा ?’ उसले पुरानो दिनको कुरामा जोडेर ब्यङ्ग गर्यो।

मैले पनि सहमत जनाउँदै मुन्टो हल्लाएँ ।

साथी म तिर हेर्दै मुसुक्क हाँस्यो। म पनि ऊतिर हेर्दै हाँसें ।

आजपनि म कहिलेकाहिँ गाऊँ जाँदा त्यो बाटो हिँड्छु। आँपको रुख अझै त्यहिँ छ। तर बजै छैनन् । सोच्छु ‘म यो आँपको रुखमा चढेर हाँगा हल्लाएँ भने फेरि बजै लाठो लिएर आउँछिन कि ?!’

फेरि मेरो साथीले त्यो दिन भनेको सम्झन्छु ‘झन्डै मर्या मु……’ अनि म मर्न देखि डराउँ छु।

अनि बाहुनी बजैको गाली सम्झन्छु । हरियो बाँसले गाउँघरतिर लास बानेर घाटतिर लगेको सम्झन्छु। अनि तर्सिन्छु।

बाहुनी बजै जहाँछिन मलाई माफ गरिन् होला। तर एक अविस्मरणीय घटना जिवितै छ उनको स्मृतिमा आजपनि। फेरि पनि कोहि स्वर्ग जाने मान्छे भेटे बाहुनी बजैलाई पनि खबर पठाउने थिएँ- बजै म असल मान्छे हुन खोज्दै छु है ?!

तपाइँको प्रतिक्रिया