बिहीबार, वैशाख २०, २०८१

मार्केला एन्जेल के साँच्चै नारीवादी हुन् ?

आन माइलिए / फ्रान्स२०७८ असोज ४ गते १८:४०

जर्मनीकि चान्सलर एन्जेला मार्केल, विश्वको सबैभन्दा शक्तिशाली महिला । धेरैले उनलाई पुरुषबादी जस्तो ठान्छन् । त्यो शारिरिक ढाँचाले होइन । उनको काम र नेत्रित्व शैलीले गर्दा । एक महिला चान्सलर । तर के उनी साँच्चै नारीवादी हुन् ?

जर्मन चान्सलरको रूपमा उनले डेढ दशक भन्दा बढि बिताइन् । अर्थात् १६ वर्षमा विश्वको एक शक्तिशाली देश र विश्वमै शक्तिशाली महिलाका रुपमा रहनसक्ने एन्जेला मार्केल विश्वमा केहि महिलाहरु मध्ये पनि शिर्ष स्थानमा छन् । तर के उनले जर्मन महिलाहरुका बिभिन्न माग, लैंगिक समानताका कारणलाई अगाडि बढाउन मद्दत गरिन् ? उनको जीवनी लेख्ने लेखकका अनुसार चान्सलरले प्रमुख सामाजिक परिवर्तन ल्याएकि थिएनन् । तर उनीहरु एन्जेलाका योजना, सँगै काम गर्ने पारा र नितिमा सन्तुष्ट थिए । अझैपनि धेरै जर्मनहरुको लागि एन्जेला मार्केल सिसानै सिसाले बनेको छत फुटाउन सक्षम मानिन्छिन् ।

त्यसो त, उनी पहिलो महिला चान्सलरपनि हुन् । एन्जेला मर्केलले उनी महिला हुन् भनेर आम नागरिकलाई छनक, प्रभाव नदिन सबै प्रयास गरिन् । सबै उपाय लगाईन् । यहाँ सम्मकि उनले पोशाक बनाउँदापनि ध्यान दिईन् । उनको बर्दी महिलाबादी, महिला पक्षधर वा एक महिला भनेर छुट्ट्याउने खालको थिएन । कालो प्यान्ट र कोटको मोडेलपनि एउटै हुन्थ्यो । बरु विभिन्न रंगहरुमा लगाउँथिन कोट । उनले आफ्नो स्त्रित्वलाई देखाउन, बढाईचढाई गर्न वा प्राथमिकतामा राख्नबाट टाढै रहिन् । उनी नारीवादी हुन् भन्ने सन्देश दिन अस्विकारपनि गरिन् । बरु समानतामा ध्यान दिईन् ।

चान्सलरको रूपमा १६ वर्ष रहेर शक्तिमा रहेकि मार्केलले जर्मनहरुको लागि कति प्रगति गरिन् । देशकोलागि कति योगदान गरिन् ?

उनी विश्वकै सबैभन्दा शक्तिशाली महिला त बनिन् नै, धेरै जर्मन महिलाहरुको लागि एक रोल मोडेल हुन् । खास गरेर पाका महिलाहरु जो चान्सलरकै उमेर सँगसँगै हुर्किए, वयस्क बने, एन्जेला मार्केलले समस्याका सिसाले बनेको छत भत्काइदिएको सोच्छन् । “उनी एक बलियो, सार्वभौम महिला हुन् जो देशका हरेक समस्या सामना गर्न सक्षम छिन्” फ्रंस २४ न्युजलाई एक महिलाले भनेकि छन् “उनी सफल चान्सलर बनेको तथ्यले हामीलाई देखाएको छ कि महिला भएर जेपनि गर्न सकिन्छ, जस्तो चुनौतिलाईपनि पार गर्न सकिन्छ ।”

आज जर्मनीमा लाखौं लाख महिला र पुरुषले काम गरिरहेका छन् । महिला पुरुषले समान काम गरिरहेकापनि छन् । जर्मनीमा अहिले पुरुष र महिलाहरु बीचको तलवको अन्तर १८ प्रतिशत छ ।

सन् २०२० मा एन्जेला मार्केलले ठूला कम्पनीहरुको निर्देशकहरुको बोर्डमा महिला कोटा अनिवार्य हुनुपर्ने गराएकि थिईन् । जर्मन महिला उद्यमी महासंघका अनुसार अहिले त्यतो ओहदामा महिला र पुरुषको मिश्रण छ । “हामी महिलाहरुलाई राजनीति, समाज र व्यवसायमा राम्रो प्रतिनिधित्व गराउन चाहन्छौं किनकि यो समानताकालागि एक महत्वपूर्ण कारक हो” जर्मन महिला उद्यमी महासंघकि अध्यक्ष एभलीन डी ग्रुइटर बताउँछिन् “हामी फ्रान्समा वाल हेरचाह पद्दतीका बारेमा राम्रो छ भनेर चर्चा, प्रशंसा गर्छौं । जर्मनीमा उच्च पदमा महिला सहभागिता, समानताकोलागि हाम्रोमा छ ।”

“यो नारीवाद जुन पश्चिमी यूरोपमा उभिएको छ सधैं युरोपकैलागि विदेशी भएको छ” उनले भनिन् ।

पहिलो महिला चान्सलर एन्जेला मार्केलले प्रमुख सामाजिक परिवर्तन नल्याएको र त्यसमा भन्दापनि उनी अन्य काम गरेकोमा सन्तुष्ट रहेको उनको जीवनी लेखकले बताएका छन् । तर मार्केलले आफ्नो कार्यकालको अन्त्यतिर बल्ल आफू एक नारीवादी भएको दाबी गरेकि छन् ।

“यो नारीवाद, जुन पश्चिमी यूरोपबाट निस्किएकोले पस्चिम जर्मनीमापनि उदय भयो, सधैं विदेशी भएको छ” डि कान्जलेरेन पुस्तककि लेखिका उर्सुला वेडेनफेल्ड भन्छिन् ।

उनी प्राय भनिरहन्छिन् – सन् १९६० को दशकदेखि लडिरहेका महिलाहरुको योग्यताको बारेमा घमण्ड गर्न चाहँदिनन् र त्यसको फाईदा लिनपनि नहुने बताउँछिन् । वेडेनफेल्डका अनुसार मार्केल आफैंले त्यो फाईदा लिनुपर्ने संघर्ष र त्यस्ता बहसमा भाग लिएकी थिइनन् ।

यस प्रकार, एन्जेला मार्केलले आफ्नो स्त्रीत्व वा उनको नारीवादलाई कहिल्यै अगाडि राखिनन् । त्यसैले उनी संसारभरि धेरै महिलाहरुको लागी एक प्रतिमा (आइकोन) बनिरहनेछन्।

(फ्रंस २४ मा आन माइलिएले फ्रान्सेली भाषामा लेखेको लेखलाई नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक