बुधबार, असार २५, २०८२

फ्रान्सको विमानस्थलमा बँदेल भेटिएपछी ..

नेपाल प्लस२०८२ असार २५ गते १८:५८

फ्रान्सको राजधानी पेरिस नजिकैको भाल द मार्न विभागमा पर्ने ओर्ली अन्तर्राष्टृय विमानस्थलामा कालो बँदेल भेटिएपछी हंगामा मच्चिएको छ । उक्त बँदेल यात्रुहरु सँगै विमानस्थलको पसलहरु, कयारेसेल वरिपरी घुमिरहेको भिडियो समेत सार्वजनिक गरिएको छ ।

सोमवार यात्रुहरुकै बिचमा घुमिरहेको कालो सुँगुर देखेपछी विमानस्थलको सुरक्षा ब्यवस्थालाई लिएर सर्वसाधारणले प्रश्न गरिरहेका छन ।

उक्त सुँगुर झोलाहरुसँगै विमानस्थल आइपुगेको हुनसक्ने अधिकारीहरुले बताएका छन ।

सुँगुर “गल्तीले एयर कोर्सिकाको उडानमा चढ्यो र त्यसपछि विमानस्थलमा हराएको थियो। विमानस्थलका सुरक्षा गार्डहरूले सुँगुरलाई चोट नपुर्‍याई हवाई ट्राफिकमा बाधा नपुर्‍याउन द्रुत रूपमा हस्तक्षेप गरेका थिए” विमानस्थल अधिकारीले भनेका छन ।

एयरलाइन्सले यस्तो घटना कसरी हुनसक्छ भन्ने बुझ्न अनुसन्धान गरिरहेको बताएको छ ।

अन्य सामानहरु सँगै बँदेलपनि लोड गरिएको र बँदेलको रङ कालो भएकाले मेशिनले लगेजहरु जाँच गर्दा नदेखिएको हुनसक्ने आशंका विमानस्थलका कर्मचारीहरुले गरेका छन ।

तपाइँको प्रतिक्रिया