वालवालिकालाई कृषिमा आकर्षण गर्ने फ्रान्सेली शैली
नगरपालिकाहरुमा वागवानी र फलफूलको बजार बढ्दै गएपछि नगरपालिका र स्कूलहरुले वालवालिकालाई कृषिमा आकर्षण गर्न आफ्नै फलफूल र तरकारीहरु उब्जाउन थालेका छन् ।
पछिल्लो समयमा फलफूल र तरकारीमा बढी मात्रामा किटनाशक औषधी र विकासे मल प्रयोग गरेका उत्पादनले स्वास्थ्यमा असर पारेको र कृषिमा युवापुस्ता आकर्षित नभएको भन्दै नगरपालिका र स्कूलहरुले आफैंले उत्पादन गर्न थालेका हुन् ।
सहरहरूमा जनसंख्या बढिरहेकोले आफ्नो नर्सरी र स्कूल क्यान्टिनहरूको लागि जैविक र स्थानीय उत्पादनहरूको माग फ्रान्समा बढीरहेको छ । त्यसैले उनीहरूले आफ्नै कृषि व्यवस्थापन सिर्जना गरिरहेका छन् ।
अर्गानिक उत्पादनको माग बढ्दै गएपछि पेरिसको मेजों आलफर्डस्थित प्रहरी कार्यालयले आफ्नो १७०० वर्ग किमीको जमिनमा अर्गानिक खेतीकालागि हालै हस्ताक्षर गरेको छ । यो जमिन गत ७० वर्षदेखि खाली रहेको नगरपालिकाले जनाएको छ ।
मे २०२१ मा त्यहाँ बगैंचा परियोजना विकास गर्न सिटी हलसँग सम्झौतामा हस्ताक्षर गरिएको थियो । र यहि वर्षबाट उत्पादन शुरु गरेको छ । नगरपालिकाका चारवटा क्षेत्रको आवश्यकताहरू पूरा गर्न फलफूल र तरकारीहरू उत्पादन गर्ने छ । उनीहरुको उत्पादनले प्रत्येक क्षेत्रका पचासी स्कूले वालवालिकालाई स्कूलको क्यान्टिनमा दैनिक आपूर्ति गर्ने छ ।
पहिलो बाली जुलाईमा लगाएर सेप्टेम्बरसम्म रहने ग्रीन सिटीका निर्देशक केभिन टास्टायरले बताएका छन् । सेप्टेम्वरमा टिपेका फलफूल् र तरकारी मध्ये फ्रोजन गरेर राख्ने योजना तिनको छ ।
एक हजार सात सय वर्ग किमीमा प्रतिवर्ष झण्डै दुई टन उत्पादन हुने र त्यसले चार क्षेत्रका वालवालिकाको फलफूल र तरकारीको माग सय प्रतिशतनै पुरा हुने भनाई टास्टयरको छ ।
यस्तो तरकारी खेतीमा प्रत्येक हप्ता नगरपालिकाको घोडाले तान्ने गाडी ल्याएर तरकारी उठाइन्छ ।
“वाललवालिकाहरू साँच्चै डेलिभरी हेर्न मन पराउँछन् । आफ्नै स्कूल वरिपरिको जमिनमा आफ्नै स्कूल र नगरपालिकाको नाममा तरकारी उत्पादन गर्दा वालवालिकाहरु खेतीमा धेरै आकर्षित हुन्छन् ” ग्रीन स्पेसका प्रबन्धक भन्छन् ।
खेतीका प्लटहरुमा शैक्षिक कार्यशालाहरू स्थापना गर्ने, तिनीहरूलाई कृषि र स्वस्थ, स्थानीय खानाबारे सचेत गराउन यो निकै प्रभावकारि भएको भनाई तिनको छ ।
हालैका महिनाहरूमा नगरपालिकाहरुले तरकारी र् फलफूल खेति परियोजना अघि सारेपछि माली पदहरूको लागि रोजगार प्रस्तावहरू विशेष साइट वा समुदायहरूमा फस्टाएको छ । दुर्दोन, एसोन, भँदे, रोन, आर्देश लगायतका नगरपालिकाले अझैपनि मालीहरुको संख्या अपुग भएको भन्दै बिज्ञापन गरिरहेका छन् ।
सन् २०११ मा फ्रान्सको कान्स क्षेत्रस्थित मुआवान सार्तु भन्ने नगरपालिकाले यो परियोजना शुरु गरेपछि यसको आकर्षण बढ्दै गएको हो । यो नगरपालिकाले आफ्ना १० हजार बासिन्दाको कम्युनलाई पुग्नेगरि हरियो तरकारी र फलफूलमा आत्मनिर्भर बनाएको थियो ।
कान्स क्षेत्रका सभासद गिल्स पेरोले यो अभियान वालवालिकालाई कृषिमा आकर्षण गर्न, खाना र स्थानिय पर्यटनको प्रवर्द्धन गर्न, वाल्यकालबाटै उचित शिक्षा दिन, जनताको स्वास्थ्यमा सुधार ल्याउन र नगरपालिकाको आय बढाउन अत्यन्त प्रभावकारि रहेको बताएका छन् ।
सम्भाव्यता अध्ययन गरिरहेका नगरपालिकाहरुमापनि सकारात्मक देखाएपछि अहिले नगरपालिकाहरुले घर जग्गा परियोजनाको निर्माणलाई रोक्न थालेका छन् । नगरपालिकाले गहिरो फ्रिजिङ प्रशोधन इकाईमा लगानी गरेका छन् ।
कृषि प्राधिकरणको सफलता कार्यक्रममा रुचि लिने निर्वाचित अधिकारीहरूको संख्या बढेको छ ।
अहिले फ्रान्स र युरोपका गरी करिब ५०० कम्युनहरुले यो परियोजना अपनाउन लागेको भनाई सभासद गिल पेरोलेको छ ।
उनीहरुले आफूले उत्पादन गरेको सागसब्जी र फलफूलबाट निस्किने फोहोर क्यान्टिनमै गएर आफैंले उठाउने र कम्पोस्ट मल बनाउने योजनासमेत अघि सारेका छन् ।
“हाम्रा पुराना मान्यता, प्रयोगहरु सहि रहेछन् भन्ने अहिले हेक्का भएको छ । हामी फेरि प्रक्रिति र आफ्नै परम्परामा फर्किंदै छौं” मेजो आलफर्डको क्रिषी परियोजनाकी मारी फ्रंस गडफादर भन्छिन् ।