सोमबार, कार्तिक १९, २०८१

तालका माछा चोरेर तालैमा

अनुराधा पौडेल / फ्रान्स२०८० जेठ २८ गते ९:३४

दिनहरु लामा छन् अचेल । राती ढिला सुत्नु र विहान छिटो व्युँझनु अचेलको मौसमी दैनिकी हो । यो क्रम अब करिब साँढे दुइ महिनासम्म जारी रहनेछ ।

अघिल्लो हप्ता पेरिसको ‘नेपाल फेस्टिभल’ भएको ठाउँमा हामीलाई अर्कै कामले पुग्नुपर्ने थियो । त्यसपछि अर्को ठाउँ जानका लागि समय मिलाएका थियौँ । नेपाल फेस्टिभल भएको ठाउँ पुगेर घडी हेर्दा थाह भयो- हामीसँग डेढ घन्टा समय बचेको छ ।

त्यहाँ तिब्बती बुद्द गुम्बा छ। अर्कै अनुहारका बुद्द छन् । आइतवारकोलागि पर्वको तयारी चल्दै रहेछ । बुद्दको दशन गरौं न भनेर तम्तयार हामीलाई भित्र छिर्न दिएनन किनभने आइतबार त्यहाँ एसियन फुड फेस्टिभल पनि हुँदैरहेछ ।

गुम्बा हेर्न नपाएपछि हामी यसैसँग जोडिएको ताल दोमीनिल (Daumesnil) हेर्न गयौँ । मेरा श्रीमान जी जता गएपनि चराका अनुहार, आँखाको डिल, पुच्छरको बनौट र तिनहरुका चल्ला, शिरको कल्की, पन्जा, आवाज तथा रंगहरु र भाले पोथी लाग्ने याम भए तिनले गर्ने व्यवहार नियाल्न तिर ध्यान दिन्छन् । यहाँ पनि त्यस्तै भो, म एक्लै परेँ ।

यस्तो हूँदा म मानिसहरुसँग गफ्फिन्छु । आजको विहान म माछा शिकारीसँग गफ्फिएँ । शिकारी भनेपछि मेरो सातो जान्छ । जिउ चिसो हुन्छ ।

फेब्रुअरीको एक विहान यहि कच्ची बाटोको केहि सय मिटर पर पल्लो छेउमा हामीले एक कालो कुकुर र दुइ पुरुषका साथ एक सेतो सवारी दख्यौँ । हामी हिँड्दा हिँड्दै एकाएक हाम्रो अगाडी गोलीको छर्रा खस्यो र बन्दुकको भटट आवाज आयो ।

सात वर्ष पहिले क्षेत्र नम्बर (देपाख्तमँ) ६० मा पर्ने क्षेत्र ‘ नोजँ सुर वाज’ मा बस्थ्यौँ । हामी बेलाबेलामा घर नजिकैको जंगल छिचोलेर हरियो गहुँ बारीको फाँटमा निस्कन्थ्यौँ । यसरी हिँड्दा हामीले खेत जोत्ने ट्र्याक्टरहरु हिँड्ने कच्ची बाटो लिन्थ्यौँ ।

फेब्रुअरीको एक विहान यहि कच्ची बाटोको केहि सय मिटर पर पल्लो छेउमा हामीले एक कालो कुकुर र दुइ पुरुषका साथ एक सेतो सवारी दख्यौँ । हामी हिँड्दा हिँड्दै एकाएक हाम्रो अगाडी गोलीको छर्रा खस्यो र बन्दुकको भटट आवाज आयो ।

म डराएर थचक्कै भूँइमा बसेँ र पिसाब चुहिएर निथ्रुक्क भएँ। डरले मुखबाट आवाज निस्केन । एकछिन पछि होस आएजस्तो भएर ददिजीलाई हेरेँ । उनी त छेउ लागिरहेका रहेछन् । हामी नजिकै गोली खसेको देखेर ति दुइ पुरुष हामीहरुतिर आए र हाम्रो सन्चो बिसन्चो बुझे । उनीहरुले हामीसँग माफी मागेपछि हामी आफ्नो बाटो लाग्यौँ ।

उडिरहेको चरालाई तिनीहरुले निशाना बनाएका रहेछन् । निशाना चरालाई नलागेर भूँइमा झरेको रहेछ जुन हाम्रा अगाडी खसेको रहेछ ।

केहि दिन पछि यो कथा मैले नगरपालिकाको एक प्रमुख कर्मचारीलाई सुनाएँ । उनले, ‘शिकारीहरुले शिकार पाएनन भने निराश हुन्छन् । यस्तो बेला उनीहरुका सम्मुखमा नपरेको राम्रो’ भनिन । त्यो बेला देखि मलाई शिकारीहरुसँग नजिक पर्न मन लाग्दैन ।

यसरी चोरिएका माछा आफ्ना व्यक्तिगत तालमा हाल्छन् र बल्छी थाप्ने व्यवसाय गर्छन् । अनि मेरा तालमा यति वर्ष पुराना यस्ता खालका माछाहरु छन् भनेर झुठो प्रचार गर्छन्’

आज भेटिएका पनि शिकारी नै थिए । तर माछा शिकारी । बन्दुक हातमा नभएका । तालको किनारै किनार हिँड्दा हातभरी ट्याटु खोपेका सैनिक जस्ता देखिने यिनी शिकारीले बल्छी थाप्दै गरेको देखेँ । सैनिक रंगको झोलाबाट एक पछि अर्को गर्दै सामान निकालिरहेका उनलाई नियालेपछि म उनीसँग गफ गर्न गएँ ।

निकोला नामका यिनी फरासिला रहेछन् । भन्दैथिए, ‘हप्तादिनभरी कम्प्युटरको स्क्रिन अगाडी बसेर काम गर्छु । हप्ताका अन्तिम दुइ दिन त मैले पनि प्रकृतिसँग नजिक हुन पाउन पर्यो नि हैन र ?’

‘अवस्य’ मैले जवाफ फर्काएँ, ‘कहाँ बाट आउँछ यत्रो धैर्यता ? माछा बल्छिमा कतिबेलापर्छ भन्ने टुंगो हूदैन’ उनी हल्का मुस्काए ।

‘तिमीलाई जसरी यो तालको छेउमा हिँड्दा आनन्द आउँछ यसैगरी यो तालको किनारमा घन्टौँ बस्दा मलाइ आनन्द आउँछ’, जवाफमा थपे, ‘म माछाको बल्छी थापेपछि कहिले पढ्न बस्छु त कहिले चित्रहरु बनाउँछु । यि अहिले तिमीसँग गफ गरिरहेको छु ।‘ हामी दुवै मुर्छिएर हास्यौँ ।

बिगत १० वर्ष देखि उनी ‘फुर्सद’मा बल्छि थाप्दा रहेछन् । यसकालागि कहिले पेरिसबाट ५३ किमी उत्तरमा पर्ने डिस्नेल्यान्ड जस्तै पार्क ‘एस्टेरिक्स ओवेलिक्स’को ताल, पेरिसको ‘सेन नदी’ मा जोडिन आइपुग्ने ‘मार्न नदी’ ले बनाएका ताल तलैया त कहिले पेरिस दक्षीणको एभ्री आसपासमा रहेका बिभिन्न तालहरु पुग्दा रहेछन् ।

बस्दा बस्दै उनले अर्को बल्छि खोले । त्यसको टुप्पोमा रहेको तार एउटा सानो ‘डिटेक्टर’ जडित मेशिनमा जडित गरे र मेशिन पानीमा हुत्याए । र ‘टेलिकमान्डद्वारा’ ‘गाइड’ गरेर तालको पल्लो छेउ पुर्‍याए ।

ठूलो माछा पक्रिएपछि म तिनको तस्विर खिच्छु । बल्छिले बनाएको घाउ सिलाउँछु अनि बेटाडिनले घाउको ड्रेसिँग गरेर पुन तालमै छाड्छु ।’

यो डिटेक्टर जडित मेशिनले ताल भित्र कति गहिराइमा माछाहरु छन् र तिनीहरु कति ठूला छन् भनि जानकारी दिँदो रहेछ । तार छाड्दै गर्दा भेटिएको एउटा माछोलाई उनले ‘सानो छ यसको शिकार नगरौँ’ भने ।

बल्छीको तारमा चरा र अरु जनावार अल्झिएर नमरुन् या घाइते नहुन् भनेर तार गहिराइमा पुराउन पर्दो रहेछ । उनले पनि तारलाई गहिराइ तर्फ लग्दै गर्दा एक हुल हाँसका बथानहरु आफ्ना बचेराहरुलाई बिचमा राखेर पौडी खेलाउँदै आए ।

‘गार्स’, (नेपाली भाषामा कुतिया) ‘ओ नो’, ‘पुताँ’ (नेपाली भाषामा बेश्या) भन्दै उनी फोहर शब्दहरु उच्चारण गर्न थाले । तुरुन्तै तारलाई गहिराइमा डुबाउनकालागि ‘टेलीकमान्ड’को प्रयोग गरे । चराहरुले सजिलै तालका दुइ छेउ वारपार गरे ।

बल्छी थाप्ने ‘मनोरन्जनात्मक’ कामका लागि अनुमति चाहिने रहेछ । ‘यो दोमिनिल तालमा राती बल्छी थाप्दा अझ आनन्द आउँछ किनभने रातमा माछाहरु बढी चहलपहल गर्छन् र दिउँसो अरुले दिएका आहारा खाएर सुत्छन् । उ त्यो पारिपट्टी अरु पनि शिकारी आउँछन्’ तालको पल्लो छेउ देखाउँदै उनले भने ।

‘अहिलेसम्म कति किलो माछा खायौ त’ ? मैले सोधेँ ।

हामी नजिकै गोली खसेको देखेर ति दुइ पुरुष हामीहरुतिर आए र हाम्रो सन्चो बिसन्चो बुझे । उनीहरुले हामीसँग माफी मागेपछि हामी आफ्नो बाटो लाग्यौँ ।

‘मैले खानका लागि माछा मार्ने होइन’ उनले मलाइ जवाफ फर्काए ।

आफ्नो मोबाइल मार्फत उनले मलाइ ढाडमा कत्ला भएको र पुट्ट भुँडी उठेको बडेमानको डल्ले माछो कार्प (carpe) र एउटा सेतो जस्तो देखिने जुँगे लामो माछो सिलुर (silure) देखाए ।

‘म साना माछाहरु मार्दिन । ठूला माछा मात्रै मेरा रुचिका विषय हुन्’ उनले थपे, ‘ठूलो माछा पक्रिएपछि म तिनको तस्विर खिच्छु । बल्छिले बनाएको घाउ सिलाउँछु अनि बेटाडिनले घाउको ड्रेसिँग गरेर पुन तालमै छाड्छु ।’

उनका अनुसार यि दुइ थरी ठूला माछा पक्रेपछि एउटा गहिरो भाँडोमा आधा घन्टासम्म पानी छम्किँदै राख्न सकिन्छ। यति समयमा फोटो खिच्न र बल्छिले बनाएको घाउ ड्रेसिंग गरेर पुन तालमै छाड्न पनि भ्याइन्छ रे ।

‘किन मार्न चाहँदैनौ त?’ मैले पुन सोधेँ ।

‘ठूला माछा मार्न कानुनले बन्देज गरेको छ’, उनले थपे, ‘नियम पालना नगरेमा एक लाख ५० हजार युरोसम्म जरिवाना तिर्नुपर्छ’ । त्यसो त ‘तालको पानी पिउन योग्य नभएकोले संभवत पानीका जनावरहरु पनि रोगका शिकार भएका हुन सक्छन्’ ।

म माछाको बल्छी थापेपछि कहिले पढ्न बस्छु त कहिले चित्रहरु बनाउँछु ।

‘एकपटक यो तालमा मैले एक मीटर २० सेमी लामो सिलियुर (silure) र अर्को पटक ‘मार्न’ को तालमा झन्डै २५ किलोको कार्प (carpe) समातेँ’, उनले थपे ‘यि दुवै दुर्लभ माछा हुन्’ जोसिदै उनले थपे, ‘२५ किलोको कार्प भेटिनु भनेको उसले पूर्ण आयु बाँचिसक्यो भन्ने हो । यसको आयु नै २२ वर्षको हुन्छ ।’

त्यसो त, तालमा शिकार मान्छेले भन्दा बढी माछालेपनि गर्छन् । बल्छी लिएर तालमा माछा मार्ने मानिस भन्दा बढी माछाका शत्रु पानीभित्रैका माछा पनि हुन् । यहाँ पेर्स सोलेई (perches-soleil) र प्वासोँ सा (poisson-chats) भनिने यस्ता माछापनि छन् ति वनका अजम्मरी झार जस्तै हुन् । तिनले अरु माछा देख्नै सहँदैनन् ।

‘यि अरु माछाका ठूला शत्रु हुन् । यिनलाई देखेपछि सकेसम्म बल्छीमा पारेर अन्यत्र फ्याँकी दिनुपर्छ । यिनले अरु माछादेख्नै सक्दैनन्’ उनले सुनाए ।

कानुनले बन्देज गरेपनि यस्ता तालहरुबाट ठूला माछाहरु चोरि हुने रहेछ । यसरी चोरिएका माछा तथा ठूला भ्यागुताका जातहरु आफ्ना व्यक्तिगत तालहरुमा लगेर हालिँदो रहेछ ।

‘यसरी चोरिएका माछा आफ्ना व्यक्तिगत तालमा हाल्छन् र बल्छी थाप्ने व्यवसाय गर्छन् । अनि मेरा तालमा यति वर्ष पुराना यस्ता खालका माछाहरु छन् भनेर झुठो प्रचार गर्छन्’, उनले थपे ।

हामीले कुरा गर्दै गर्दा अरु मान्छेपनि थपिए । अनि उनले अरुसँग थालेको बातचित काटेर व्यक्तिगत तस्विर लिन उचित मानिन । मेरो हिँड्ने बेला भएकोले उनको पछाडि बाट केहि तस्विहरु लिएर म बाटो लागेँ ।

पहिले प्राकृतिक र पछि कृत्रिम रुपमा फैलिँदै गएको पेरिस नजिकको यो ताल शुरुमा ‘मार्न’ नदीसँग जोडिएको थियो र तालको पानी बगेर सफा भइरहन्थ्यो । तर राष्ट्रिय राजमार्ग ए को निर्माण भएपछि नदी बनेर बग्ने तालको भंगालो पुरियो र त्यसलाई अन्तै मोडियो । अहिले यो तालमा पानीको सतह एकनास राख्न ‘गार्द द अष्ट्रालिज’ रेल स्टेशन नजिकको जमिन मुनि रहेको पम्प सेटबाट सेन नदीको पानी तानिन्छ ।

तपाइँको प्रतिक्रिया