शुक्रबार, वैशाख २८, २०८१

कांग्रेसको लण्डन बैठकबाट एनआरएनएको मुख्य पदमा सहमति, प्रचण्डको आस्वाशन माओवादीकालागि

प्रचण्डको आस्वाशन आर के शर्मालाई

नेपालप्लस संवाददाता / काठमाडौं२०८० भदौ ५ गते २३:१६

प्रवाशी नेपाली कांग्रेसका तर्फबाट गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनकालागि अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका प्रमुख पदमा सहमति गरिएको छ ।

नेपाली कांग्रेसले पार्टीका तर्फबाट अध्यक्ष बाहेक बाँकि पदमा सहमति गर्न कुल आचार्यलाई दिएको जिम्मेवारी अनुसार लण्डनमा बसेको प्रवासी कांग्रेसका केहि नेताहरुले सहमति जुटाएका हुन् ।

लगातार तिन दिन बसेको बैठकमा गरमागरम बहस पछि अध्यक्षमा नेपाली कांग्रेस पार्टीकै तर्फबाट अध्यक्षमा महेश श्रेष्ठ, उपाध्यक्षमा राज रेग्मी र डा. केशब पौडेललाई उठाउने निर्णय गरिएको छ । त्यस्तै महासचिवमा दाबी गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्दि सागर सुबेदीलाई कोषाध्यक्ष पदमा प्रस्ताब गरिएको छ । सुबेदीलाई कोषाध्यक्ष वा उपमहासचिव मध्ये एक पद रोज्न भनिएको छ ।

महासचिवमा बेल्जियमका गंगाधर गौतमलाई उठाउने निर्णय गरेका छन् ।

बैठकमा सहभागि एक नेताका अनुसार प्रमुख पदमा पहिले छिनोफानो गर्ने भन्दै कुल आचार्यको लण्डनस्थित निवासमा बसेको बैठकमा लामो समय गर्मागर्मी बहस चलेको थियो । आफूले लामो समयदेखि महासचिव पदमा दाबी गरेको, गृहकार्य गर्दै आएको र् कुनैपनि हालतमा महासचिव पद नछोड्ने अडान गौतमले लिएका थिए ।

उता अध्यक्षमा दाबी गरेर महेश श्रेष्ठलाई छोड्न राजी बनेका डा. केशब पौडेल भने बुद्दिसागर सुबेदीको पक्षमा लागिरहेका थिए । तर बैठकमा उपस्थित नेपाली जनसंपर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, एनआरएनए बेलायतका नवनियुक्त अध्यक्ष हितकाजी गुरुङ, विश्व आदर्श पण्डित, नारायण आचार्य, दुर्गा आचार्य र नरेन्द्र भाटले गंगालाईनै महासचिवमा उठाउनुपर्ने भन्दै दह्रो अडान लिएका थिए ।

गौतमका पक्षमा प्रवाशका कांग्रेस नेताहरुको दबाब र समर्थन बाक्लो देखिएपछि बुद्दि सागर सुबेदीलाई महासचिवबाट कोषाध्यक्ष वा उपमहासचिव एक पद रोज्न भनिएको थियो ।

उनीहरुले गंगाधर गौतम यस अघि पनि केन्द्रिय समितिमै रहेको, केन्द्रमा लामो अनुभव भएको र बुद्दि सुबेदी भर्खरै एनआरएनए अमेरिकाको अध्यक्ष भएर आएकाले एकैचोटो महासचिव पद उनलाई दिएर गंगाधरलाई पाखा लगाउन नहुने तर्क प्रस्तुत गरेका थिए । बरिष्ठताका आधारमापनि गौतमलाई दिनुपर्ने तर्क गौतम पक्षधरको थियो ।

यता डा. बद्रि केसी पक्षधरहरुले भने लण्डनस्थित कांग्रेस समर्थकहरुको यहि बैठक नियालीरहेका थिए । उनीहरुले प्रमुख पदमा कसलाई उठाउँछन् भन्ने केसी पक्षको मुख्य चासो थियो ।

केसी पक्षमा भने बद्रि केसीलेनै वामपन्थि, प्रजातान्त्रिक र स्वतन्त्र सबै पक्षलाई मिलाएर उम्मेदवार बनाउने सुझाव आफ्नो टिममा दिएका छन् ।

केसीले काम गर्न सक्ने, असल, अनुभवी, संस्थामा हिजो साथ दिएका र समाबेशी बनाएर टिम बनाउन सुझाव दिएको भनाई केसी पक्षको छ ।

‘बद्रिजीले प्रमुख पदमा सबै पक्ष र बिचारलाई मिलाएर टिम तपाईहरुलेनै सल्लाह गरेर बनाउनुस् । बाँकि पदमा जसजसलाई दिएपनि मेरो आपत्ती हुन्न। टिममा मिलेर काम गर्ने हो” केसीको भनाई उल्लेख गर्दै केसी टिमका एक वरिष्ठ पदका दाबेदारले नेपालप्लससित भने ।

संवन्धित : केन्द्रिय नेतृत्वमा एनआरएनएको रस्साकसी : कोहि प्यानल बनाउँदै, कोहि ‘पर्ख र हेर’

टिम केसी पक्षले यस अघिनै अध्यक्ष, उपाध्यक्ष, महासचिव, युरोप संयोजक लगायतका पदमा निर्णय गरिसकेको छ । बाँकि पदहरुमा उनीहरुले ककसलाई उठाउने भनेर छलफल गरिरहेका छन् ।

उता आरके शर्मा (राजेन्द्र कुमार) शर्मा भने यो पटक कुनैपनि हालतमा नछोड्ने भन्दै बिभिन्न देशको दौडाहामा छन् । उनले ‘सधै सुकिलामुकिला, धनी देशहरुले मात्रै अध्यक्ष लिने, मजदूर र श्रमिकहरु धेरै भएको मध्यपूर्वले अब नेतृत्व पाउनुपर्छ’ भन्दै आफ्नो पक्षममा माहोल तताउन खोजिरहेका छन् ।

माओवादी समर्थक उनले यस पटक आफ्नो पार्टी, कांग्रेस र नेकपा समाजवादीको संयुक्त सरकार भएको, प्रधानमन्त्रीसमेत आफ्नै पार्टीको रहेकाले यस पटक सबैभन्दा उचित अवशर रहेको भनाई माओवादी पक्षको छ । आफ्नो पक्षमा माहोल बन्ने र सरकारका तर्फबाट अन्त्यमा आर के शर्माको पक्षमा सहमति हुने पक्षमा आशावादी छन् ।

प्रचण्डको आस्वाशन

एनआरएनएको ११ औं महाधिवेशनलाई निम्ता दिने, तयारि गर्ने, माहोल बनाउने नाममा नेपाल पुगेका आगामी नेतृत्वका आकांक्षीहरुले आफू निकट, समर्थक पार्टीका नेताहरुसित भेटघाट गरेका थिए ।

माओवादीका तर्फबाट माहोल बनाउन आर के शर्मासहितका अभियन्ताहरु प्रधानमन्त्री प्रचण्ड, जनार्दन शर्मा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई भेटेर आगामी महाधिवेशनबारे छलफल गरेका थिए ।

संवन्धित : एनआरएनएका प्रतिनिधि चुन्न प्रवासी कांग्रेसको बेलायतमा बैठक

प्रचण्डलाई माओवादी पक्षले नेपाली कांग्रेसलाई आर के शर्माको पक्षमा सहमति जुटाइदिन आग्रह गरेका थिए । प्रधनामन्त्री प्रचण्डले आर के शर्मालाई आगामी नेतृत्वमा अगाडि बढाउन सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेर बहादुर देउवासित आर के शर्माका पक्षमा सहमति जुटाउन छलफल गर्ने आस्वाशन समेत दिएको माओवादी कार्यकर्ताको भनाई छ ।

‘तपाईहरु मिलेर जानुस्, अरु प्रमुख पदमा मिलाएर सहमति जुटाउनुस । अध्यक्षको लागि म शेर बहादुर देउवाजीसित कुरा गरेर सहमति जुटाउँछु भन्नुभएको छ” माओवादी कार्यकताको भनाई छ ।

आफ्नो सरकार रहेको प्रधानमन्त्री र गृहमन्त्री पनि आफ्नै रहेको, अघिल्लो एनआरएनएको निर्वाचनमा माओवादीले कांग्रेसलाई साथ दिएको, मध्यपूर्वकै मजदूरहरुले नेपालको रेमिटेन्स धानेकाले कम्तिमा एक पटक मध्यपूर्वले नेतृत्व पाउनुपर्ने लगायतका तर्क माओवादी पक्षले राख्दै आएको छ ।

उता अध्यक्षको उम्मेदवारीमा प्याट्ट पासा फ्याँकेका बिनय अधिकारी र रबीना थापाको भने खासै चर्चा छैन । अध्यक्षमा निर्वाचन लड्नैकालागि हो या चर्चामै आउनकालागि हो भन्ने कुनै मेसो नभएको भनाई एनआरएनए अभियान्ताहरुको चर्चा छ । तर समय निकै बाँकि रहेकाले उनीहरुले कुनै पक्षसित गठबन्धन गर्ने हुन्, अन्त्यमा कसैलाई सहमति दिने हुन् वा टिम बनाउने हुन् त्यसको टुंगो लाग्न बाँकि छ ।

हालको चर्चापनि मुलत डा. बद्रि केसी, महेश श्रेष्ठ टिम र अध्यक्षमा आर के शर्माको वरिपरि घुमेको छ ।

तपाइँको प्रतिक्रिया